नारायणबाबु लोहनी तीन वर्षदेखि रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । २०७४ असोजदेखि औपचारिक कारोबार सुरु गरेको रिलायबलले २०७७ पुससम्म ४ अर्ब ७४ करोड रुपैयाँबराबरको कुल बिमाशुल्क संकलन गरेको छ । नयाँ जीवन बिमा कम्पनी भएकाले ६० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारण नागरिकलाई बिक्री गर्ने तयारी गरिरहेको रिलायबलमा आउनुअघि लोहनी रिलायबल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालीन रिलायबल फाइनान्ससँग शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक भएर बनेको रिलायबल डेभलपमेन्ट बैंकपछि ग्लोबल आईएमई बैंकमा गाभिएको थियो । रिलायबल फाइनान्सको पनि प्रमुख कार्यकारी भएका लोहनी इन्जिनियरिङमा स्नातक र व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) हुन् ।
वित्तीय बजारमा दुई दशक बढी समय बिताएका लोहनीलाई संस्थाको नेतृत्व तहमा बसेर लगानीकर्तालाई बजार औसतभन्दा बढी प्रतिफल दिएको जस जान्छ । रिलायबल लाइफमा पनि लोहनीले कम खर्चमा कम्पनीलाई अघि बढाएको जस लिएका छन् । कुनै पनि क्षेत्रमा नयाँ कम्पनी प्रवेशसँगै व्यावसायिक सम्भावनाका नयाँ ढोकाहरू खुलेको विश्वास गर्ने लोहनीसँग जीवन बिमाको वस्तुस्थितिमा केन्द्रित रहेर गरिएको कुराकानीः
तपाईं बैंकिङ क्षेत्रमा क्रियाशील व्यक्ति जीवन बिमा कम्पनीको व्यवस्थापन सम्हाल्न आउनु भएको छ । बिमा क्षेत्रको तीन वर्षको अनुभवलाई हेर्दा बिमा र बैंकिङलाई कसरी छुट्याउनुहुन्छ ?
बैंकिङ र बिमा क्षेत्रमा निश्चय पनि केही भिन्नताहरू छन् । सैद्धान्तिक रुपमा बिमा र बैंकिङ व्यवसायमा केही फरक छ । स्रोत संकलन गर्ने तरिका फरक छ । र, कतिपय कुराहरूमा समानता पनि छ । दुवै क्षेत्रको नियमनकारी निकाय बलिया छन् । तर, व्यावसायिक संगठनको मूलमन्त्र भनेको ‘भोल्युम’मा काम गर्ने, खर्च कम गर्ने र व्यवसाय वृद्धि (बिजनेस ग्रोथ) हेर्ने हो । यो वित्तीय क्षेत्रका समानता हुन् । बैंकमा स्रोतका रुपमा ग्राहकबाट निक्षेप (डिपोजिट) लिन्थ्यौं भने बिमामा पोलिसी (बिमालेख) बेचेर स्रोत जुटाउँछौं । फरक भनेको पनि हो । दुवैमा आएको स्रोतलाई राम्रोसँग परिचालन गर्छौं । सम्भाव्य क्षेत्रमा लगानी गर्छौं । बैंकिङमा ऋण प्रवाह गरेर त्यहाँबाट कमाउँछौं भने बिमामा ब्याजमा पैसा लगाएर वा राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी गरेर कमाउँछौं । बैंकमा ग्राहक आफंै जान्छन् भने बिमा व्यवसायमा ग्राहकसमक्ष बिमा कम्पनी वा बिमा एजेन्ट जानुपर्छ । बैंकमा ‘रिटेन्सन’ कम हुन्छ भने बिमामा एक पटक मान्छे जोडियो भने लामो समयसम्म टिकिरहनुहुन्छ । बिमामा सेल्स (बिक्री)का क्रियाकलाप बढी हुन्
छ ।
१० नयाँ जीवन बिमा कम्पनी थपिएपछि बिमा बजार विस्तारै प्रतिस्पर्धी बन्दै गएको छ । तपाईंहरू पनि नयाँ कम्पनीकै सूचीमा हुनुहुन्छ । नयाँ कम्पनी आएपछि अस्वस्थ प्रतिस्पर्धाले स्थान जमाएको आरोप छ, नि ?
