काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷०७९ मा नेपालमै रासायनिक मलको कारखाना स्थापनाका लागि प्रक्रिया अघि बढाइने भएको छ । हरेक वर्ष खेतीपातीकै सिजनमा मलको अभावलाई हटाउन सरकारले देशभित्रै मल कारखाना खोल्न लागेको हो ।
विहीबार कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले नेपालमै रासायनिक मल कारखाना खोल्नका लागि आउँदो वर्षदेखि प्रक्रिया अघि बढ्ने बताइन् । मल आपूर्तिको व्यवस्थापनका लागि दिर्घकालीन योजनाअनुरुप मल कारखाना खोलिने उनले बताइन् ।
मल कारखाना स्थापनाका लागि अध्ययन गर्न यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र भारीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाइएसकेको छ ।
उक्त प्रतिवेदनअनुसार मल कारखाना स्थापनाका लागि थप अध्ययन र छलफल गरी प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने मन्त्री अर्यालले बताइ्न । नेपालमै रासायनिक मल काराखाना खोल्न झन्डै १९ करोड ५० लाख डलर हालको मुद्रामा २२ अर्ब रुपैयाँ पूँजीगत लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ । अध्ययनले बार्षिक ५ लाख मेट्रिक टन युरिया मल कारखाना खोल्न उक्त लगानी लाग्ने देखाएको थियो ।
नेपालको सन्दर्भमा आर्थिक र प्राविध हिसावले जलविद्युत्को प्रयोगबाट कार्बनरहित र लागत प्रभावी एमोनिया उत्पादन प्रविधिको गरी इलेक्ट्रोलाइजर र ह्यावर बोश्च विधिमार्फत मल कारखाना खोल्न सम्भव रहेको प्रतिवेदनको निष्कर्ष थियो ।
जाइकाले सन १९८४ मा मल कारखाना सम्भाव्यता अध्ययन गरेको थियो । उसले मल उत्पादनका लागि मुख्य स्रोत नाइट्रोज ग्याँसको उपलव्धतामा जोड दिएको थियो । प्रतिदिन २७५ मेट्रिक टन क्षमतामा युरिया मल उत्पादन हुने, ८६ मेगावाट बिजुली आवश्यक पर्ने र कुल पूँजीगत लगानी १६ अर्ब लाग्ने जाईकाको अध्ययन प्रतिवेदनले देखाएको थियो ।
त्यस्तै, सन् २०१६ लगानी बोर्डले गरेको अध्ययनले युरिया प्लान्ट स्थापना गर्न सम्भावित स्थानहरु धनुषाको ढल्केबर, उदयपुरको जलजले र नवलपरासीको बर्दघाटमा करिव १६० हेक्टर जमिन आवश्यक पर्ने जनाएको थियो ।
प्राकृतिक ग्याँस, कोइला र जलविद्युत् मध्ये हालको प्रविधि, ऊर्जाको खपत र उत्पादनको लागतको हिसावले प्राकृतिक ग्याँस उपयुक्त देखिएको बोर्डको अध्ययनले देखाएको थियो । तर, त्यसका लागि भारतबाट ग्याँसको पाइपलाइनबाट ल्याउनुपर्ने र बिहारसम्म आइसकेको उल्लेख छ ।
बर्षमा ३३० दिन प्लान्ट सञ्चालन भएमा ७ लाख मेट्रिक टन मल उत्पादन हुने सक्ने र त्यसका लागि वाफ र ऊर्जाको प्लान्टबाट १६ मेगावाट बिजुली उत्पादन भइ एमोनिया र युरिया उत्पादनलाई चाहिने ऊर्जाको आवश्यकता पूरा गर्न सकिने अध्ययनले देखाएको थियो ।
तत्कालीन कृषि सचिव राजेन्द्र भारीको संयोजकमा पाँच सदस्यीय रहेको रासायनिक मल कारखाना स्थापना सम्भाव्यता अध्ययन कार्यदल गत भदौ १९ गते मन्त्रिस्तरीय निर्णयबाट गठन भएको थियो ।