ब्लुमवर्ग । पेट्रोलियम पदार्थ उत्पादक साउदी अरेबियाले ७ खर्ब डलर लगानी गरेर हाइड्रोजन प्लान्ट बनाउने भएको छ । पेट्रोलको निर्भरता कम गरी ‘ग्रीन फ्यूल’ निर्यात गर्ने उद्देश्यले साउदी अरेबियाले सो निर्णय गरेको हो ।
साउदीले पहिलो चरणमा ५ अर्ब डलर खर्चेर ग्रीन फ्यूलमा लगानी गर्न लागेको छ । उसले सन २०५० सम्ममा ७ खर्ब डलर खर्चेर हाइड्रोजन प्लान्टको क्षमता राख्ने अनुमान गरिएको छ ।
साउदी अरेबियाको उत्तरपश्चिम प्रान्तमा रहेको स्थिर रेड सी ब्रिजलाई ग्रीन हाइड्रोजनको ग्लोबल हबको रुपमा बिस्तार गरिने भएको छ । प्लान्ट घाम र हावाको सहायताले सञ्चालन हुनेछ । उक्त प्लाट ग्रीन हाइड्रोजन बनाउने विश्वको सबैभन्दा ठूलो आयोजनाको रुपमा स्थापित हुने बताइएको छ ।
ग्रीन प्लान्टको सफलतासँगै पेट्रोलको खपतमा कम हुँदै जानेछ । पेट्रोलको उपयोगबाट धँुवा निस्किने र त्यसले वातावरणलाई असर पार्ने हुँदा यस किसीमको प्लान्ट महत्वपूर्ण मानिन्छ ।
आफ्नो कमजोर ‘ट्रयाक रेकर्ड’ हटाउन साउदीले अहिले नविकरणीय ऊर्जामा जोड दिन थालेको छ । त्यस्तै, धेरै सम्भावना भएको तर कम उपयोग गरिएको सौर्य ऊर्जाको प्रयोग बढाउनु पर्ने पक्षमा साउदी अरेबिया पुगेको छ ।
अहिले विभिन्न देशहरुले हाइड्रोजन प्लान्टको भविष्य हेरिरहेका छन् । त्यस्तै, हाइड्रोजन विज्ञहरुले राज्यलाई अवलोकन गर्नका लागि विभिन्न सूचीहरु समेत तयार गरिरहेका छन् ।
अमेरिकाले ग्यासबाटै भवन तताउन १० वटा प्रोजेक्ट सञ्चालन गरिरहेको छ । चीनले इन्धन सेल बसहरु चलाएको छ भने जापानले स्टिल निर्माणमा ग्यास प्रयोग गर्ने आयोजना बनाई रहेको छ ।
अमेरिकाका वातावरण दूत जोन केरीले घरेलु तेल र ग्यास उत्पादन गर्ने उद्योगलाई हाइड्रोजनको विशाल अवसरहरु अँगाल्न मद्धत आग्रह गरेका छन् ।
प्लान्टहरुका लागि सम्भावित ग्राहकहरुको हिलियस ग्रीन इन्धन हो । साउदी अरेबियाले विश्वको सबैभन्दा ठूलो हाइड्रोजन आपूर्तिकर्ता बन्ने लक्ष्य राख्दैछ ।
‘तपाई ऊर्जा निर्यातको अधिक विविध पोर्टफोलियो देख्दै हुनुहुन्छ जुन अझ लचिलो छ’,रणनीति सल्लाहकार तथा दुवईका साझेदार सिवाह एल्बोराईले भने । इन्टरनेशनल रिनुएवल इनर्जी एजेन्सीका अुनसार अहिले ग्र्रीन हाईड्रोजन ग्यास एक किलोको ५ डलर पर्छ ।
प्रतिस्पर्धी बजारमा साउदी अरेबियाले घाम, वायु तथा प्रयोगविहीन जमिनबाट लाभ उठाउने भएको हो । युरोपमा भने नविकरणीय ऊर्जा उत्पादन गर्न महङ्गो पर्छ । नविकरणीय ऊर्जा उत्पादनले कार्वनको असर न्यूट्रल बनाउन मद्धत गर्छ ।
साउदीको निओम शहरमा सन २०१८ मा स्मार्ट सिटीका लागि ऊर्जा, पानी तथा खानाको नेटवर्क सम्बन्धि डिजाइन गरिएको थियो ।
युवराज महोम्मद बिनले निओमलाई शून्य उत्सजर्न उदाहरणको रुपमा समाज र अर्थ व्यवस्था परिवर्तन गर्न मद्धत पुग्ने अनुमान गरेका थिए ।
विश्वको ८ भाग मध्येको एक भाग पेट्रोलियन आपूर्ति गर्ने साउदी अरेबिया ग्रीन प्लान्टतर्फ लम्केको हो ।
ग्रिन हाइड्रोजनको प्रयोग मार्फत २० हजार बस सञ्चालन गर्ने मिल्नेछ । साउदी अरेवियाको ग्रिन हाइड्रोजन प्रोजेक्ट सन् २०२५ बाट सञ्चालनमा आउनेछ । यसलाई वायु प्रदुषणको विकल्पका रुपमा प्रयोग गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।
साउदी अरेबियाको ऊर्जा मन्त्रालयका अनुसार लगानीकर्ताले हाइड्रोजनको माध्यमबाट स्वस्थ अर्थत्रन्त्र निर्माण गर्न सक्नेछन् । हाइड्रोजन प्लान्टले दैनिक १५ हजार व्यालेर (ड्रम) तेल उत्पादन गर्न सक्नेछ ।