रुपन्देही । कुनै बेला रमेशचन्द्र मुराउले ठेक्कापट्टा, घर बनाउने र साईकलको व्यापार गर्थे । आम्दानी पनि राम्रै हुन्थ्यो । बुटवल उप–महानगरपालिका–१६ मा उनले १० वर्ष साइकलको व्यापार गरे । त्यसपछि विस्तारै घर बनाउने ठेक्काका काम सुरु गरे ।
आफैले २ वटा ढलाई मेसिन किनेर बुटवल, भैरहवा क्षेत्रमा घर बनाउन ठेक्कामा काम गरे । ठूला होटल, घर, पार्किङस्थल लगायतका संरचना निर्माणका ठेक्का उनलै गर्थे । त्यसबेला उनी ‘बिजनेश’ कै सिलसिलामा भारतको गोवामा घुम्न गए । गोवामा उनी तीन दिन लगातर एउटै होटल बसे । किनकी, त्यहाँको होटलको सेवा र मनोरञ्जले उनलाई लोभ्याएको थियो ।
अहिले उनले व्यवसायिक रुपमा माछापालन सुरु गरेको चार वर्ष भइसकेको छ । माछापालनसँगै उनले सोही जग्गामै आफ्नै लगानीमा ‘आरसीएस फिस रिसोर्ट’समेत सञ्चालनमा ल्याएका छन । ८ विघा क्षेत्रफलमा माछापालनसँगै उनले फिस रिसोर्ट समेत सञ्चालनमा ल्याइसकेका छन । कृषि कर्मको रुपमा रहेको माछापालनलाई पर्यटनसँग जोड्न सफल भएका छन उनी ।
पुख्यौली पेशा कृषि नै भए पनि पहिल्यैदेखि नै होटल व्यवासय गरौं भन्ने हुटहुटी उनमा थियो नै । त्यसैले होला, उनले त्यहाँका होटल व्यापारी तथा सञ्चालकबाट ‘आइडिया’ लिए । नेपाल आएर माछापालनका लागि जग्गा हेरे । सुरुमा उनले माछा पाल्न रुपन्देहीको मायादेवी नगरपालिका–२ मा हरसिउरीमा पोखरी खने । भूरा माछा हाले । त्यतिबेला एउटा पोखरीमा पालेको माछाले गतिलै आम्दानी दियो । त्यसपछि उनले पोखरीको संख्या बढाउँदै लगे । अहिले आएर ८ ओटा पोखरीमा उनले माछा पालिरहेका छन ।
अहिले उनले व्यवसायिक रुपमा माछापालन सुरु गरेको चार वर्ष भइसकेको छ । माछापालनसँगै उनले सोही जग्गामै आफ्नै लगानीमा ‘आरसीएस फिस रिसोर्ट’समेत सञ्चालनमा ल्याएका छन । ८ विघा क्षेत्रफलमा माछापालनसँगै उनले फिस रिर्सोट समेत सञ्चालनमा ल्याइसकेका छन । कृषि कर्मको रुपमा रहेको माछापालनलाई पर्यटनसँग जोड्न सफल भएका छन उनी ।
माछा पोखरी माथि उनले रिसोर्टका संरचना निर्माण गरेका छन् । तल माछाको पोखरी देख्न सकिन्छ भने माथि रेष्टुरेन्टका पूर्वाधार जस्तैः खाना खाने ठाउँ, पार्किङस्थल, सुविद्यायुक्त रुम लगायतका सेवा उपलव्ध छन ।
एक वर्षदेखि उनको रिसोर्ट सञ्चालनमा छ । आफैंले पालेको माछा दैनिक २० देखि ४० केजीसम्म आफ्नै रेष्टुरेन्टमा खपत हुनेगर्छ । रेष्टुरेन्टमा २२ प्रकारका माछाका विभिन्न परिकार चाख्न पाइने रिसोर्ट सञ्चालक रमेशचन्द्र मुराउ बताउँछन । माछापालनसँगै रेष्टुरेन्ट व्यवसाय गर्न सजिलो भएको उनको तर्क छ । आफैंले नर्सरी पोखरी बनाएर माछापालन गर्दा बढी फाइदा हुने उनी बताउँछन ।
