एजेन्सी । अटोमेसन अर्थात स्वचालन र आर्टिफिशियल इन्टेलिजेन्स एआईको विषयमा हुने सार्वजनिक छलफल सामान्यतयः कम्पनीहरुको उत्पादकत्व फाइदा र अर्थतन्त्रमा केन्द्रित हुन्छन् । अर्कोतर्फ यसको छलफल श्रमिकहरुमा पर्ने सम्भावित नकरात्मक प्रभावमा केन्द्रित हुन्छ । यसमा अझै अर्को एउटा तेस्रो आयाम पनि छ, जसलाई वेवास्ता गर्नु हुदैन । त्यो हो मान्छेको कल्याणमा नयाँ प्रविधिको प्रभाव ।
मानव कल्याणको हकमा इतिहासदेखि नै प्राविधिक अन्वेषणले ठूला सकरात्मक प्रभावहरु पार्दै आएका छन् । भ्याक्सिन, नयाँ फर्मास्यूटिकल्स, एक्स रे र एमआरआई जस्ता चिकित्सा अन्वेषणहरुले मानव स्वास्थमा व्यापक सुधार ल्याउनुका साथै दीर्घायू कायम गर्दै लगेको छ । सन् १८०० ताका सबैभन्दा धेरै जीवन आयू भएका देशहरु भन्दा आज कम हुने देशहरुको जीवन आयूस्तर धेरै भएको छ । नयाँ प्रविधिको उपलब्धतासँगै श्रम समयावधि घट्दै गएको छ, श्रमिकहरुले लामो वार्षिक तलबी छुट्टी पाइरहेका छन् । केही विकसित अर्थतन्त्रमा त श्रम गर्ने अवधि हप्तामा करिब आधाले घटिसकेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स, यसले मानिसहरुको जीवन गुणस्तरतालाई व्यापकरुपमा वृद्धि गर्न सक्छ, उत्पादकत्व वृद्धि गरेर । यस्तै नयाँ बस्तु र सेवा ल्याएर । नयाँ बजार उद्घाटन गरेर हालको डिजिटल ट्रान्सफर्मेसन बारे म्याकन्सिले एण्ड कम्पनीले गरेको अनुसन्धानमा एआई एप्लिकेसनहरुले यस्ता कार्यलाई ठिक ढंगले गरेको र निरन्तर गरिरहेको देखाएको छ ।
अहिले प्रविधिका पनि नयाँ जेनेरेसनहरु प्रयोगमा आइरहेका छन् । यस्तो अवस्थामा पहिलेजस्तै मानव कल्याणका फाइदाहरु रहिरहन् वा प्रविधिक वेरोजगारीको त्रासले उपभोक्ता विश्वास र खर्च कटौती सृजना भएर तनावका नयाँ स्रोतहरु जन्मन्छन् भन्ने प्रश्नहरु उठेका छन् ।
यस्ता प्रश्नहरुको उत्तर खोज्नका लागि हामीले दुई निर्णायक कारकहरुमाथि ध्यानाकर्षण गर्नुपर्छ ।
पहिलो भनेको कल्याणमा सुधार ल्याउन सक्ने अन्वेषणको सम्भाव्यता । विशेषगरी भन्नु पर्दा आर्टिफिसियल इन्टेलिजेन्स, यसले मानिसहरुको जीवन गुणस्तरतालाई व्यापकरुपमा वृद्धि गर्न सक्छ, उत्पादकत्व वृद्धि गरेर । यस्तै नयाँ बस्तु र सेवा ल्याएर । नयाँ बजार उद्घाटन गरेर हालको डिजिटल ट्रान्सफर्मेसन बारे म्याकन्सिले एण्ड कम्पनीले गरेको अनुसन्धानमा एआई एप्लिकेसनहरुले यस्ता कार्यलाई ठिक ढंगले गरेको र निरन्तर गरिरहेको देखाएको छ ।