विस्तारै बिमा बजार स्वस्थ प्रतिस्पर्धातिर अघि बढेको छ । बिमामा पहिलो बिमाशुल्क (फस्र्ट प्रिमियम) मात्रै ल्याउनेभन्दा पनि संस्थालाई दीर्घकालीन रुपमा अघि बढाउने गरी सोच्नुपर्छ । त्यसका लागि कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, राम्रो कमाई हुने ठाउँमा लगानी गर्ने, नयाँ–नयाँ उपकरण (प्रडक्ट)हरू ल्याउने नीति अवलम्बन गर्नुपर्छ ।
अहिले पनि ठूलो संख्या बिमाबाट बञ्चित छ, त्यसलाई बिमाको दायराभित्र ल्याउन बिमा कम्पनीहरूले काम गर्नुपर्छ । नयाँ कम्पनीहरू आएपछि प्रतिस्पर्धा बढेको छ। अहिले हरेक व्यवसाय र क्षेत्र प्रतिस्पर्धी भएको छ । बिमा कम्पनी अछुतो रहने कुरै भएन । प्रतिस्पर्धाले उपभोक्ता (कन्जुमर)लाई फाइदा नै पुग्छ । नयाँ–नयाँ ‘इनोभेटिभ प्रडक्ट’ उपभोक्ता सहज र सुपथ मूल्यमा पाउने वातावरण बन्नु राम्रो होइन र !
रिलायवलमा मात्रै ३ सयभन्दा बढी नयाँ स्टाफ छन् । त्यो भनेको पनि ठूलो कुरा हो । १३ हजार सक्रिय अभिकर्ताहरू छन् । नयाँ कम्पनी आएपछि सम्भावनाका नयाँ बाटोहरू खुल्छन् । बिमा क्षेत्रमा पनि नयाँ कम्पनीहरूको प्रवेशले बिमा बजार पनि विस्तारित भएको छ । रोजगारीका थप अवसर सिर्जित भएका छन् । नयाँ कम्पनी थपिनुभन्दा पहिले बिमाको बजार ७/८ प्रतिशत मात्रै थियो । अहिले २७ प्रतिशत हाराहारी पुगेको छ । नयाँ कम्पनी थपिएपछि झन्डै ४ गुणा बिमाको बजार बढेको छ ।
रिलायवलमा मात्रै ३ सयभन्दा बढी नयाँ स्टाफ छन् । त्यो भनेको पनि ठूलो कुरा हो । १३ हजार सक्रिय अभिकर्ताहरू छन् । नयाँ कम्पनी आएपछि सम्भावनाका नयाँ बाटोहरू खुल्छन् । बिमा क्षेत्रमा पनि नयाँ कम्पनीहरूको प्रवेशले बिमा बजार पनि विस्तारित भएको छ । रोजगारीका थप अवसर सिर्जित भएका छन् । नयाँ कम्पनी थपिनुभन्दा पहिले बिमाको बजार ७/८ प्रतिशत मात्रै थियो । अहिले २७ प्रतिशत हाराहारी पुगेको छ । नयाँ कम्पनी थपिएपछि झन्डै ४ गुणा बिमाको बजार बढेको छ ।
जीवन बिमाका अभिकर्ताहरू फस्र्ट प्रिमियम उठाउनेतिर मात्रै केन्द्रित गरेको पाइन्छ । त्यसपछि अभिकर्ताले चासो नदिँदा बिमाशुल्क बुझाउने समय घर्किने र बिमालेख मृत हुने प्रवृत्तिमा सुधार आउन सकेको छैन । अभिकर्ताको यस्तो प्रवृत्तिले बिमा व्यवसाय विस्तार हुन्छ ?
सबैभन्दा पहिला बिमितले आफ्नो क्षमता कति छ ? त्यति बराबरको मात्रै बिमा गर्नुपर्छ । बीचमा आएर समर्पण (सरेन्डर) हुनु भनेको स्वयम् बिमित र संस्था दुवैका लागि हानिकारक हुन्छ । अभिकर्ता साथीहरूले लामो समयका लागि बिमा गर्ने बिमितहरूलाई सही तरिकाले बुझाएर बिमा गराउनुपर्छ । त्यसपछि मात्रै बिमितले पूरा अवधि पैसा तिर्छन् ।
बिमा अवधि पूरा नहुँदासम्म हाम्रो लागि बिमित ग्राहक (कस्टुमर) हो । एउटा कस्टुमरले अभिकर्ताप्रति आकर्षित भयो भने उसका परिवारका अन्य सदस्यले पनि सोही अभिकर्तामार्फत बिमा गर्न सक्छन् । त्यो पनि उसका लागि फाइदाको कुरा हो । एउटा अभिकर्ताले क्षणिक लाभभन्दा दीर्घकालीन हितलाई केन्द्रमा राखेर काम गर्दा कम्पनी, बिमित र अभिकर्ता तिनै पक्षलाई फाइदा हुन्छ ।
तर, सबै अभिकर्ताले बदमासी गर्छन् भन्ने हुँदैन । जहाँ र जुनसुकै क्षेत्रमा पनि गलत व्यक्तिका कारण एकाध घट्ना घट्ने गरेको पाइन्छ । अहिले ९० प्रतिशत अभिकर्ताले राम्रोसँग बुझाएरै बिमा गराएका छन् । १० प्रतिशत अभिकर्ताले गलत तरिकाले व्याख्या गरेर बिमितलाई झुक्याएका हुन सक्छन् । तर, जीवन बिमाको अभिकर्ताको रुपमै आफ्नो ‘करिअर’ बनाउँछु भनेर लागेकाहरूलाई कम्पनीहरूले पटक–पटक भन्दै आएका छन् कि आफूलाई भन्दा बिमितलाई हेर्नुपर्छ । त्यसो हुँदा नयाँ बिजनेस पनि आउन सक्छ । रिलायवलमा ३ वर्षको अवधिमा अहिलेसम्म सरेन्डरको ईस्यू आएको छैन ।
नयाँ कम्पनीहरूले सुरुमा पुरानो कम्पनीमध्येको उच्च बोनस दरलाई देखाएर व्यवसाय गर्छन् । बोनस दर आउँदा भने धेरै तल हुन्छ । यसले बिमितलाई अन्याय गरेन र ?
