‘समृृद्ध नेपाल, सुखी नेपाली’को दुरदृष्टिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राष्टिय योजना आयोगलगायत सम्बन्धित निकायहरु लागिपरेका छन् । आयोगले समृद्धिका सूचकहरु अगाडी ल्याएर योजना र कार्यक्रमहरु अघि बढाएको अवस्थामा उद्योग, व्यवसाय सम्बन्धित छाता संगठनहरुले पनि महत्वपूर्ण कार्यक्रम ल्याएका छन् ।
भरखरै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) भिजन २०३०, नेपाल उद्योग परिसंघ (सीएनआई)ले मेकइन नेपाल जस्ता कार्यक्रम ल्याएका छन् । यी कार्यक्रमहरुले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सहयोग मात्र गरिरहेको छैन, सरकारमा रहने प्रत्येक व्यक्तिलाई घचघच्याई रहेको छ ।
साथीहरु यहाँ उपस्थित भइरहँदा लाग्छ, हामीले कोभिड विर्सिसक्यौ । आज धेरै सामान्य अवस्थामा देखि रहेको छु । मास्क पनि आधा भन्दा कमले लागाउनु भएको छ । यो आत्मा विश्वास कसरी बढ्यो ? भ्याक्सिनले होला । भ्याक्सिनको विषयमा गुनासो पनि आयो । म बैंकहरुको नेतृत्व गर्छु । बैकको प्रन्टलाईनमा बस्ने सबै बैङकर्सहरुलाई भ्याक्सिन लागाई सकिएको छ । मिडियाका साथिहरुले पनि भ्याक्सिन लागाउनु भएको छ । मेडिकल क्षेत्रका अधिकांशले पनि भ्याक्सिन लगाइसक्नु भएको छ । उहाँहरु धेरै निजी क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ ।
संसारलाई धेरै नराम्रो तरिकाले कोभिड १९ ले असर पारेको छ । संसारको अर्थतन्त्र २०२० मा ३ दशमलव ५ प्रतिसतले संकुचन आएको थियो । भारतको ८ दशमलव ५ प्रतिसतले संकुचित भयो । चीन यस्तो मुलुक भयो जसले कोभिड महामारीको बेलमा पनि अर्थतन्त्रलाई माथि उकास्न सफल भयो । कोभिड १९ ले नेपालको अर्थतन्त्र पनि नकारात्मक असर पार्यो । तर यतिमै सीमित छैन ।
विश्वको अर्थतन्त्रमा कतिपय मुलुकहरु अहिले पनि संघर्ष गरिहेका छन् । कतिपय मुलुकमा रिकभरिको ठूलो समस्या भइरहेको छ । त्यति हुँदाहुँदै पनि आउटलुक एकदम राम्रो आईरहेको छ । विश्वको अर्थतन्त्र यस वर्ष ५ दशमलव ५ प्रतिशतले बढने आकलन गरिएको छ । त्यस्तै भारतको आर्थिक बृद्धि ११ दशमलव ५ प्रतिशत बढने प्रक्षेपण गरिहेको छ भने चीनको ८ दशमलव ५ प्रतिशत बढने आंकलन गरिएको छ ।
विश्वका बैज्ञानिकहरुले कोरोना विरुद्धको खोप चाडै उत्पादन गर्न सफल भए । त्यसको लागि उनीहरुलाई सलाम गर्नै पर्छ । यसबीचमा सबै नकारात्मक मात्र पनि भएन । हामीले कामलाई नयाँ तरिकाले गर्न सिक्यौ । कार्यालयको काम घरबाट पनि गर्न सकिने रहिछ भनेर जान्यौ । अहिले पनि यूरोपेली मुलुकका २५ प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा छन् । हाम्रो बजार भने शैलीमा परिवर्तन आयो । अनलाईनबाटै खरिद गर्ने भएका छौ । कोभिडले हाम्रो खाने, किन्ने, बेच्ने, काम गर्ने तरिका, काम आधुनिकीपन ल्याइदिएको छ ।
नेपालमा पनि यसको सकारात्मक उपलब्धि भएको पाउन सक्छौ । कोभिड आगाडीको हाम्रो स्वस्थ्य पूर्वाधारमा प्रशस्त सुधार भएको हामी पाउन सक्छौ । सुरुमा पिसिआर टेस्ट बाहिर पठाउनु पर्ने अवस्था थियो । अहिले देशमै धेरै ठाँउमा परिक्षण हुन्छ । भेन्टिलेटर जिल्लामा मुस्किलले पाइन्थ्यो । अहिले कमै जिल्ला छन जहाँ भेन्टिलेटर नभएको होस । यी सबै उपलब्धि साना होइनन । आज बजेटको ठूलो अंश स्वस्थ्यमा लागानी भएको छ ।
सुरुका दिनमा कसरी ऋण तिर्ने होला लकडाउन छ, कारोबार छैन भन्ने त्रास थियो । कसरी किस्ता बुझाउने होला ? कतिपय एसएमएस आउने गर्थे , मत आत्मा हत्या पो गर्नु पर्छकी क्याहो ! मेरो सबै विजनेस गयो ! भएको सम्पति बैकमा छ ।