‘माछापालनसँगै रेष्टुरेन्ट व्यवसाय गर्न सजिलो भएको छ । जतिबेला ग्राहकलाई माछा चाहिन्छ, हामी आफैले उत्पादन गरेर बिक्री गरे भयो । बाँकी आफैंले खपत गर्यो’ उनी भन्छन, ‘सुरु–सुरुमा पोखरीमा भूरा हाल्दिएपछि ठूलै माछा हुन्छ भन्ने लाग्थ्यो । तर, त्यो माछा वर्षभरी पाल्दा आधा केजी भन्दा भएन । त्यसकारण, पहिलो वर्ष नै मलाई घाटा भयो ।’
एक वर्षदेखि उनको रिसोर्ट सञ्चालनमा छ । आफैंले पालेको माछा दैनिक २० देखि ४० केजीसम्म आफ्नै रेष्टुरेन्टमा खपत हुनेगर्छ । रेष्टुरेन्टमा २२ प्रकारका माछाका विभिन्न परिकार चाख्न पाइने रिर्सार्ट सञ्चालक रमेशचन्द्र मुराउ बताउँछन । माछापालनसँगै रेष्टुरेन्ट व्यवसाय गर्न सजिलो भएको उनको तर्क छ । आफैंले नर्सरी पोखरी बनाएर माछापालन गर्दा बढी फाइदा हुने उनी बताउँछन ।
उनले आफ्नै नर्सरी पोखरीबाट माछाका भूरा बनाएर उत्पादन गर्न सके फाइदा हुने बताउँछन । ‘अर्कोपटक, आफ्नै नर्सरी पोखरीमा भूरा माछा राखे । आफ्नै नर्सरीबाट भूरा उत्पादन गर्दा ४ देखि ६ महिनामा माछा एकदेखि डेढ केजीसम्मको हुन्थ्यो ।’ उनले भने, ‘त्यसकारण, आफ्नै पोखरी नर्सरी छ भने माछापालनमा सफल भइन्छ । अन्यथा, नर्सरी पोखरी छैन भने असक्षम भइन्छ ।’ उनको पोखरीमा जमिनभित्रबाटै पानी आउने गरी आर्टिजन प्रविधि प्रयोग गरिएको छ । अर्थात, जमिनमूनीको पानी बिना ‘इनर्जी’ आफैं पानी आउने गर्छ ।
१९ करोड लगानी, बार्षिक आम्दानी डेढ करोड
माछापालनका लागि जग्गा, पोखरी खन्ने, पानीको व्यवस्थापन, मेसिन र रिसोर्टको संरचना निर्माणका लागि मुराउँले १९ करोड रुपैयाँ लगानी गरिसकेका छन । झन्डै ३० लाख कठ्ठाका दर ८ विघा क्षेत्रफलमा उनले संरचना बनाएका छन । उनले आफुले नै सिकेको अनुभवका आधारमा संरचना बनाएका हुन । बाहिरबाट इन्जिनियर प्रयोग गरेका छैनन ।
हाल रिसोर्टबाट उनले १६ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन । भविष्यमा उनको लगानी थप्दै रिसोर्ट परिसरमै हरियाली पार्क, आरसीसी ब्यानर, स्वीमिङ पुल, गार्डेन र गेम ‘स्पोट’लगायतका अन्य संरचना बनाउने योजना छ । उनको पोखरीमा सिल्भर र मिक्स माछाहरु छन । सिल्भर माछा प्रतिकेजी १८० देखि २०० र मिक्स माछाको प्रतिकेजी ३०० रुपैयाँसम्ममा बजारमा जाने गरेको छ । उनले बार्षिक रुपमा साढे ३०० क्विन्टल माछा उत्पादन गरेका छन । त्यसबाट उनले बार्षिक रुपमा डेढ करोडभन्दा बढी आम्दानी गर्ने गर्छन ।