बोनस दरलाई धेरै कुराले निर्धारण गर्छ । पहिलो कम्पनीले लगानी गरेको क्षेत्र कुन हो ? दाबी भुक्तानी दर कति छ ? सञ्चालन खर्च कति छ ? एजेन्सी खर्च कति छ ? प्रोत्साहन (इन्सेन्टिभ) खर्च कति छ ? भन्ने जस्ता धेरै कुराहरूले फरक पार्छ । सुरुमा सबै कम्पनीहरूले बोसन दरको समस्या भोगेरै आएका हुन् । पछिल्लो चरणमा सञ्चालनमा आएका नयाँ कम्पनीहरूले पनि ३ वर्ष बितिसकेको छ । प्रायः कम्पनीहरूले पहिलो बोनस दर घोषणा गरिसकेका छन् र कम्पनीहरूको प्रदर्शनमा विस्तारै सुधार हुँदै आएको छ । के पुराना कम्पनी, के नयाँ कम्पनीहरू सबैले नेपालमै लगानी गर्ने हो । केही समयपछि नयाँ कम्पनीहरूले पनि पुरानाले सरह बोनस दिन थाल्छन् ।
बिमा गराउँदा एउटा बोनस दर भन्ने अनि दिँदा अर्कै बोनस दर दिँदा बिमितहरू गुमराहमा पर्ने र यसले बिमा बजारलाई नै नकारात्मक असर पार्दैन र ?
नेपालका बैंकपिच्छे ब्याजदर फरक–फरक छ । कहिले कुन बैंकको ब्याजदर बढी हुन्छ त कहिले कुन बैंकको ब्याजदर बढी हुन्छ । हिजोको दिनमा धेरै बोनस आएको कम्पनीको बीचमा घटेको अवस्था पनि छ । कुनै कम्पनीको बोनस दर बोनस ७० छ । ७० बोनसदर तय हुँदा बैंकको ब्याजदर ७ प्रतिशत थियो । तर, अर्को वर्ष बैंकको ब्याज घटेर ५ प्रतिशतमा झ¥यो भने बोनसदर घट्न सक्छ । अथवा उसले ७ प्रतिशत ब्याजमा पैसा राखेको थियो एक्कासि बढेर १२ प्रतिशत पुग्यो भने त्यो वर्षको बोनस दर पनि बढ्न सक्छ । एकचोटी बोनसदर सार्वजनिक गरेपछि त्यो दर नघटोस् भन्ने सबै संस्थाको चाहना हुन्छ । तर, बोनस दर बढ्दै जानुपर्छ भन्ने मान्यताले काम गर्छ ।
बोनस ६० भनेको ६ प्रतिशत हो । यदि कुनै कम्पनीको प्रतिफल (इल्ड) नै ४ प्रतिशत छ भने ६ प्रतिशत कसरी दिन सक्छ ? किनभने बिमाले उठाएको धेरै प्रतिशत पैसा बैंकमा राखेका हुन्छन् । बैंकको ब्याजदर नै घट्यो भने बोनसदर स्वतः घट्छ । अथवा बढ्यो भने सबै कम्पनीको बोनस दर बढ्छ । कुनै कम्पनीले राम्रोसँग ‘ट्रेजरी’ व्यवस्थापन गरेको हुन्छ, त्यो कम्पनीको राम्रो बोनस हुनसक्छ । नेपालमा बिमा क्षेत्रको इल्ड ६ प्रतिशतको लक्ष्य राखिएको छ । तर, वास्तविकतामा त्योभन्दा बढी छ ।
समय र बिमा प्रडक्टअनुसार एउटै कम्पनीले कुनै बिमालेखमा प्रतिहजार ३० रुपैयाँ बोनस दिएको हुन्छ भने अर्कोमा ७०/७५ रुपैयाँ दिएको हुन्छ । बिमा अभिकर्ताहरूले सुरुमा बिमा गराउँदा उच्च दर भन्ने र बिमा अर्कै अवधि वा प्रडक्टको गराइदिने । यसले गर्दा दाबी भुक्तानी वा परिपक्व भएपछि भुक्तानी लिँदा आशातित् बोनस नआउँदा बिमाप्रति नकारात्मक प्रचारहरू गर्ने गरिएको पाइन्छ । अभिकर्ताहरूको यस्तो परिपाटीले बिमाप्रति अविश्वास बढाउँदैन र ?
