काठमाडौं । बिमा समितिले गर्नुपर्ने कामका विषयमा सजक र सचेत छौं । समिति पनि आफ्नो कामप्रति प्रतिबद्ध छ । मूलभूत कुरा भनेको बिमा संस्थानको समस्याको बारेमा हो । यस विषयमा हामी सबैले जिम्मा लिन आवश्यक हुन्छ ।
संस्थानको लेखापरीक्षण भएन भनेर हामी कसलाई भन्न जाने ? यस विषयमा हामीले लाज छोप्ने काम गर्न सुरु गर्दैर्छौं । केही समयअघि हामीले बिमा संस्थानका प्रशासकहरूलाई तपाईंहरूले चाहिने डकुमेन्ट ल्याउनु तर हामीलाई मात्र समस्या नथुपार्नु भनेका थियौं ।
समस्याको साथमा विकल्प पनि लियर आउनुस् भनेका छौं । त्यो हो भने समितिले हामी काम अगाडि बढाउन सक्छ । मलाई लाग्छ यसरी छिट्टै हामी संस्थानका समस्याहरूको समाधान तिर जान्छौं ।
अर्को जल्दोबल्दो विषय उठेको भनेको कोरोना बिमा हो । कोरोना बिमाले कम्पनी प्रतिजनताको विश्वास घटायो । अब यसको समाधान नै नभएको होइन ।
सबैले भएको कुरालाई भएको भन्न सक्नुपर्छ । नकारात्मक कुरामा मात्र बढी ध्यान दिनुहुँदैन । कस्ता कुरामा ध्यान दिन्छाैं सोहीअनुसार हाम्रो चिन्तन निर्धारण हुन्छ ।
संस्थानको लेखापरीक्षण भएन भनेर हामी कसलाई भन्न जाने ? यस विषयमा हामीले लाज छोप्ने काम गर्न सुरु गर्दैर्छौं । केही समयअघि हामीले बिमा संस्थानका प्रशासकहरूलाई तपाईंहरूले चाहिने डकुमेन्ट ल्याउनु तर हामीलाई मात्र समस्या नथुपार्नु भनेका थियौं । समस्याको साथमा विकल्प पनि लियर आउनुस् भनेका छौं । त्यो हो भने समितिले हामी काम अगाडि बढाउन सक्छ । मलाई लाग्छ यसरी छिट्टै हामी संस्थानका समस्याहरूको समाधान तिर जान्छौं ।
म बिमा समितिमा आइसकेपछि नै समितिले १ अर्ब र पुनर्बिमा कम्पनीको तर्फबाट १ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । दाबी भुक्तानीलाई समय नलाउन हामीले भनेका छौं ।
हामीले कोरोना बिमालाई निरन्तरता दिन भनेका छौं । अब जसले कोरोना बिमा पोलिसी डिजाइन गरे पनि त्यतिबेला गल्ती भए पनि अब हामीले त्यसलाई कोट्याउनेभन्दा सबैजना त्यसको समाधान गर्न लागेका छौं । अब जहाँसम्म बिमा समितिको कुरा छ, समितिले पनि बजारलाई सकारात्मकततिर लाने भनेका छौं र यसमा म अडिग छु ।
समितिले बिमा बजारलाई कसरी व्यवस्थित, नियमित, पारदर्शी बनाउन र नियन्त्रणमा राख्न सकिन्छ भन्ने ४ वटा पिरियडमा काम गरिरहेका छौं । अब संस्थानले सरकारी कर्मचारी, निजामती कर्मचारीबाट आएको बिमा हेरेर मेरो बिमा यति भयो भन्ने बेला गएको छ ।
अहिले प्रतिस्पर्धा बढ्दो छ । बिमा संस्थान आफैं पनि प्रतिस्पर्धी बन्न आवश्यक छ । अरूका प्रोडक्टहरू कपी गर्ने होइन, आफूलाई अरूले कपी गर्ने किसिमको बन्न आवश्यक छ ।
यहाँ हामीले बोल्दा नेपालको एक मात्र अग्रणी संस्था बिमा संस्थान हो भनेका छौं । त्यति बेला सुरुमा बिमा संस्थानले बिमा व्यवसाय सुरु गर्दा कसैलाई पनि बिमाका बारेमा धेरै जानकारी थिएन । सरकारले यो कुरा पनि बुझ्न जरुरी छ ।
