काठमाडौं । कर्मचारीको कार्यशैलीप्रति कृषि मन्त्री चक्रपाणि खनाल असन्तुष्ट भएका छन । आफुले अघि सारेका योजना तथा कार्यक्रम केही कर्मचारीको बदमासी र कार्यशैलीका कारण पूरा हुन सकेको भन्दै आक्रोस व्यक्त गरेका छन ।
‘दृष्टिकोणअनुसार राखिएका केही कार्यक्रम असफल भए’ कर्मचारीलाई संकेत गर्दै भने, ‘पूँजीगत खर्च नहुनुका पछि म मूलत जिम्मेवार छु । तर, तपाइहरु पनि दोषी हुनुहुन्छ ।’ नेतृत्वको दृष्टिकोण कार्यान्वयन नहुनु सुखद नभएको उनको भनाइ थियो ।
आव २०७५/०७६ को बार्षिक अवधिको प्रगति समिक्षा कार्यक्रममा बोल्दै मन्त्री खनाल झन्डै आधा घण्टा कर्मचारीको कार्यशैली प्रति खनिए । कर्मचारीको कार्यपद्धती र कार्यशैलीका कारण आफुले अघि सारेका केही महत्वपूर्ण योजना तथा कार्यक्रम असफल हुन पुगेको बताए ।
‘दृष्टिकोणअनुसार राखिएका केही कार्यक्रम असफल भए’ कर्मचारीलाई संकेत गर्दै भने, ‘पूँजीगत खर्च नहुनुका पछि म मूलत जिम्मेवार छु । तर, तपाइहरु पनि दोषी हुनुहुन्छ ।’ नेतृत्वको दृष्टिकोण कार्यान्वयन नहुनु सुखद नभएको उनको भनाइ थियो ।
गत बर्षका ९ ओटा आफ्ना कृषिका कार्यक्रम एक/ दुइ जना बद्मासी कर्मचारीका कारण सफल हुन नसकेको उनको भनाइ छ । ‘गतबर्षका झन्डै ९ ओटा योजनाहरु मैले कन्ठै गरेर हिडिराख्या छु । ठाउँठाउँमा बोल्ने गरेको छु ।
ती किन सफल भएनन् त भन्दा एक/दुइ जना मान्छेको बदमासीका कारण भएनन् । कर्मचारीहरुलाई प्रश्न गर्दै भने, ‘ती नहुने कार्यक्रम त थिएनन् नी । प्रदेशले गर्ने हामी किन सक्दैनौें ? ती कार्यक्रममा केही मान्छेको बदमासी नै हुन् ।’
समीक्षामा मन्त्रीको अभिव्यक्ति जस्ताको तस्तै
कर्मचारीको नियतमा खोट, पुरानो कार्यशैलीको दम्भ र अलिकति पनि परिवर्तन हुन नचाहने दृष्टिकोण भएका कारणले मैले अघि सारेका कार्यक्रम कार्यान्वयन भएनन् । तर, यसको अर्थ मैले कसैप्रति आरोप गरेको पनि छैन र कसैप्रति औला उठाएको पनि छैन् । मैले आफनै कमजोरीको रुपमा लिएको छु । त्यतिबेला यी कार्यक्रम छनौट गर्दा शायद अलिकति कमजोरी मेरो भएछ भन्ने महसुस गरेको छु ।
५८ बुँदेमा हामीले गर्ने नसक्ने कार्यक्रम थिएन् । मान्छेले प्रचारका रुपमा पनि कार्यक्रम राख्छन् । नार्कको डीन यूनभर्सिटी बनाउने कार्यक्रम गर्न नसक्ने थियो ? । हो, हामीलाइ अलिकति ऐनले कहीकतै सम्बोधन गरेन, त्यो मानेका छौं ।
तर, भारतसँग हामीले सहमति गरेका छौं । उहाँको टिमसँग हाम्रो दुइ/दुइ पटक कुराकानी भयो । यो अनुसार लैजानु भन्नुभयो । हामीले ऐनमा संशोधन गर्न केही बुँदा पनि पठायौं । त्यो संशोधन फेरी पनि गर्नुपर्छ भनेपछि लगिएन् । केही गोदामको कुरा हामीले गर्यौ । केही गोदामहरु निर्माण गरेनौं भने मलको समस्या हल गर्न सक्दैनौं भन्यौं । गतसाल हामीले सजिलै मलको समस्या हल गरेका थियौं ।