सुरु–सुरुमा कम्पनी परिपक्व (म्याचुअर्ड) नहुँदाखेरी यस्तो स्थिति थियो । आजभन्दा १०/१५ वर्षअघि बिमा गरेको र अहिले म्याचुअर्ड हुँदा त्यस्तो केस आएको हुन सक्छ । । नयाँ कम्पनीहरू भरखरै आएको र यसकाे म्याचुअर्डकाे टाइम नआएकोले यस्तो समस्या आएको छैन । चुक्ता पुँजीका आधारमा लागत (कस्ट) बढी थियो होला । पछिल्लो समय चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । नयाँ कम्पनीहरू आएको सुरुवाती अवस्थामा १२/१३ प्रतिशत ब्याजमा बैंकमा निक्षेप राख्न सक्यौं । त्यसले पनि नयाँ कम्पनीहरूलाई धेरै ‘ब्याकअप’ गरेको छ । व्यवसाय पनि सन्तोषजनक रुपमा अघि बढेको हुनाले भविष्यमा त्यस्तो कुनै समस्या आउँदैन ।
जति लामो समयसम्मको बिमा गरिन्छ, उति नै बोनस बढी हुन्छ । जति लामो समयको मुद्दती राखिन्छ, उति नै बढी ब्याज पाइन्छ । ‘मिसलिड’ गरेर कसैले पनि व्यापार गर्न हुँदैन । यदि कसैले त्यस्तो गरेर व्यापार गर्छ भने त्यसले अभिकर्ता, एजेन्सीमा बस्ने व्यक्तिहरू र संस्थालाई हानी पुर्याउछ । । ‘ढाँटेको कुरा र फाटेको कपडाले’ कहिल्यै टर्दैन भनेजस्तो एकदिन न एकदिन सत्य कुरा बाहिर आउँछ ।
बिमामा लगाएको पैसा बोनसदरका कारण कसैलाई पनि नोक्सान हुँदैन । आज कसैले १० लाखको बिमा गरेको छ र बिमाशुल्कवापत २५ हजार रुपैयाँ बुझाउँछ भने बिमितिले १० लाख रुपैयाँमै बोनस पाउने हो । २५ हजार रुपैयाँमा होइन । तर, बैंकमा त जति पैसा राख्यो, त्यतिको मात्रै ब्याज पाउने हो । त्यसैले सुरक्षा र बचतका हिसाव बिमा उपयुक्त हो ।
बोनस ६० भनेको ६ प्रतिशत हो । यदि कुनै कम्पनीको प्रतिफल (इल्ड) नै ४ प्रतिशत छ भने ६ प्रतिशत कसरी दिन सक्छ ? किनभने बिमाले उठाएको धेरै प्रतिशत पैसा बैंकमा राखेका हुन्छन् । बैंकको ब्याजदर नै घट्यो भने बोनसदर स्वतः घट्छ । अथवा बढ्यो भने सबै कम्पनीको बोनस दर बढ्छ । कुनै कम्पनीले राम्रोसँग ‘ट्रेजरी’ व्यवस्थापन गरेको हुन्छ, त्यो कम्पनीको राम्रो बोनस हुनसक्छ । नेपालमा बिमा क्षेत्रको इल्ड ६ प्रतिशतको लक्ष्य राखिएको छ । तर, वास्तविकतामा त्योभन्दा धेरै कम छ ।
बिमा कम्पनीहरूमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागू भएपछि वित्तीय विवरण तयार गर्न समस्या भएकाले बिमा कम्पनीहरूको बोनस दर घोषणा र साधारणसभामा पनि समस्या भएको भनिँदैछ । नयाँ कम्पनीहरू पनि यसबाट पीडित हुन् र ?
नयाँ कम्पनीमा एनएफआरएस लागू गर्दा खासै समस्या देखिएको छैन । तर, जुन कम्पनीको स्थिर सम्पत्ति (फिक्स एसेट्स) वा स्थिर लगानीहरू छ त्यस्ता कम्पनीहरूलाई धेरै असर गरेको छ । नेपालको बिमा क्षेत्रमा एनएफआरएस लागू गर्ने समय र नयाँ बिमा कम्पनी खुल्ने समय एकैचोटी भएकाले समस्या नभएको जस्तो लाग्छ । यद्यपि पुराना कम्पनीहरूमा भने केही समस्याहरू देखिएको भन्ने सुनिन्छ ।
जीवन बिमा कम्पनी बिमाशुल्क लिँदा कुल बिमाशुल्क (प्रिमियम) बिमाङ्क रकमभन्दा बढी पर्न जान्छ । यसले बिमितहरूमा बिमाङ्क रकमभन्दा बढी बिमाशुल्क लिएको र थप रकमको बोनस नआउने भएकाले ठगेको भन्ने आरोप पनि लगाउने गरेको पाइन्छ । बिमाङ्क रकमभन्दा धेरै प्रिमियम तिर्नुपर्ने बाध्यता किन ? यस्तो कसरी हुन्छ ?
