एजेन्सी । गत फेब्रुअरीमा अल्पकालीन ऊर्जा परिदृश्य (एसटीईओ) ले विश्वमा तेलको खपतसँग सम्बन्धित एक तथ्य सार्वजनिक गरेको थियो । सो तथ्यअनुसार वातावरणीय प्रभावसम्बन्धी अध्ययन (ईआईए) ले विश्वव्यापी रूपमा तेलको खपत प्रतिदिन ९ करोड ६७ लाख ब्यारेल रहेको जनाएको हो ।
तेलको निर्यात ३.१ एमबीपीडीले घटेर ९३.६ एमबीपीडी कायम भएको तथ्यांकले देखाउँछ । एमबीपीडी भन्नाले प्रतिदिन हजार ब्यारेल भन्ने बुझिन्छ । ऐतिहासिक मापदण्डअनुसार यसरी तलको निर्यात ३ एमबीपीडी घट्नु भनेको धेरै हो । यस्तो अवस्थामा तेलको मूल्य बढ्ने सम्भावना धेरै हुन्छ । अहिले विश्व बजारमा तेलको मूल्यको ग्राफ उकालो लागिरहेको छ ।
ईआईएले तेलको खपत एक वर्षभित्रै सुदृढ बनाउन ९८.२ एमबीपीडी हुनुपर्ने माग गरेको छ । यस मागलाई ब्राजिल र तेल उत्पादक मुलुकहरुको संगठन (ओपेक) ले निर्यात गर्दै आएका छन् ।ब्राजिलको कच्चा तेल उत्पादनलाई समर्थन गर्दै अनुमति दिने समय एक वा दुई महिना बन्द हुनसक्छ । यसमा ओपेकको नियतलाई भने महत्वपूर्ण मानिएको छ ।
ईआईएले मागअनुसार ओपेकको बिस्तारै उत्पादन बढ्ने बताएको छ । तर, ओपेकले यस्तो किन गर्दै छ ? भन्ने प्रश्न पनि छ । यदि ओपेकले सामान्यतया अहिलेको उत्पादनलाई नियन्त्रण गर्न सकेमा विश्व ३.५ एमबीपीडीमा यस सालको मध्यमा नै पुग्न सक्छ । ३.६ प्रतिशतको विश्वव्यापी रूपमा तेलको खपत घट्नुलाई ठूलो मानिन्छ । विश्व अर्थतन्त्रले गति पाउन तेलको आयात निर्यातले समेत भूमिका खेल्ने गर्छ ।
आगामी महिनामा ग्राहकले उपलब्ध तेलका ब्यारेल (ड्रम) सदुपयोग गर्न सक्षम हुने छन् । यसले तेलको मूल्यमा पूर्णरूपमा प्रभाव पर्नेछ ।
सामान्य अध्ययनले देखाएअनुसार उत्पादकले तेलको मूल्यमा निर्भर भएरभन्दा पनि मूल्य घोषणा हुनुपूर्व नै उत्पादन गर्न लाग्नुपर्छ ।
यस्तो अवस्थामा ओपेकले तेलको मूल्य वृद्धि गर्न सक्छ । यसले पनि ओपीईसी तेलको मूल्यमा प्रभावकारी भूमिका खेल्छ भन्ने देखाउँछ ।
तेलको मूल्य वृद्धि हुने निश्चित रूपमा नै देखिनु राम्रो मानिन्छ । तर, त्यसमा ओपेकको सानो सूचनाले पनि बजार कति तातोको छ भन्नेमा धेरै ब्यारेल थप गर्न सक्छ ।
यसले ओपेकलाई अधिकतम मूल्यको जाँच गर्ने मौका भने दिनुपर्छ । मध्यपूर्वको राजनीतिको अवस्था बुझ्न त्यति सहज छैन ।
साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स र इरानका गतिविधिका कारण अनपेक्षित नतिजा ल्याउने गर्छ । अहिले विभिन्न देशले तेलका लागि एक अर्कामा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको प्रभाव विश्व बजारमा समेत देखिइरहेको छ ।
हाल ओपेकलाई राम्रो अवसर छ । ओपेक छोटो समयमा धेरै आर्जन गर्न सक्ने अवस्था छ । यस्तो अवसर छोड्नुलाई बुद्धिमानी मान्न सकिँदैन । विश्वव्यापी कोरोना महामारीका बेला माग घटेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा भारी गिरावट आई प्रतिब्यारले १५ डलरमा झरेका थियो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्यारेलको ६७ देखि ७० डलरको हाराहारीमा छ ।
(आयल प्राइस डटकमको सहयोगमा)