काठमाडौं । कोरोना भाइरसबाट थलिएको गोवाको क्यासिनो व्यवसाय विस्तारै पुरानै लयमा फर्किएको छ । कोरोनाको त्रासदीका कारण गोवाको पर्यटन व्यवसाय चौपट बने पनि त्यहाँको सरकारले बीचमै क्यासिनो खुला गरेपछि गोवाको अर्थतन्त्रले नयाँ रुप लिएको छ ।
जबकि, नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा छ । त्यहाँ सक्रमितको संख्या पनि बढी छ । तैपनि त्यहाँको सरकारले गोवाको क्यासिनो खुला गरेपछि अहिले गोवा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छन् ।
गोवा सरकारले क्यासिनो खोल्ने निर्णय गरेसँगै ७ हजारमा पाइने प्लेन टिकटको मूल्य २५ हजार रुपैयाँ पुगेको छ । ५ हजारमा पाइने रुम अहिले ११ हजार रुपैयाँसम्म पुगेकाे छ।
सामान्य रेष्टुराँदेखि पाँचतारे होटलका कुनै पनि रुम खाली छैनन् । यतिसम्मकी, आइसक्रिम खानका लागि १५ मिनेट लाइनमा बस्नुपर्ने गरी मान्छेको घुइँचो छ ।
कोरोना त्रासदीका बीचमा त्यहाँको सरकारले गोवामा क्यासिनो खोल्ने निर्णय गरेपछि सुस्ताएको अर्थतन्त्रले पुरानै गति समातिसकेका छ । नेपालमा पनि कोरोना संक्रमणको दर दिन प्रतिदिन कम हुँदै गएकाले यहाँ पनि क्यासिनो खुला गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
अहिले सक्रिय कोरोना संक्रमितको संख्या जम्मा २ हजार ३ जना मात्रै छन् । दैनिक ४ हजार हाराहारी परीक्षण गर्दा १ सय जनामा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ । यो भनेको नगन्य मात्रामा हो । अब सरकारले नेपालमा पनि क्यासिनो खोल्न ढिला गर्न नहुने सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।
गोवा पनि भारतीयकै कारण क्यासिनो चलेको छ । नेपालमा पनि सरकारले क्यासिनो खुला गरेको अवस्थामा उनीहरू नेपालमा पनि आउने र यहाँको अर्थतन्त्रलाई थप चलाएमान बनाउने होटल व्यवसायीले बताएका छन् ।
गोवालाई क्यासिनो हब मानिन्छ । संसारबाट क्यासिनोमा खेल्न पर्यटकहरू आउँछन् । नेपालले पनि क्यासिनो खुला गरेको अवस्थामा ठूलो संख्यामा भारतीयहरू आउने उनीहरू बताउँछन् । नेपालमा सरकारले हवाई उडान बन्द गरेदेखि नै क्यासिनो पनि बन्द भएका छन् ।
अहिलेसम्म सरकारले हवाई उडानलाई पूर्णरुपमा खुला गरिसकेको छैन् । तर, व्यवसायीले क्यासिनो खुलाउन निरन्तर सरकारलाई दबाब दिइरहेका छन् ।