तर, अहिले केही मान्छेको नियतका कारणले समस्या आयो भन्नेमा म छु अहिले । किनभने, त्यही बजेट हो, त्यही तरिका हो, किन हुँदैन ? हिजो त हामी अन्र्तयाममा पुगेको थिएनौं । तर, अहिले त म भित्र छिरेर बुझ्न सकेको छु भन्नेमा मलाइ लाग्या छ । कर्मचारीहरु यति बदमास रहेछन यहाँ कि मलको क्षेत्रमा । मैले अहिले भेटाउँदैछु् बल्ल । ती मान्छे अहिले पहिचान गर्दैछु । कतिपय काम एउटै बर्षमा गर्ने पनि थिए ।
केही दोस्रो, तेस्रो, चौथो बर्षसम्म जाने कार्यक्रम थिए । हामीले सही नियतसाथ सुरुवात गरेको भए राम्रै जग हाल्थ्यो । अहिले तपाइहरुले भन्नुभयो कि हाम्रा निरन्तरताका कार्यक्रम थिए, तिनको परिमाण र प्रगति प्रधानमन्त्री कार्यालयबाट अनलाइन अनुगमन मार्फत हेर्ने हो भने त्यती धेरै त्रुटीहरु छैनन् ।
तपाईहरुले गएको एक बर्षको मुल्यांकन कत्तिको गर्नुभएको छ कुन्नी, खरो कुरा गर्नुपर्ने मैले देख्या छु । किनभने, यो एक बर्षमा कुनै पनि काममा निश्कर्ष कसरी निस्कन्छ । कार्यान्वयन कसरी हुन्छ, मेहनत गरौं भन्ने बाहेक कुनै निकायलाइ विकल्प छैन् । किनकी मैले त केही गर्या छु, मन्त्रीको तहबाट ।
हामीले साँच्चीकै गर्ने भनेका १० ओटा कार्यक्रम त भएनन् अहिले । हामीले गतबर्ष सुरु गरौं भनेर १० ओटा कार्यक्रम जहाँ बजेट राखेका थियौं त्यो त भएन् । झन्डै डेढ देखि २ अर्बका कार्यक्रम त भएनन् भन्ने कुरा त हामीले स्वीकार्नु पर्यो । यो बर्षको समीक्षामा यो कुरा नस्वीर्काने हो भने आगामी बर्ष हामीले गर्छौ भन्ने ग्यारेन्टी के छ ? । केही त आधार चाहियो ।
तपाईहरुले गएको एक बर्षको मुल्यांकन कत्तिको गर्नुभएको छ कुन्नी, खरो कुरा गर्नुपर्ने मैले देख्या छु । किनभने, यो एक बर्षमा कुनै पनि काममा निश्कर्ष कसरी निस्कन्छ । कार्यान्वयन कसरी हुन्छ, मेहनत गरौं भन्ने बाहेक कुनै निकायलाइ विकल्प छैन् । किनकी मैले त केही गर्या छु, मन्त्रीको तहबाट ।
मन्त्रालयको सर्वसत्ता त मन्त्री नै हो । अरु कोही हो र ? मलाइ लाग्छ, एक्लै बसेर दुइजना मिल्ने साथी लिएर होटलमा जाँड खाएर आफुभन्दा माथिकालाइ गाली गर्नुको केही अर्थ हुँदैन् ।
यो जाबो हुँदैन् । नचाहिँने कुरा राखेछ मन्त्रीले । जाबो भन्न त सकिहालिन्छ नी हैन? कसैसँग तर्क गर्न सकिएन भने बाहिर गएर दुईजना मान्छेसँग बसेर, परिवारसँग बसेर गाली गर्न त सकिहालीन्छ ।