यसअलावा कम्पनीहरुले एआईलाई अन्वेषण र नविनता ल्याउने उदेश्यले प्रयोग गरिरहेको छन् । कम्पनीहरुले श्रमिक विस्थापन वा खर्च कटौतीका लागि एआईको प्रयोग गरिरहेका छैनन् । यो सफल पनि हुँदै जाने सम्भावना देखिन्छ । यसको परिणामस्वरुप कम्पनीहरु व्यापकरुपमा विस्तार हुँदै जान्छन् । यसले थप नयाँ श्रमिकहरु भित्राउँछ । यसको उदाहरण स्वास्थ क्षेत्रमा हेर्न सकिन्छ । जस्तै एआईले स्वास्थ सेवा प्रदायकहरुलाई प्राणघातक रोगहरुको सुरुवाती चरणमै डायग्नोसिस गराएर रोग पत्ता लगाउन र साथै पर्सोनलाइज्ड ट्रिटमेन्ट गर्न पनि सशक्त बनाएको छ ।
अब दोस्रो निर्णायक कारक तत्व भनेको नयाँ आगमन भइरहेका प्रविधिहरुलाई व्यवस्थापन गर्न सरकार र कम्पनीहरुले लिइरहेका अप्रोचहरु हुन् । एआईमाथि विशेषगरी केही क्षेत्रहरु जस्तै जिनोमिक्स अर्थात् बंशाणुगत विषय र व्यक्तिगत तथ्यांकको प्रयोग जस्तो विषयमा नैतिक प्रश्न उठ्छ । यस्ता स्मार्ट उपकरणहरुलाई सञ्चालन गर्नका लागि आवश्यक नयाँ सीपका विषयले तनाव र असन्तुष्टि उत्पन्न गराउँछ ।
आजको फ्रन्टियर प्रविधिहरुले सृजना गरेको लेबर मार्केट फ्रिक्सनले ती वर्गका जनसंख्यालाई प्रभाव पार्नसक्छ जो विगतमा यस्ता जोखिमप्रति प्रतिरोधि थिए । त्यस्ता अवरोधहरुलाई हटाउन नीति निर्माणकर्ताहरुले व्यापक स्तरमा प्रशिक्षण प्रदान गर्ने, श्रमिकहरुलाई ‘रोबोट प्रुफ’ सिप प्रदान गर्ने र लेबर मार्केट फ्लूडिटीलाई सुनिश्चित गराउने तर्फ केन्द्रित हुनुपर्छ ।
जुनसुकै क्षेत्रमा पनि श्रमिकहरुको सरुवा लेवर मार्केट फ्रिक्सनको कारक बन्न सक्छ । यसलाई श्रमिक र कार्यक्षेत्रबीचको सिप नमिल्नाले, गतिशीलतामा वाधा र प्रशिक्षण खर्चले थप खराब बनाउने काम गरेको छ ।
आजको फ्रन्टियर प्रविधिहरुले सृजना गरेको लेबर मार्केट फ्रिक्सनले ती वर्गका जनसंख्यालाई प्रभाव पार्नसक्छ जो विगतमा यस्ता जोखिमप्रति प्रतिरोधि थिए । त्यस्ता अवरोधहरुलाई हटाउन नीति निर्माणकर्ताहरुले व्यापक स्तरमा प्रशिक्षण प्रदान गर्ने, श्रमिकहरुलाई ‘रोबोट प्रुफ’ सिप प्रदान गर्ने र लेबर मार्केट फ्लूडिटीलाई सुनिश्चित गराउने तर्फ केन्द्रित हुनुपर्छ ।
नयाँ प्रविधिको प्रयोगलाई कल्याण सुधार अन्वेषणको दिशातर्फ डोहोर्याएर र प्रविधि प्रसारको श्रमिक बजारमा पर्ने प्रभावलाई व्यवस्थापन गरेर उत्पादकत्व र आयलाई मात्र बढाउने होइन तर जीवन आयूलाई बढाउन सक्छौं ।