फेरि बिमा संस्थानको महत्व स्थापित गर्न सकेमा यसले अग्र गति लिन्छ । यसका लागि बिमा समितिले संस्थानलाई जहाँ जे सहजीकरण गर्नुपर्छ, त्यो गर्न समिति तयार छ । तर, संस्थानले पनि आफ्नो अवस्था सामान्य भएपछि प्रतिस्पर्धामा जानुपर्छ ।
एउटै कानुनबाट जन्मेको संस्था निजी वा सरकारी जे भए पनि समितिले फरक व्यवहार गर्दैन । जबसम्म संस्थानले आफ्नो विगतलाई सामान्य बनाउँदैन त्यति बेलासम्म नै समितिले सहयोग गरिरहन्छ ।
यहाँ हामीले बोल्दा नेपालको एक मात्र अग्रणी संस्था बिमा संस्थान हो भनेका छौं । त्यति बेला सुरुमा बिमा संस्थानले बिमा व्यवसाय सुरु गर्दा कसैलाई पनि बिमाका बारेमा धेरै जानकारी थिएन । सरकारले यो कुरा पनि बुझ्न जरुरी छ ।
तपाईंहरू विकल्पसहित आउनुस्, तपाईंहरूको समस्या कहाँ छ त्यो पनि हामीलाई जानकारी गराउनुस् । सरकारको स्वामित्व रहेको संस्थाका सन्दर्भमा हामीले सहयोग गर्नेछौं । तर, संस्थानले आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्छ ।
अब संस्थामा एउटै व्यक्ति अध्यक्षको रूपमा बसिरहन्छ भन्ने हुँदैन । तर, नियामक संस्था नियामक जस्तो हुनुपर्छ । समिति नेपाल राष्ट्र बैंकलाई सहयोगका लागि हार्दिक अनुरोध गर्न चाहन्छ ।
पहिले सबैभन्दा ठूलो विकृति भनेको बिमा पोलिसी लिएर कसले कति ऋण दिने भन्ने चलेको थियो । हामीले बजारलाई एक हदसम्म विकृतिबाट रोक्न भनेर राष्ट्र बैंकलाई पत्र पनि पठाइसकेका छौं । यसले भोलि एक हदसम्म विकृति मौलाउन दिँदैन भन्ने हाम्रो अनुमान छ ।
हामी सबै कुनै न कुनै रूपमा विकृतिमा सहभागी हुँदै गयौं । सोही कारण हामी सबै जना कुनै न कुनै रूपमा दोषी छौं । किताबमा लेखिएका फेयर कम्पिटिसनहरू किताबमा मात्रै सीमित भएका छन् ।
बिमा समितिले म के गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ । समितिले आफ्नो एउटा निर्देशनले बिमा बजारमा पार्ने प्रभावका बारेमा बुझ्नुपर्छ । त्यो प्रभावको सन्दर्भमा हामी कहीँ न कही चुकिरहेका छौं ।
अब हामी चुक्दैनौं । बिमा ऐनअनुसार हामी चल्छौं । अब अहिले भर्खर आएको कम्पनी र विगत धेरै वर्षबाट चल्दै आएका बिमा कम्पनीलाई एउटै निर्देशन दिँदा त्यसको असर कस्तो हुन्छ ।
भर्खरै आएको कम्पनी र २० वर्षदेखि चलेको कम्पनीमा केही फरक त हुनुपर्छ । सबैलाई सोलोडोलो एउटै डालोमा हाल्नु हुँदैन । नयाँ पुरानो कम्पनीलाई केही फरक ट्रिट गर्नुपर्छ ।
स्थापित कम्पनी र नयाँ कम्पनीबीच एउटै निर्देशन दिँदा कम्पनी धरासायी हुन्छ । कम्पनी धरासायी हुँदा बिमाको बजार नै धरासायी हुनपुग्छ । उनीहरूले लिएको बजारप्रतिको विश्वास पनि धरासायी हुन्छ । समितिले दिएको निर्देशिका मिचेरभन्दा पनि कसरी बजारलाई सहजीकरण गर्ने भनेर कम्पनीले काम गर्नुपर्छ ।