माछापालनसँगै कृषिलाई पर्यटनमा जोड्ने रेष्टुरेन्ट सञ्चालन गरेका मुराउले सरकारबाट अनुदानबापत १० लाख रुपैयाँ पाइसकेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पीएमएएमपी) अन्र्तगत कृषि पर्यटन कार्यक्रममार्फत उनले अनुदान पाएका हुन । पीएमएएमपी आयोजनाअन्र्तगत कृषिका कुनै पनि उत्पादनमा लगानी गरेर उदाहरणीय बनेका किसानलाई सरकारले अनुदान दिने गरेको छ । खासगरी, कृषिजन्य मेसिन र उपकरणजन्य वस्तुमा ५० प्रतिशत अनुदान पाइन्छ ।
कोरोनाकालमा माछाले पाएन बजार
माछापालनसँगै जोडिएको रेष्टुरेन्ट सञ्चालनमा आउने बित्तिकै नेपालमा विश्वव्यापी कोरोना महामारी भित्रियो । बिक्रि हुने सिजनै कोरोनाका कारण माछाले बजार नपाएको मुराउको गुनासो छ । विदेशी पर्यटक आउनै पाएनन भने फ्याट्टफुट्ट आन्तरिक पर्यटक मात्रै आउने गर्छन ।
अरु बेला दैनिक १२ क्विन्टल माछा बिक्री हुने गरेकोमा कोरोनाका बेला ४ क्विन्टल मात्रै बेच्नुपरेको उनको गुनासो छ । त्यतिमात्र नभए बन्दाबन्दी(लकडाउन) का कारण माछाका लागि चाहिने दाना र ढुवानीमा समेत समस्या थियो ।
कोरोना महामारी आउनुभन्दा अघिभन्दा अहिले माछाको प्रतिकेजी २० रुपैयाँ घटेको छ । मुराउनको माछापालन फार्मबाट उत्पादन हुने ३० प्रतिशत माछा भारतीय बजारमा समेत जाने गरेको छ । भारतबाट व्यापारी आएर साइकल वा रिक्सामा माछा लैजाने गरेका छन । त्यो बाहेक बुटवल, भैरहवा र नारायणघाटसम्मको बजारमा माछा बिक्रीका लागि जाने गरेको छ ।
सरकारी अनुदान १० लाख
माछापालनसँगै कृषिलाई पर्यटनमा जोड्ने रेष्टुरेन्ट सञ्चालन गरेका मुराउले सरकारबाट अनुदानबापत १० लाख रुपैयाँ पाइसकेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पीएमएएमपी) अन्र्तगत कृषि पर्यटन कार्यक्रममार्फत उनले अनुदान पाएका हुन । पीएमएएमपी आयोजनाअन्र्तगत कृषिका कुनै पनि उत्पादनमा लगानी गरेर उदाहरणीय बनेका किसानलाई सरकारले अनुदान दिने गरेको छ । खासगरी, कृषिजन्य मेसिन र उपकरणजन्य वस्तुमा ५० प्रतिशत अनुदान पाइन्छ ।
जुम्रा रोगको जोखिम
पछिल्लो पटक माछामा जुम्रा रोग जोखिम बढेको पाइएको छ । सुरु–सुृरुमा नदेखिए पनि २ वर्षअघि जुम्रा रोग लागेर माछा मर्ने गरेको मुराउ बताउँछन । अहिले त्यस्तो रोग नदेखिएको उनी बताउँछन । प्लेट दाना प्रयोगका कारण जुम्रा रोग लागेर माछा मर्ने गरेको व्यापारी बताउँछन । मुराउले भने उक्त रोग नियन्त्रणका लागि आफ्नैं प्रविधि प्रयोग गरेका छन ।