काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटाको बहुप्रतिक्षित गाडीहरूको नेपाली बजारमा प्रि–बुकिङ खुला गरेकोे छ ।
भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीहरूको प्रि–बुकिङ खुला गरिएको हो ।
न्यू–फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीहरूले सबैको मन जित्ने विश्वास लिएको छ ।
साथै यही अवसर पारेर प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकलाई विभिन्न आकर्षक उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरूअन्तर्गत ग्राहकहरूले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्षको निः शुल्क सर्भिसिङ र निःशुल्क जेन्युइन एसोसेरिजहरू प्राप्त गर्ने छन् ।
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरू हरेक उमेर समूहका ग्राहकहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एन क्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरू हुन् ।
उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूति गर्न सकिने यी गाडीहरू अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमतासहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
नेपाल अधिराज्यभरका सबै टाटाको शोरुमहरूबाट ग्राहकहरूको सुविधाको लागि प्रि–बुकिङको व्यवस्था मिलाइएको छ ।