बिमाशुल्कको निर्धारणमा सबैभन्दा महत्वपूर्ण पक्ष उमेर हो र उमेरले बिमाशुल्कको दर निर्धारणमा फरक पार्छ । सँगै बिमितले जीवन बिमालेखसँग थप सुविधाहरू अर्थात् विभिन्न प्रकारका राइडर पनि लिएको हुन सक्छ । जस्तो दुर्घट्ना मृत्यु बिमा, गम्भीर प्रकृतिको रोगविरुद्धको बिमा, अस्पतालमै बसेर उपचार गर्न सकिने वा अन्य यस्तै प्रकृतिका बिमा न्यूनतम थप प्रिमियम तिरेर लिइएको स्थितिमा कुल प्रिमियम बढी पर्न जान्छ । बिमा गर्नु भनेको बचत मात्रै गरेको होइन्, जोखिमको पनि बिमा गरेको हो ।
कम उमेरको मान्छेमा कम जोखिम महसुस गरिएको हुन्छ भने बढी उमेर भएकाहरूमा बढी जोखिमको अनभुति हुन्छ । त्यस्तै कतिपय अवस्था कम्पनीको बिमा प्रडक्टले पनि प्रिमियमा फरक पार्नसक्छ । बढी बोनस दर लिने अपेक्षासहित कसैले बिमा गरेको छ भने पनि उसले बढी बिमाशुल्क तिर्नुपर्छ । रिलायवलकै सुलभ बिमालेख कसैले लिन्छ भने उसले १ लाख रुपैयाँको बिमा गर्दा ९० हजार रुपैयाँ मात्रै तिरे पुग्छ । यो प्रडक्टअन्तर्गत बिमा गर्दा बिमाङ्क रकम पूरैबराबर पनि प्रिमियम तिर्नुपर्दैन । रिलायवलले न्यूनतम शुल्कमा अधिक आर्थिक सुरक्षा योजना अघि सारेको छ ।
केही वर्ष अघिसम्म भारतीय बिमा कम्पनीका एजेन्टहरू नेपालमा आएर बिमा गर्ने र ठूलो रकम बिमाशुल्कका रुपमा विदेश लैजाने गरेको थियो । तर, पछिल्लो समय त्यति चर्चा हुँदैन । के सीमापारीबाट गरिने बिमालेख बिक्री बन्द भएको हो ?
नेपालमा धेरै कम्पनी खुलेका कारणले देशका कुना काप्चा वा सीमा क्षेत्र (बोर्डर साइड)तिर पनि नेपाली कम्पनीहरू पुगेका छन् । पछिल्लो रकम भुक्तानीमा कडाइ हुँदै आएको छ । विगतमा रकम भुक्तानीमा खासै समस्या नहुँदा विदेशी कम्पनीहरू बिमा बजारको खोजीमा नेपाल आएको पाइन्थ्यो भने अहिले भुक्तानी प्रक्रिया एकदमै झन्झटिलो भएको र विदेशी बजारमा दिएको बोनस दरभन्दा राम्रो प्रतिफल स्वदेशमै पाइने भएपछि बन्द हुन थालेको हो । अर्कोतिर करिब एक वर्षदेखि कोरोना महामारीले गर्दा सीमा नाका पनि बन्द भएको र मानिसहरू बाह्य मान्छे भेट्न नखोज्ने कारणले सुकेको हो । सायद अब विदेशी मुलुकमा कुनै पनि नेपालीले बिमा गराउँदैनन् । अर्कातिर सरकार वा बिमा समितिले पनि बाह्य मुलुकमा बिमा नगर्न धेरै नै जनचेतनामूलका कार्यक्रम गरिरहेको छ र नेपाली कम्पनीहरू पनि कुनाकाप्चामा पुगेका कारण अहिले धेरै सुधार भइरहेको छ ।
कोभिड–१९ ले मुलुक आक्रान्त भएका बेला पनि बिमा कम्पनीको व्यवसाय विस्तार भने राम्रो भयो नि ? कसरी सम्भव भयो ?
