काठमाडौं । पोखरामा निशानको म्यागनाइट गाडी बिक्री वितरण गर्न सुरु गरिएको छ । इलाइट मोटर्स प्रालिले पोखराको उत्तमचोकमा सो गाडीको शोरुम राखेर बिक्री वितरण गर्न सुरु गरेको प्रबन्ध निर्देशक गोपाल बरालले बताए ।
सो गाडीको बैंकिङ पाट्नरका रूपमा नबिल बैंक छ । नबिलले निशानको गाडी खरिदाम ५० देखि ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने भएको नबिल बैंक पोखरा न्युरोड शाखाका शाखा प्रवन्धक सूर्य रोकाले बताए ।
उनले भने, “हामीले व्यक्तिको आयस्रोतको आधारमा ५० प्रतिशतसम्म लगानी गर्न सक्छौं भने कुनै संस्थाको हकमा ७० प्रतिशतसम्म पनि हामीले लगानी गर्न सक्छौं ।”
गाडी खरिद गरेको ५ वर्षसम्म बैंकले ७.९९ प्रतिशतमा लगानी गर्ने बीचमा कुनै ब्याजदर घटबढ्समेत नहुने प्रवन्धक रोकाले बताए । आफूहरूले बिना झनझट सरल ढंगबाट बैंकिङ कारोबार गराउने कम्पनीको दाबी छ ।
नयाँ निसान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेष्ट—इन सेगमेन्टका सुविधाहरू रहेको प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्रि भ्यु जस्ता अन्य प्रविधिहरू मेत समावेश गरिएको कम्पनीको दाबी छ ।
म्यागनाइटका हरेक मोडलमा नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने उद्देश्यले पुस बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लो ह्विललगायतका विशेषता निशाल म्यागनेटमा रहेको प्रबन्ध निर्देशक बरालले जनाए ।
यो गाडी ९ लाखदेखि ४२ लाख रुपैयाँमा हाल बजारमा उपलब्ध भएका छन् । निशानको गाडी बिक्रीसँगै सर्भिस सेन्टरसमेत स्थापना गरिने प्रबन्ध निर्देशक बरालले जानकारी दिए ।
विराटनगरस्थित पायोनियर मोटो कार्प शोरुम परिसरमा मंगलबार आयोजित कार्यक्रमकाबीच निशान म्यागनाइट नयाँ गाडीको लन्च गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गाडीको लन्च गरे । लन्च गरिएको निशान म्यागनाइटको मंगलबारबाटै बिक्री सुरु गरिएको छ ।
विभिन्न ११ वटा मोडलमा सो गाडी बजारमा ल्याइएको छ । गाडीको सुरुवाती मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार राखिएको छ । पेट्रोलबाट चल्ने निशान म्यागनाइटले प्रतिलिटरमा १७ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
पायोनियर मोटो कार्पका विराटनगर शाखा प्रमुख अमित अग्रवालले निशान म्यागनाइटको लन्चले निशानको लामो ग्राहक केन्द्रित यात्रामा कोशेढुंगाको काम गर्ने बताए । महानगर प्रमुख पराजुुलीले मध्यम वर्गीय परिवारका लागि गाडी हरेक हिसाबले उपयुक्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालगायतको उपस्थिति थियो ।