काठमाडौं । विश्वको छैटौं ठूलो कार उत्पादक निशानको नयाँ कार म्यागनाइट सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोभिडपछि पहिलो पटक अटो बजारमा भव्य कार्यक्रममा गरेर पायोनियर मोटो कर्पले निशानको म्यागनाइटलाई स्वदेशी बजारमा उतारेको हो ।
म्यागनाइटसँगै नेपालमा निशानको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ ।म्यागनाइटबाटै निशानले आफ्नो नयाँ लोगोलाई बजारमा पठाएको हो । नयाँ एसयूभी म्यागनाइटको विभिन्न ११ भेरियन्ट नेपाल ल्याउने भएको छ ।
नयाँ एसयूभी म्यागनाइट सार्वजनिक गर्दै पायोनियर मोटो कर्प प्रालिका प्रवन्ध निर्देशक सन्दिपकुमार शारदाले नयाँ निशान म्यागनाइटको सार्वजनिकले ग्राहकमार्फत एउटा अविस्मरणीय कोसे ढुंगाको काम गर्ने बताए । उनले ग्राहकका लागि बिग, बोल्ड, ब्युटिफुल र ‘क्यारिजम्याटिक’ सहितको फिचरमा नयाँ निशान म्यागनाइट बजारमा ल्याएको बताए ।
त्यस्तै, निशान मोटर इन्डियाका साउथ एसिया बिजनेस हेड रघुनाथ नायरले निशान म्यागनाइटले नेपाली र विश्व बजारका लागि नयाँ रणनीतिमा नयाँ अध्यायको सुरुवात भएको बताए । मूल्य, लुक्स र पर्फेमेन्सका हिसाबले म्यागनाईट नेपाली सडकका लागि उपयुक्त हुने उनले बताए ।
म्याग्नाइटको १.० नेचुरल एस्पायर्ड इन्जिनमा ६ भेरियन्ट र टर्बो इन्जिनमा ५ भेरियन्ट नेपाल ल्याएको हो । कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलरमा ल्याउने भएको छ । १.० टर्बो इन्जिनमा एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलर भेरियन्ट उपलब्ध रहेको छ ।
कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरियन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्यूलको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।
यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम रहेको हो ।