के गर्ने भन्ने खालका एसएमएसहरु आउथे । हामीलाई यो चुनौति थियो । मौद्रिक नीति निर्माण गर्नु अगाडीका चुनौति थिए । सबैको सहयोगमा मौद्रिक नीति ल्यायौ र यहाँहरुले प्रशंसा गरिदिनु भयो । अर्को कार्यान्वयनको चुनौति थियो । त्यसको लागि पनि हामीले निजी क्षेत्र अर्थात तपाईहरुलाई नै गुहार्यौ । तपाईहरुको सहयोग चाहिन्छ । तपाईहरुले यो सुविधा लिदिनु प¥यो भन्यौ ।
त्यसमा निजीक्षेत्रको सहभागितामा सफल भयो । जसका कारण कार्यक्रम धेरै प्रभावकारी भयो । आजको दिनमा डिफरमेन्टको कारणले सबै व्यवसाय खुसी हुनुहुन्छ । ५,१० र २० प्रतिशत थप कर्जा दिएका कारणले आफ्नो काम सुचारु गर्न सफल हुनु भएको छ । कोही गर्नै नसक्नेका लागि पुर्नसंरचनाको व्यवस्था गरिएको छ । व्याज तिर्न नसक्नेलाई थप म्याद दिएको छ ।
नेपाल सरकारले पनि गर्न सक्नेसम्मको सहयोग गरेको छ । सरकारले व्यवसाय निरन्तरता कर्जा जस्ता धेरै सुविधा ल्याएको छ । सहुलियत पूर्ण कर्जाको मात्र कुरा गर्ने हो भने आजको दिनमा एक खर्ब भन्दा माथिनै त्यसको उपयोग भइसकेको छ । नेपाल राष्ट्र बैकले ल्याएको रिफाइनान्सिङले यहाँहरुको आत्माबललाई धेरै उठाएको छ । हामीसँग भएको ४२ अर्ब लाई यसरी डिजाईन गर्यौ की त्यसको पाँच गुणा सम्म प्रयोग गर्न सकियोस ।
हाम्रो उद्देश्य के थियो भने जुन बेला व्यापार रहदैन, जुन बेला उद्योग रहँदैन त्यो अवस्थामा हामीले अर्थतन्त्र सम्झन सक्दैनौ । बैकले ग्राहक मारिरहेको छ भने बैंक रहन्छ भनेर सम्झन सक्दैन । अरुलाई बचाए पछि मात्र आफू बाचिन्छ भन्ने मानसिकताबाट बैकिङ सिस्टमले काम गर्नुपर्छ । जुन कुरा कामीयाब भयो, त्यसका लागि यहाँहरुको धेरै ठूलो सहयोग रहेको छ । त्यसको लागी धन्यवाद भन्न चाहन्छु ।
धेरै ठाँउमा सुन्ने गरेको छु । उद्योगी र व्यवसायी साथीहरुबीचमा जादा बैंकर्सलाई गाली गर्ने । यो साल बैकिङ क्षेत्रले उद्योग व्यवसायलाई धेरै सहयोग गरेको छ । कसैले चैत्र मसान्तमा व्याज तिर्छु भने १० प्रतिसत छुट दिनु भनेका छौ । यो सुविधा सबैले लिनु भएको छ । हामीले बैशाख, जेठ, असारको व्याज ब्लाङकेट रुपमा बेस रेट भन्दा तल नजाने गरि कम गर्न भनेको थियौ । यो सबैले लिनु भएको छ ।
त्यसैगरी अहिलेसम्म पुर्नर्कजा मात्र एक खर्ब गइसकेको छ । त्यसबाट पाउने सुविधा पनि धेरै छ । ७ अर्ब रुपैया छुट पाईने रहेछ । मैले पाइन भन्न पाइँदैन, त्यो उद्योगी व्यवसायीले नै लिएको हो । आर्थिक अवस्थातीब्र सुधार भएको छ । साउनदेखि फागुनसम्म आई पुग्दा ५ सय ७७ अर्ब कर्जा प्रवाह भएको छ । निक्षेप संकलन ५ खर्ब भएको छ ।
निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाह भएको छ । केही गलत प्रयोग भएको हुन सक्छ । त्यसलाई हाम्रो संयन्त्रले अनुगमन गर्ने कुरा छदैछ । थप कर्जा प्रवाहले आर्थिक क्षेत्र चलायमान भएको छ । यसमा हामीलाई गर्व महसुस भएको छ ।
यसो गरिरहदा उद्योगी व्यवसायी साथीहरु नैतिक हुन जरुरी छ । एउटा गोदाममा समान राखेर दुईवटा बैकबाट ऋण लिनु कतिको नैतिक आचरणमा पर्छ । बैकलाई तपाईहरुको सहयोग चाहिन्छ । व्याज यतिनै हुनु पर्छ भन्नेले व्यवसाय गर्ने होइन ।
३० औ वर्षसम्म १६ प्रतिशत व्याजमा कारोवार भयो । ओडी भन्ने विक्तिकै १६ प्रतिसत व्याज थियो । आज १६ प्रतिशतमा कारोवार गर्न कुनै व्यवसायी कल्पना गर्न सक्दैन । हाम्रो पोलीसी भनेको ७/८ पनि सधै रहँदैन, १० भित्र रहन सक्नु पर्छ । सिंगल डिजिटमा रहन सकियो भने ठूलो कुरा हो । यसमा रहेर कारोवार गर्न राजी हुनुपर्छ ।
नेपाल राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग संगठन मोरङको ४८ औ साधारण सभामा राखेको मन्तव्यको सम्पादित अंश ।