काठमाडौं । मेरिएट होटलले थाइल्यान्ड र भारतका राजदूतहरुको उपस्थितिमा आफ्नो नयाँ रेस्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । सो अवसरमा होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरका लागि आमन्त्रण गरेको थियो । कार्यक्रममा पहुनाहरुका लागि आधुनिक परिकारका थाई, जापानी र चिनियाँ खाना पस्किएको थियो ।
नयाँ उद्घाटन भएको एडमामेमा आरामदायी, उच्च गुणस्तरीय, आधुनिक एसियन विशेषता छन् । जापानी, थाई र चिनियाँ खानाका विभिन्न परिकार यहाँ पाइन्छन् । रेस्टुरेन्टमा विशेष गरी याकिटोरी ग्रिल, लाइभ सुशी बार, डिम सम स्टेसन तथा एसियनबाट प्रेरित ककटेल सर्भ गर्ने बार पनि छन् ।
एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एसियन कलाले जोकोहीलाई एसियाली कला संस्कृति महसुस गराउँछ । यी डिजाइनले प्राचीन विश्वको केही रहस्यमय घटनाहरुको संज्ञा गर्दछ र अनुपम भोजनको अनुभव प्रदान गर्न यो स्पेस अत्यन्तै पृथक रहेको मेरिएट होटलको भनाइ छ ।
एडमामेका एक्जुकेटिभ सेफ सञ्जीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादिष्ट बनाउन उच्च गुणस्तरीय सामग्री प्रयोग भएको सूनिश्चित गरे । यसको शुद्ध स्वाद हाइलाइट गर्न विशेष ध्यान दिएर हरेक अनुभवलाई यादगार बनाउन विशेष सावधानी अपनाएर दक्ष क्युलेनरी सीपको उपयोग गर्दै आएको उनीहरुले बताए ।
उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुईस रिपोचेले भने, ‘एडमामेमा हामी सिग्नेचर खानाभन्दा फरक क्युसीइन पेस गर्दछौं, जसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रादान गर्दछ । सम्पूर्ण अतिथिहरुले यहाँ अद्भुत एसियन खानाको अनुभव लिन सक्नुहुनेछ, हामी आशा गर्दछौं ।’
एडमामे २८ जुलाईबाट सबैका लागि खुला गरिएको छ ।