काठमाडौं । कोरोना भाइरसको महामारीपछि रोजगारी गुमाएका श्रमिकहरूलाई बिनाधितो ऋण उपलब्ध गराएको आइडिया स्टुडियोले सम्बन्धितहरूबीच छलफल गरेको छ ।
बिनाधितो ऋण लिएर ट्याम्पो चलाउँदै आएका चालकहरू, शिक्षकहरू र ट्रेकिङ गाइडमा आबद्धहरूबीच छलफल गरेको हो । आइडिया स्टुडियोले कोरोनाको कारण लामो समय भएको लकडाउनले त्यस क्षेत्रमा आश्रित श्रमिकहरूको जीविकोपार्जनमा समस्या भएको भन्दै प्रभु बैंकसँगको सहकार्यमा ती क्षेत्रमा आबद्धलाई विनाधितो ऋण प्रवाह गरेको थियो ।
कोरोना महामारीको संकटपछि टेम्पो चालकलाई १ लाख र शिक्षकलाई ४ लाख रुपैयाँसम्म बिनाधितो ऋण प्रदान गरिएको थियो । सहभागीले ऋण नपाउँदाका अफ्ठयारा, ऋण लिएपछिका लाभ र आगामी चुनौतीका बारेमा छलफल गरेका छन् ।
शिक्षकहरूको प्रतिनिधित्व गर्दै नेपाल इन्जिनियरिङ कलेजका युवराज पौडेलले आर्थिक अभावको बेलामा खर्च व्यवस्थापनको तरिका आइडिया स्टुडियोले सिकाएको बताए ।
टेप्पो चालकहरूको प्रतिनिधित्व गर्दै सबिता मगरले टेम्पोका ब्याट्री फेर्न चालकहरूलाई आर्थिक अभाव हुने र फाइनान्सले अभावका बेलामा ब्याज माग्ने बताइन् । उनले आइडिया स्टुडीयोमा आवद्ध भएकाले आफू लडेको बेलामा उठाइदिने सहयोगी पाएको बताइन् ।
आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा.छिरिङ लामाले व्यवसायीहरूलाई सानोदेखि ठूलो सबै किसीमका सहयोग गर्न तयार रहने बताए । उनले न्यून आए भएका व्यापारीहरूलाई क्युआर कोडको प्रभावसम्बन्धीसमेत अध्ययन गरी रहेको बताए ।
कार्यक्रममा आइडिया स्टुडियोकी बिजनेस डेभलपमेन्ट म्यानेजर एलिशा सिंह र काठमाडौं युनिभर्सिटी (कुसुम)का एसिस्टेन्ट प्रोफेसर सुनन्दा शर्माको सहभागिता थियो ।