तोकिएका मापदण्डअनुसार आएका गुनासाहरूको एक हप्ताभित्रै समाधान गर्न सकिन्छ । कागजपत्रहरू माग गर्दा पठाउन एक महिना, डेढ महिना लाउने गरेको पाइन्छ । तर, यसरी एउटा कागजका लागि महिनौं समय लाउनु भनेको, काम गर्ने तरिका राम्रो छैन भन्ने हो ।
स्थापित कम्पनी र नयाँ कम्पनीबीच एउटै निर्देशन दिँदा कम्पनी धरासायी हुन्छ । कम्पनी धरासायी हुँदा बिमाको बजार नै धरासायी हुनपुग्छ । उनीहरूले लिएको बजारप्रतिको विश्वास पनि धरासायी हुन्छ । समितिले दिएको निर्देशिका मिचेरभन्दा पनि कसरी बजारलाई सहजीकरण गर्ने भनेर कम्पनीले काम गर्नुपर्छ ।
कामलाई अड्काएर बसेपछि यसमा कसैको गलत मनसाय नहोला तर मनसाय गलत भएकै देखिन्छ । बिमा संस्थान जति समितिको सम्पर्कमा बस्दै जान्छ उसलाई त्यति नै लाभ हुँदै जान्छ ।
यस्तै, अन्य कम्पनीको हकमा पनि जति–जति बिमा समितिसँगको सम्पर्कमा बस्छन् त्यति नै लाभ हुँदै जान्छ । नियामकलाई आफ्ना समस्या सुनाउँदा कहीँ न कहीँ समाधान पनि निस्किन सक्छ ।
बिमा संस्थानमा लामो समयदेखि काम गरिरहनु भएको कर्मचारीहरू हुनुहुन्छ । कतिपय प्रशासकहरू बिमा संस्थानलाई यहाँसम्म ल्याइ पुर्याउनका लागि धेरै खट्नु भएको हुनसक्छ ।
आजको मितिपछि हामीले पनि प्रण गर्नुपर्ने बेला आयो । बिमा समिति, सञ्चालक समिति, राष्ट्र बैंकलाई पन्छाएर नेपाल सरकारलाई पन्छाएर हिँड्ने कुरा होइन । ३६५ दिन काम गर्ने तपाइ हो । हामी त एक दिन एक घण्टा आउँछौं अनि तपाईंहरू हामीबाट के अपेक्षा राख्नु हुन्छ ?
काम त तपाईंले गर्नुपर्यो नि । बजारमा जुन दक्षताअनुसार काम भइरहेको छ । त्यो काम त तपाईंहरूले गर्नुपर्छ । त्यस्ता दक्षता वृद्धिका लागि बिमा समिति सघाउन तयार छ । तपाईंको संस्थाले आफैं दबाब सिर्जना गर्नु पर्यो । हामीले अघि लामो समयलाई हेर्नु पर्यो । आजको कामले भोलि नाफा, लाभांश वा पुरस्कारका रूपमा नतिजा दिलाउन सक्छ ।
अहिलेसम्म संस्थानले आफ्नो ब्यालेन्सिट बनाउन सकेको छैन । यसमा त कसले कसलाई दबाब दिने हो ? । समिति आफ्नो स्थापना र आफूले गर्नुपर्ने काममा अडिग छ । कुनै पनि किसिमका बजारलाई हानी पार्ने काम सह्य हुँदैन । कानुनलाई हानी पर्ने किसिमका काम कसैले गर्नुहुँदैन ।
कानुनले पनि कतिपय अवस्थामा हामीलाई बाध्य पारेको छ । त्यो कुरा बिमा संस्थालने बुझ्दिनुपर्छ । एक प्रतिशत शुल्क कम्पनीबाट उठाएर मात्र बिमा समिति चलेको होइन । बिमा संस्थानलाई समितिले के गर्नु पर्यो, त्यो हामीलाई भन्नु पर्यो । बिमा संस्थानका लागि एक अर्कामा साथ र हात रहोस् । आवकाश भएकाहरूबाट पनि संस्थानले सिक्नुपर्छ ।
संस्थानमा अब कुनै किसिमका दुर्गतीहरू छैन भन्ने हामीले सुन्न पाइयोस् । अर्को वार्षिक साधारणसभामा सहभागी हुने मौका पनि मिलोस् ।
(समितिको अध्यक्ष सिलवालले बिमा संस्थानको ५४ औं वार्षिक उत्सवको अवसरमा दिएको मन्तव्य )