काठमाडौं । हुन्डाई गाडीको भेन्यू आईएमटी र हुन्डाई भेन्यूको १.२ एस प्लस नेपाली बजार सार्वजनिक भएको छ । उक्त गााडीको नेपालको लागि आधिकारक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले बजारमा ल्याएको हो ।
हुन्डाइ भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस २ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् । उक्त गाडीले १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजिजसको ८३ पीएस/६००० आरपीएमको सर्वाधिक पावर रहनेछ, ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति रहेको कम्पनीले जनाएको छ। हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिंग्नलहरु भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु–सज्जित छ ।
गाडीको आर १५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेरा रहनेछ । त्यस्तै, हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारीको अनुभव गर्न सकिने कम्पनीको दाबी छ । हुन्डाई भेन्यू १.२ एस प्लस मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक तवरले गरिएको छ । जसअन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिलस्टल इफेक्टसहितको एलइडी डीआरएल लाइट विशेष छन् ।
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिशनको साथमा हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले ईन्धन दक्षता राम्रो र ड्राईभिइङ अनुभव राम्रोसँग गर्न पाइने कम्पनीले जनाएको छ ।
उत्कृष्ट यात्राको अनुभव गराउन र हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लसमा नवीनतम विशेषताहरु छन् । खासगरी, रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल छन् । जस्ले, हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लसलाई एउटा सुरक्षित यात्राको सहयात्री बनाउन सकिन्छ ।
हुन्डाई भेन्यू आईएमटीरहुन्डाई भेन्यू १.२ एस प्लस थप विशेषताहरुमा वायरलेस फोन चार्जर, क्रुजम कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसि भेन्ट रहेको छ ।
गाडीहरुको सुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एस प्लसको ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटीको ४४ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।
लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपालभरि १३ शोे–रुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाेवाइल उत्पादक मध्येमा पर्छ ।