कोभिड–१९ का कारण लामो समय भएको बन्दाबन्दी (लकडाउन) र निशेधाज्ञामा पनि जीवन बिमा व्यवसायमा भने सकारात्मक प्रभाव परेको छ । अन्य क्षेत्रहरू सुकेका बेला पनि मानिसहरूले जीवनको मूल्य अनुभूत गरेकाले व्यवसाय विस्तार हुन पुगेको हो । कोरोना महामारीले मानिसहरू बिमा गर्नुपर्छ भन्ने भावना विकास भएको छ । बिमा गरेको दुई वर्षपछि बिमित आत्महत्या गरेमा पनि दाबी भुक्तानी पाइन्छ भने बिमा गरिसकेपछि देखिएको कुनै पनि रोगले मानिस मृत्यु भएमा जीवन बिमाको दाबी भुक्तानी पाइन्छ । यसले आफ्नो मृत्यु भएमा पनि आफ्नो परिवारको आर्थिक संकट टर्ने भएपछि कोरोना कहरसँगै मानिसहरूमा बिमाप्रति सकारात्मक धारणाहरू बन्न थालेको छ । यसले आगामी दिनमा जीवन बिमा व्यवसायलाई अझ विस्तार गर्न सहयोग पुर्याउछ ।
बिमा कम्पनीहरू कुनाकाप्चा पुगेका छन् । बिमा व्यवसायको विस्तार पनि भइरहेको छ । तर, लघु बिमा (माइक्रो इन्स्योरेन्स) भने खासै विस्तार हुन सकेको छैन । किन ?
माइक्रो इन्स्योरेन्स गर्दा खर्च बढी आउँछ । बिमा गरिसकेपछि तिर्नका लागि पैसा हुनुपर्छ । सरकारले सहुलियत दिएन भने न्यून आय भएकाहरूसँग दैनिक गुजारा चलाउन सक्ने हैसियत हुँदैन अनि कहाँबाट बिमा गर्नु ? यस्ता नागरिकका लागि बिमा दोस्रो प्राथमिकतामा पर्छ । बिमा बढाउनका लागि कम्पनी, सरकारले जनचेतना जगाउने काम गर्नुपर्छ । सरकारले जसरी कृषि बिमामा अनुदान दिएको छ, त्यसैगरी लघु जीवन बिमा गरेर जनस्तरलाई सुरक्षित र झन गरिब हुने वातावरण बन्नबाट बचाउनुपर्छ । जीवन बिमातर्फ लघु बिमा भनेर ३ लाख बिमाङ्क रकमभन्दा कमको बिमा हो । अहिले कम्पनीहरू आफंैले बेचिरहेका छन् तर, जति हुनुपर्ने हो, त्यति बिक्री भएको छैन । रिलायवलको कुल बिमामध्ये १५ प्रतिशत माइक्रो बिमाको हिस्सा छ ।
विदेशतिर न्यूनवर्गीय व्यक्तिहरूको सम्पूर्ण दायित्व बिमामार्फत सरकारले लिन्छ । तर, नेपालमा त्यस्तो छैन र सामाजिक सुरक्षाका नाममा अरु कार्यक्रमहरू ल्याइरहेको पाइन्छ । बिमा क्षेत्रले बिमामार्फत सामाजिक सुरक्षाका योजना अघि सार्न र आममानिसहरूको संरक्षण गर्न सरकार, बिमा समिति र कम्पनीले के कसरी काम गर्नुपर्ला ?
बिमाको दायरा बढाउन बिमा समितिले आफ्नो तर्फबाट काम गरिरहेको छ । अझै पनि गर्नुपर्छ । अहिले सरकारले २५ हजार रुपैयाँलाई खर्चमा देखाएर कर छुट दिइरहेको छ । त्यसको दायर बढाउनुपर्ने अहिलेकोे आवश्यकता हो । बिमाका बारेमा अझै पनि सर्वसाधारणलाई बुझाउन सकिएको छैन । बिमाका बारेमा जनचेतना बढाउन सरकार, बिमा समिति र कम्पनीहरू मिलेर जानुको विकल्प छैन । बिमामार्फत बिमा कम्पनीहरूले ५, १०, १५, २०, २५, ३० वर्षको दायित्व लिएर कम्पनीहरूले पैसा लिन्छन् । त्यसलाई राम्रो आम्दानी हुने क्षेत्रमा लगानी गर्न बाटो खोल्नुपर्छ । बैंकमा छोटो समयका लागि राख्छौं । छोटो समयको निक्षेप राखेर लामो समयका लागि दायित्व लिन गाह्रो हुन्छ ।
