काठमाडौं । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त संस्करण टिभीएस मोटर कम्पनीको मार्भल्ल अभेन्जर्सबाट प्रेरित छ ।
कम्पनीले टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणका लागि डिन्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेको हो । उक्त स्कूटर आइकोनिक मार्भल सुपर हिरोद्धारा प्रेरित नेपालको पहिलो व्लुटुथ कनेक्टेड स्कूटर हो ।
सुपर स्क्वाड संस्करणमा ३ आकर्षक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् । टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने ‘टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्स र अन्य स्कूटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण नयाँ रेकर्ड राख्नेछ ।’
जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जेएमपीएलले नेपालमा रहेका ग्राहकहरुकालागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादन ल्याउन प्रतिवद्ध रहेको जानकारी दिए ।
स्टिल्थ ब्ल्याक
यस संस्करण पर्पलको विविध रंङको साथ जेट ब्याक रंगमा आउनेछ । डेकल्सको ठूलो हिस्साको रुपमा स्कुटरमा ब्याक प्यान्थर सूटका तत्वहरु छन् । सरगमीहरुका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेक्टरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६(१९६६) पनि समावेश गरिएको छ ।
इन्भिन्सिबल रेड
आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ । आर्क रिएक्टर दुबै प्यानमा उपलब्ध छ । सरगमीहरुका लागि दुबै प्यानलहरुमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिको छ । जसले फिडरलाई दर्शाउँछ र आइरन म्यानको २९ औं सूट साथै उक्त क्यारेकटरको मार्भल युनिभर्समा शुरुवात भएको वर्षलाई दर्शाउने नम्बर ६३(१९६३) रहेको छ ।
कम्ब्याट ब्लू
क्याप्टेन अमेरिककाबाट प्रेरित स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदै यसमा नम्बर ४१(१९४१०) रहेको छ । क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्समा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको हो ।