चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।
कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पोरेटको कार्यकारी निर्देशक पोखरेल छन ।
विसं २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म शुरु गरेका पोखरेलले त्यसको ५ वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गरेका थिए । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उनले व्यवसाय शुरु गरे । त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उनको व्यवसाय विस्तार भयो । साझेदार थिए राजकुमार गुरुङ ।
पोखरेलले सम्झना गरे , “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम सेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा. टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको शुरुआती मान्नुहुन्छ ।
गुरुङसँग साझेदारी हुँदा उनले ५० लाख रुपैयाँ लगानी गरे । आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन ।
विगतलाई सम्झँदै उनी भन्छन, “चितवनमा दाउन्ने ट्रेडर्स शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।” उहाँहरुको कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानबाट अण्डा उठाउने गर्दथ्यो । यसै दौरानमा काठमाडौँमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याए ।
गुरुङसँग साझेदारी हुँदा उनले ५० लाख रुपैयाँ लगानी गरे । आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन ।
झण्डै १० जना साझेदार पुगेपछि आफैँले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उनको योजना बन्यो । यसैअन्तर्गत विसं २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक ८ टन दाना उत्पादन गर्ने गरेकामा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।
पोखरेलको भनाइमा नेपालको सबैभन्दा ठूलो मास दाना उनकै हो । त्यसो त किसान दानासँगै विसं २०७० बाट उनीहरुकै अगुवाइमा दाउन्ने भेट शुरु भयो जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताउँछन । व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म शुरु गरेको छ ।
जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल २ लाख कुखुरा रहेका छन् । १ वर्षभित्रमा २ लाख थप गरी ४ लाख कुखुरा पुर्याउने उनको लक्ष्य रहेको छ । त्यसो त ३ वर्षभित्र यो सङ्ख्या ८ लाख पुर्याउने पोखरेल बताउँछन । त्यतिबेला उनीको लगानी ४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
पोखरेलले भने, “विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौँ ।” त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।
पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । १८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर सेयर रहेको छ । पोखरेल भन्छन , “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” ५ लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको सेयर राख्न पाउने व्यवस्था उनको कम्पनीमा छ ।
पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पुर्याएका छन । उनको भनाइमा अब एक वर्ष छ महिनाभित्रमा देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पुर्याइँदै छ । हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफैँ उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पुर्याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक तीन लाख ६८ हजार ५०० अण्डा सङ्कलन हुन्छ । सोमध्ये १ लाख ६८ हजार अण्डा आफ्नै फार्मको हो ।
पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । १८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर सेयर रहेको छ । पोखरेल भन्छन , “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” ५ लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको सेयर राख्न पाउने व्यवस्था उनको कम्पनीमा छ ।
पोखरेलको भनाइमा उनले नेतृत्व गरेको कम्पनी किसानको अण्डा सङ्कलन गर्ने र आफ्नै फार्मको उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो संस्था हो । त्यसो त मास दानामा पनि उनको कम्पनी सबैभन्दा ठूलो हो । आफूलाई चाहिने लेयर्स चल्ला यस कम्पनीको लगानी रहेको ब्राउण्ड वर्ड ह्याचरीबाट ल्याउने गरिन्छ ।
क्रेट आफ्नै लगानीको चितवन ट्रे को प्रयोग हुन्छ भने औषधि आफ्नै पसल (दाउन्ने भेट) बाट प्रयोग गरिन्छ । त्यसैले उत्पादन लागत कम र मुनाफा बढी हुने गरेको पोखरेल बताउँछन । कुखुरा व्यवसायमा सफल पोखरेल पोल्ट्रीसँग सम्बन्धित सबैजसो सङ्घ संस्थामा निर्णायक भूमिकामा रहेका छन ।
निरन्तरको सङ्घर्षबाट ४५ वर्षको उमेरमा मिलेको यो सफलता धेरैका लागि पाठ हुनसक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उनलाई सफलता चुम्न सहज भएको छ ।