काठमाडौं । भारतमा फोन गर्न एनसेलले सुलभ दरमा फोन थर्न भ्वाइस प्याकहरु ल्याएको छ । योसँगै एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुईवटा भ्वाइस प्याकहरु ल्याएको हो ।
यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्छ ।
दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइ वा व्यापार व्यवसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ ।
यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।
त्यस्तैगरी विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित मात्र १४ रुपैयाँमा खरिद गर्न सक्छन् र मात्र १.९९ रुपैयाँ प्रतिमिनेट (करसहित २.५४ रुपैयाँ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।
भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क २.९९ रुपैयाँ प्रतिमिनेट (करसहित ३.८२ रुपैयाँ प्रतिमिनेट) छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यवसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।