काठमाडौं । बैंक अफ काठमान्डूले २२ वटा बसमा क्युआर कोड सेवा बिहीबारबाट सुरु गरेको छ । पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा क्युआरकोड सेवा सुरु गरेको हो ।
बैंकको प्रदेश नं १ प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिहरुलाई क्युआर कोड हस्तान्तरण गरेका थिए ।
पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिराटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म सञ्चालन हुने बसमा सेवा लिन सकिनेछ ।
साथै कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिराटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्नेले क्युआर कोड स्क्यान गरेर भाडा तिर्न सक्छन्।
सुपर जनसेवा यातायात समितिका ५ वटा बसमा पनि यो सेवा उपलब्ध छ। हालसम्म यो बैंक अफ काठमान्डूका ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा छन्।