काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटनमा अतुलनीय योगदान पुर्याएको भन्दै पूर्व पर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको छ ।
पाटाको ४४ औँ वार्षिक साधारणसभामा नेपालको दिगो पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि तथा पर्यटन सेवाको विविध क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका साथै निरन्तर रुपमा संस्थालाई प्रदान गरेको मार्गनिर्देशन, सुझाव तथा सहयोग को उच्च कदर तथा सम्मान गर्दै ‘पाटा लाइफटाइम अचिभमेन्ट’ अवार्ड पदान गरेको हो ।
कोभिड–१९ का कारण सिर्जित विषम् परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहले पुर्याएको अतुलनीय योगदानको सम्मान स्वरुप पाटा नेपालले साधारण सभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको थियो ।
सेफ साहले वेलायतको प्रतिस्ठित बीबीसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवम् आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवद्र्धन एवम् प्रमाणीकरण गर्न अतुलनीय भूमिका निर्वाह गरेका थिए ।
साधारण सभाको औपचारिक समारोहबीच निम्न पाटा नेपाल विशेष ४ वटा अवार्डहरू प्रदान गरिएको थियो ।
टुरिजम ट्रेल ब्लेजर’ अवार्ड
पहिलो पटक ‘टुरिजम ट्रेल ब्लेजर’ अवार्ड सुुरुवात गर्दै पाटा अन्तर्राष्ट्रियका सीईओ डा. मारियो हार्डीलाई उनले प्रसान्त एशिसा क्षेत्रको दिगो पर्यटन विकासका लागि लामो समयदेखि पाटाको सीईओको रुपमा निर्वाह गरेको असाधारण नेतृत्वदायी भूमिका एवम् प्रसंशनीय पहलका लागि पु¥याएको उल्लेखनीय योगदानको कदर र उच्च सम्मान गर्दै उक्त अवार्ड पदान गरेको छ ।
बेस्ट स्टुडेन्ट च्याप्टर अफ द ईयर २०२०,
पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरूमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ क्रियाकलापहरू गरेकोमा प्रशंसा गर्दै सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड प्रदान गरेको छ ।
‘पाटा पर्सनालिटि अफ द ईयर २०१८’
वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याएकोमा उहाँको सराहनीय भूमिकाको कदर गर्दै सेफ सन्तोष साहलाई पाटा पर्सनालिटी अफ द ईयर २०२० अवार्ड प्रदान गरिएको छ ।