काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा ५ नयाँ मोडेलका कार भित्र्याएको छ । कम्पनीले टाटाको टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ नयाँ मोडेलका कार नेपालमा भित्र्याएको हो ।
शुक्रबार इटहरीमा नाडा एसोसियसन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले उद्घाटन गरेका हुन् । यी गाडीहरु टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बीएस सिक्स प्रविधिले बनाइएको छ । योसँगै टाटा कंम्पनी उक्त इन्जिन प्रविधि भएको ५ मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।
टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजअनुसार तयार पारिएकोे छ । बदलिदो समयको मागअनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।
नयाँ टियागो
१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेंलो, नीलोलगायत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ पनि प्राप्त गर्न सफल भएकोे छ ।
नयाँ टिगोर
१२०० सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु छन् । मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।
नयाँ नेक्सन
१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।
इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ विशिष्ट विशेषताहरु भएको नेक्सन ६ वटा रंगहरुमा उपलब्ध रहेको छ ।
नयाँ अलट्रोज
१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्यापमार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको छ ।
यो रिदम, स्टाइल, लुक्स र अर्वन गरी चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।
नयाँ एच फाइभ
२००० सीसी. इन्जिन क्षमता भएको एच फाइभको सम्पुर्ण बनावट विशिष्ट वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाइभ विभिन्न आकर्षक रंगहरुमा उपलब्ध रहेको छ ।