काठमाडौं । शाओमी नेपालले ६ हजार एमएएच ब्याट्री रहेको रेडमी नाइन सार्वजनिक गरेको छ । विश्वव्यापी टेक्नोलोजी लिडरले बुधबार नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको हो ।
हालै रेडमी ९ सिरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका टेक पारखीहरुको आवश्यकतालाई पूरा गर्छ ।
यो रेडमीको पहिलो फोन हो, जसमा विशाल, ६००० एमएएच ब्याट्री छ र एकपटक चार्ज गर्दा एक दिनभन्दा बढीसम्म टिक्छ । यसका साथै, यो ४८एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ आउँदछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो वर्ष शाओमी नेपालको लागि अद्भूत रहेको बताएका छन् । ‘हामीले हाम्रो रेडमी फोन सीरिजलाई केवल ९ को छाताअन्तर्गत उपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअल श्रेणीमा विस्तार गर्याैं र रेडमी इयरबड्स एस र एमआई टिभी सार्वजनिक गरेर केही उद्योग बेन्चमार्क पनि कायम गरेका छौं उनले भने प्रत्येक रेडमी उपकरणहरू यस वर्ष निकै सफल भएका छन् ।’
रेडमी ९ पावरको सार्वजनिकसँगै उपभोक्ताले उनीहरूको आवश्यकतामा कुनै सम्झौता नगरुन भनेर अझ बढी प्रदान गर्दै यस वर्षलाई शान्दार ढंगले अन्त्य गर्ने कम्पनीले जनाएको छ । पूर्ण एचडी प्लस डिस्प्ले भएको यो पावर प्याक्ड उपकरण मी फ्यानहरूको पहिलो रोजाई हुने विश्वास कम्पनीले लिएको छ । ४जीबी+६४जीबी भरियन्टको मूल्य १८,९९९ रुपैयाँ रहेको छ । ४जीबी+१२८जीबी भरियन्टको मूल्य २०,९९९ रुपैयाँ रहेको छ ।