कल्याण वृद्धिको अन्वेषणको सम्भावित प्रभावलाई हिसाब गर्नु अलिक जटिल प्रक्रिया हो । हाम्रै मूल्यांकनमा हामीले कल्याण मापन गर्ने विधि निमार्ण गरेका छौं । जसलाई अर्थविद् चाल्र्स जोनस र स्टानफर्ड विश्वविद्यालयका पिटर क्लेनाव साथै ह्याप्पिनेस रिसर्च फिल्डमा काम गर्ने व्याक्तिहरुले विकास गरेका हुन् ।
स्किम्याटिक कन्सटेन्ट रिस्क एभर्सन मोडललाई ब्रेन्चमार्कको रुपमा लिएर हामीले अमेरिका र युरोपले एआई र अन्य फ्रोन्टियर प्रविधिबाट कल्याण प्राप्त गर्नसक्ने कुरा पत्तो लगाएका छौं । अर्को तर्फ यदि प्रविधिगत संक्रमणकाललाई राम्ररी व्यवस्थापन भएन भने अमेरिका र युरोपले सुस्त आर्थिक विकास व्यहोर्न सक्छ । जसले असमानता र बेरोजगारीलाई बढाउने, लिजर समय, स्वास्थ र दीर्घ जीवनलाई घटाउँछ ।
हाम्रो अनसुन्धानले खुलासा गरेको एउटा तथ्य भनेको सबै क्षेत्रहरुमा आय र रोजगारीमा खतरा रहेका छन् । ती कुरालाई डिसमिस वा वेवास्ता गर्न सकिदैँन । यदि अटोमेटेड नलेज इकोनोमिमा स्थानतरण हुँदाको पूर्वानूमानित नकरात्मक प्रभावलाई सम्बोधन गर्न सकिएन भने धेरै सम्भावित फाइदाहरु खेर जान सक्छन् ।
तर व्यवसायका नेतृत्वकर्मीहरुले यी चुनौतीलाई पार गर्नुपर्छ । यदि कम्पनीहरुले एआई र अटोमेसनको हकमा प्राविधिक सामाजिक उतरदायित्वको अप्रोच राख्यो भने उनीहरुले दुबै समाज र आफ्नै बटमलाइनलाई फाइदा दिन सक्छ ।
आजको सरकारसँग प्राविधि सीप र डिजिटल साक्षरतालाई फोकस गरी शिक्षा प्रदान गर्न र पाठ्यक्रम पुन डिजाइन गर्नलाई महत्वपूर्ण भूमिका छ । सरकारले खुल्ला बजार र प्रोक्यूरमेन्टको माध्यमबाट प्राविधिक विकासलाई उत्पादकमुलक परिणामतर्फ दिशा दिनका लागि र व्यवसायका लागि अन्वेषण खर्च कम गर्नका लागि सार्वजनिक खर्चको प्रयोग गर्नसक्छ ।
तर व्यवसायका नेतृत्वकर्मीहरुले यी चुनौतीलाई पार गर्नुपर्छ । यदि कम्पनीहरुले एआई र अटोमेसनको हकमा प्राविधिक सामाजिक उतरदायित्वको अप्रोच राख्यो भने उनीहरुले दुबै समाज र आफ्नै बटमलाइनलाई फाइदा दिन सक्छ ।
अनतत्वगत्व बस्तु र सेवाका लागि माग व्यापक बनाएर धेरै उत्पादनमुखी श्रमिकहरुले धेरै तलब पाउनसक्छ । डिजिटल प्रविधिको व्यापक फाइदा प्राप्त गर्नका लागि हामीले सचेतपूर्ण ढंगले सन्तुलन कायम गर्नुपर्छ । अन्वेषणलाई विस्तार गर्दै यसले खुल्ला गरिदिने हरेक नकरात्मक प्रभावलाई लगाम लगाउने कलाको विकास गर्नुपर्छ ।
ज्याकस बुझिन र क्रिस्टोफर पिसाराइड्स