एजेन्सी । अधिक मौसमी जोखिम (जलवायु परिवर्तन) का कारण भारतका बैंकहरुको ८४ अर्ब डलर ऋण लगानी जोखिममा परेको एक अध्ययनले देखाएको छ ।
बाढी, पहिरो, सुक्खा, आँधिवेहरी जस्ता बढ्दो अधिक मौसमी घटनाले भारतका ठूला बैंकहरुको ६.१९ लाख करोड भारु अर्थात ८४ अर्ब डलर लगानी जोखिममा परेको बताइएको छ । गैरनाफारहित वातावरण डिस्क्लोजर प्लेटफर्म (सीडीपी) ले गरेको अध्ययनले यस्तो अवस्था देखाएको हो ।
सरकार स्वामित्वको स्टेट बैंक अफ इन्डिया (एसबीआई) का साथै एचडीएफ बैंक, इन्डुसइन्ड बैंक, एक्सिस बैंकको सो लगानी जोखिममा परेको बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यी बैंकहरुले कोइला, सिमेन्ट, पेट्रोलियम र ऊर्जा जस्ता वातावरणीय हिसावले सम्वेदनशील क्षेत्रमा लगानी बढाएको अध्ययनले देखाएको छ ।
प्रतिवेदनले बाढी र आँधिलगायत कृषि क्षेत्रमा गएका कर्जा असुली बढी प्रभावित हुने उल्लेख छ । यी बैंकहरुले गरेको ९७ अर्ब डलर लगानीको ८७ प्रतिशत ऋण जोखिममा रहेको देखाएको छ । ‘दीर्धकालका लागि बढ्दो जलवायु परिवर्तन लगानीको ठुलो जोखिम भएर आएको छ ।
वित्तीय संस्थाहरुले सुरुवातदेखि नै बुझ्दै आएका छन्,’ नयाँदिल्लीमा रहेका सीडीडीका निर्देशक दमनदिप सिंहले भने ‘भारतका धेरै कम्पनीहरुले सीडीपीमा जलवायु परिवर्तन जोखिमको बारेमा जानकारी गराएका छन ।’
यस्तै आउँदा दिनमा हानिकारक खनिज इन्धनको भूमिका झनै बढ्ने बताइएको छ । यो तथ्याँक ५१५ लगानीकर्ताहरुको १०६ ट्रिलियन सम्पत्तिमा अध्ययन गरेको थियो । ती मध्ये २२० वटा साना तथा ठूला उद्योगहरुले प्रतिक्रिया पठाएका थिए ।
लगानीकर्ता तथा सेयरहोल्डरहरुबाट आएको चासो स्टेट बैंकले उत्तर अष्ट्रेलियाको विवादस्पद कार्मिकल कोल माइनमा लगानीका लागि प्रस्तावको विषयमा चासोको सामना गर्नुपरेको छ । यसको कुल जलवायु जोखिम ३.८३ लाख करोड भारु रहेको बताइएको छ ।
यस्तै दोस्रो उच्च जोखिममा परेको एचडीएफको १.७९ लाख करोड भारु जेखिमा रहेको बताइएको छ । यो जोखिम रकम सन् २०१९ को भन्दा २४ प्रतिशत बढी हो ।
यस्तै साना वाणिज्य बैंक इन्डुसइन्ड, एक्सिस र एस बैंकककोको जोखिम कम रहेको छ । इन्डुसको ४६ हजार ६०० करोड, एक्सिसको ७ हजार ५०० करोड र एस बैंकको २ हजार करोड भारु रहेको छ ।
सीडीपीको र्याङकिङमा एसिया प्यासेफिकमा दोस्रो र विश्वमा छैठौ रहेको थियो । ५० भन्दा बढी भारतीय कम्पनीहरुले कार्वन उत्सर्जन कटौतीको प्रतिवद्धता व्यक्त गरेका छन ।