यद्यपि अहिले नै पनि धेरै क्षेत्रहरू (रियल इस्टेट, कृषि, उत्पादनशील, जलविद्युत्, सोलार) लगानीका लागि खोलिएको छ । त्यस्तै सहवित्तीयकरणमा पनि विभिन्न क्षेत्रमा लगानी गर्न पाइन्छ । लगानीका विकल्प (अप्सन) धेरै भए पनि अझै न्यून लागतका हाउजिङ, स्वास्थ्य क्षेत्रमा पनि लगानीको बाटो खोलिनुपर्छ । यद्यपि प्राविधिक समस्याका कारण नयाँ कम्पनीहरूले निक्षेपबाहेक अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन । अहिले प्राविधिक सञ्चित कोष (टेक्निकल रिजर्भ)को केही प्रतिशत मात्रै निक्षप बाहेकका क्षेत्रमा लगानी गर्न पाइने व्यवस्था छ । नयाँ कम्पनीको टेक्निकल रिजर्भ नै अत्यन्तै कम हुने भएकाले खुलेर लगानी गर्न कठिन हुने गरेको छ । कम्पनीको टेक्निकल रिजर्भ बढ्दै जाँदा भने धेरै फाइदा हुन्छ ।
बिमाको दायरा बढाउन बिमा समितिले आफ्नो तर्फबाट काम गरिरहेको छ । अझै पनि गर्नुपर्छ । अहिले सरकारले २५ हजार रुपैयाँलाई खर्चमा देखाएर कर छुट दिइरहेको छ । त्यसको दायर बढाउनुपर्ने अहिलेकोे आवश्यकता हो । बिमाका बारेमा अझै पनि सर्वसाधारणलाई बुझाउन सकिएको छैन । बिमाका बारेमा जनचेतना बढाउन सरकार, बिमा समिति र कम्पनीहरू मिलेर जानुको विकल्प छैन । बिमामार्फत बिमा कम्पनीहरूले ५, १०, १५, २०, २५, ३० वर्षको दायित्व लिएर कम्पनीहरूले पैसा लिन्छन् ।
एकातिर बिमा कम्पनीहरू धेरै भए भनेर गाभ्ने÷गाभिने (मर्ज)को कुरा उठिरहेको छ भने अर्कोतिर व्यवसाय विस्तारको अझै सम्भावना रहेकाले नयाँ कम्पनीहरू थपिनुपर्छ पनि भनिँदैछ । तपाईंको अनुभवमा अहिलेको अवस्था कस्तो हो ?
जुनसुकै क्षेत्रमा पनि पहिले विस्तारको चरण (ग्रोइङ फेज) हुन्छ । त्यसपछि मर्जको अवस्था सिर्जना हुन्छ । बैंकहरूको ६०–६५ प्रतिशतको ‘प्यानिट्रेसन’ पुगिसकेको छ । बिमा कम्पनीको अहिले २७/२८ प्रतिशतको ‘प्यानिट्रेसन’को कुरा छ । त्यो पनि दोहोरो/तेहेरोपनाको स्थिति छ । कुनाकाप्चा बिमाको पहुँच पुगेपछि मर्जको चरण आउला । तर, अझै केही वर्ष सबै कम्पनी ग्रोइङ फेजमै छन् जस्तो लाग्छ । अहिले मर्जभन्दा पनि सबै कम्पनीले ग्रो गर्नेतिर सोच्नुपर्छ ।
रह्यो थप नयाँ कम्पनीको कुरा । नयाँ आउँदा विल्कुलै नयाँ प्रडक्टसहित आउनुपर्छ । अहिले नै उपलब्ध बिमालेख लिएर आउँदा गाह्रो हुनसक्छ । जुनखाले सेवा अहिले भइरहेका कम्पनीले दिइरहेका छन्, त्यही सेवा दिने भए सायद थप कम्पनीको आवश्यकता छैन । तर, जुन कम्पनी ‘इनोभेटिभ’ भएर आउँछ, उसका लागि सधैं बजार खुला हुन्छ । रिलायवल पछि आएको कम्पनी हो । आफू माइक्रो चढेपछि अरुलाई सिट छैन भन्न मिल्दैन । हामी माइक्रोभित्र बसिसकेका छौं । सिट छ कि छैन । कत्तिको सहज तरिकाले बस्न सकिन्छ ? गन्तव्यसम्म सिट बिनै पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा सम्बन्धित यात्रुले विचार गर्नुपर्छ ।
नेपालमा बिमाङ्कीय मूल्यांकनकर्ता (एक्चुअरी) नभएका कारण बिमाङ्कीय मूल्यांकनमा बिमा कम्पनीलाई ठूलो समस्या परेको भन्ने गरिन्छ । यो सधैको समस्याको समाधान किन खोजिदैन ?
अहिले बिमा समितिमा एक जना व्यक्ति मात्रै एक्चुअरी हुनुहुन्छ । एक्चुरियल भ्यालुएसन गर्न सम्पूर्ण रुपमा भारतकै भर पर्नुपरेको छ । समयमा काम नहुने, एउटा एक्चुरिएल एउटा कम्पनीमा गरेपछि अन्य कम्पनीमा काम गर्न नपाउने कारण कम्पनीहरूले नयाँ–नयाँ एक्चुरी खोज्नुपर्ने बाध्यता छ । बिमा कम्पनीहरू धेरै भइसके पनि जनशक्ति नहुँदा समस्या भएको छ । पछिल्लो समय त्रिभुवन विश्व विद्यालयमा एक्चुरियल विज्ञानको अध्ययन सुरु भएको भनिएको छ । यसले विस्तारै समस्याको हल निकाल्न सक्छ ।
बिमा गर्न चाहने व्यक्तिले के–के कुरामा ख्याल गर्नुपर्छ ? र बिमितहरूले रिलायवल नै किन रोज्ने ?
सबैभन्दा पहिला बिमा गर्न चाहने व्यक्तिले आफ्नो आवश्यकता महसुस गर्नुपर्छ । बिमा गर्नु भनेको बचत गर्नु हो । र, भवितव्य भइहाल्यो भने भइरहेको लाइफ स्टाइलमा केही परिवर्तन नआओस्, परिवारलाई थप मौद्रिक भार नपरोस र जीवनयापनमा समस्या नआओस भनेर बिमा गर्ने हो । बिमा गर्नुअघि आफ्नो आम्दानी अनुरुप बिमाशुल्क तिर्न सक्छु कि सक्दिन भन्ने तय भएपछि मात्रै बिमा गर्नु उपयुक्त हुन्छ । अर्कोतिर आफू कस्तो जोखिम लिन तयार रहने हो वा आफूले लिन खोजेका थप सुविधा र त्यसमा आवश्यक बिमाशुल्क तिर्ने क्षमता तय भएपछि बिमा गर्दा भोलिका दिन समस्या हुँदैन । आफ्नो जोखिम धारण (रिक्स कभर) मात्रै गर्न खोजेको कि, बचत गर्न पनि खोजेको हो ? त्यो निक्र्यौल गर्नुपर्छ ।
रह्यो रिलायवलमा किन भन्ने कुरा रिलायवलमा न्यूनतम शुल्कमा अधिकतम आर्थिक सुरक्षा योजना छ । रिलायवल सेवाकेन्द्रित छ । रिलायवलसँग अरु नयाँ तथा पुराना कसैसँग पनि नभएका तीन ओटा ‘राइडर’ छन् । कुनै पनि रोगका कारणले अशक्त भएमा पूरै दाबी भुक्तानी दिने, बिरामी अस्पतालमा बसेर उपचार गर्ने सुविधा । गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि पैसा र उनीहरूको प्रिमियम पनि तिर्नुनपर्ने जस्ता महत्वपूर्ण सुविधा भएका बिमालेख बिक्री रिलायवलले गरिरहेको छ । यस्ता सुविधा बजारमा अरुसँग छैन । यी प्रडक्टले रिलायवलको बजारलाई विस्तार गराउन ठूलो सहयोग गरिरहेको छ ।रिलायवलको सञ्चालन लागत एकदमै कम छ, जसले गर्दा भोलिका दिनहरूमा अत्यधिक बोनस दर पाउन सकिन्छ । सेवाका हिसावले रिलायवल राम्रो (बेस्ट) कम्पनी भएकाले पनि यसमा बिमा गर्नु उपयुक्त हुन्छ ।
नयाँ कम्पनीहरूमध्ये केहीले सार्वजनिक निष्कासन (आईपीओ जारी) गरिसके । केही पाइपलाइनमा छन् । रिलायवलको भने कुनै चर्चा छैन नि, किन ?
रिलायवल पनि आईपीओ ल्याउने तयारीमा छ । बिमा समितिमा मूल्यांकन (भ्यालुएसन)का लागि पठाएका छौं । छिट्टै रिलायवलले आईपीओ जारी गर्छ र आफ्नो पुँजी २ अर्ब पुर्याउछ ।
नयाँ कम्पनी पनि पुराना कम्पनीभन्दा कम छैनन् भन्ने देखिन्छ । आजको दिनमा रिलायवलको स्थान कुन हो ?
आम्दानी, नाफा, व्यवसाय विस्तार, सञ्चालन खर्च, बिमाशुल्क संकलन, चुक्ता पुँजी, सञ्चित कोष, कर्मचारी आदिलाई हेरेर श्रेणीकृत गर्ने गरिन्छ । त्यसैले श्रेणीकृत गरेर ठ्याक्कै यही स्थानमा छ भन्ने हुँदैन । किनभने यसमा हेरफेर भइरहन्छ । मूल कुरा रिलायबलले कसरी काम गरिरहेको छ भन्ने हो । रिलायवलसँग करिब २० लाख बिमालेख छ । १३ हजार सक्रिय अभिकर्ता छन् । तीन सय जना कर्मचारी छौं । यसबीचमा दाबी भुक्तानी पनि ९९.९९ प्रतिशत सम्पन्न गरेका छौं । अत्यन्तै न्यून खर्चमा सञ्चालन भइरहेको रिलायवलको नाफा पनि सन्तोषजनक छ । बजारले पनि रिलायवलका प्रडक्टलाई आत्मसाथ गरेको पाइन्छ ।