मैले यो कुरा किन राखे भने यस्तै रह्यो भने आगामी बर्ष हामीले प्रस्तावित गरेका ४ ओटा अघि बढ्दैनन् । मैले देख्या छु । अहिले नै त्यसको ‘सिमटोम’ मैले देखिसके । केही प्रदेशलाइ लागू हुने कार्यविधि हामीलाइ पनि लागू हुन्छ । ४ नम्वर प्रदेशले हिजो सुचना जारी गर्यो यस्को अर्थ उनीहरुले ४ नम्वर प्रदेशले जेठ असारभित्र कार्यविधि बनाएँछ भन्ने बुझ्न् पर्यो ।
तपाइहरुले आफ्नो आफ्नो जिम्मेवारी लिनुभएको छ । मेरो जिम्मेवारी मैले पनि लिएको छु । मन्त्रालय भनेको परिवार हो । हामी सबै मिलेर समस्या हल गर्ने हो । समस्या कहाँ छन त्यस्को पहिचान गर्ने हो । त्यसो हो भने, अहिलेका कार्यक्रममा समस्या यहाँ देखिन्छन् है । नीतिगत ढंगले यहाँ देखिन्छन् । व्यवहारीक दृष्टिकोणले यहाँ देखिन्छन् भनेर भन्नुपर्यो ।
यस्तै तरिका हामीले अपनायौ भने अहिले मंसिरमा पनि सुचना निस्कदैन् । तर, भदौ मसान्तभित्र सबै काम पुरा गरिकन टेन्डर प्रक्रिया,सुचना आदी इत्यादी गर्नेछौं भन्ने कुरा त हिजो हामीले हस्ताक्षर गरेर आयौं । अब हामीलाइ उम्किने ठाउँ छैन् । सिधै हामीले भन्नुपर्छ सम्माननीय प्रधानमन्त्रीज्यूका अगाडी यो काम गर्नुपर्ने थियो सकिएन भन्नुपर्छ ।
तपाइहरुले आफ्नो आफ्नो जिम्मेवारी लिनुभएको छ । मेरो जिम्मेवारी मैले पनि लिएको छु । मन्त्रालय भनेको परिवार हो । हामी सबै मिलेर समस्या हल गर्ने हो । समस्या कहाँ छन त्यस्को पहिचान गर्ने हो । त्यसो हो भने, अहिलेका कार्यक्रममा समस्या यहाँ देखिन्छन् है । नीतिगत ढंगले यहाँ देखिन्छन् । व्यवहारीक दृष्टिकोणले यहाँ देखिन्छन् भनेर भन्नुपर्यो ।
एकदम राम्रोसँग मलाइ भनिदिनोस् । यसो गर्दा राम्रो हुन्छ भनेर भन्नुुुुस न बरु । मैले अहिले देखेको छु ५० करोड रुपैयाँ बजेट कृषिमा युवा नयाँ कार्यक्रम थियो । गतबर्ष हामीले १० करोड राख्यौं फ्रिज हुने । त्यो कार्यक्रम लागू नहुने । अहिले १ अर्ब रुपैयाँ हामीले प्रस्ताव गरेका थियौं । तर, अर्थले पो ५० करोड दिएर हेरौं भन्या हो । अब त्यो कार्यक्रम हामीले लागू गर्न सकेनौं भने के हुन्छ ?
यो असोजभरी हामीले सुचना जारी भएन भने के हुन्छ ? त्यो कार्यक्रम जान्छ, पक्कै जादैन् । त्यसकारणले मन्त्रीले प्रस्ताव गरेको हामीलाइ जरुरी छैन् भन्ने हो भने यही भन्न पर्यो । अनि पो मेरो मुद्धाको रहेन्छ भने योजना हटाउछु मैले । कि यो गर्न सकिन्छ भनेर कन्भिन्स गर्छु नी मैले ।
अहिले हामीले लक्ष्य पुरा गर्नै पर्छ । त्यस्मा कुनै छुट हुदैन । कसरी गर्ने, तपाइ सवैले सोचौं र गरौं । हुँदैन भने तर्कसहित लिखित वा मौखिक रुपमा यसरकारण सक्दैनौं भनेर ल्याउनुस् । कसैले कसैसँग डर मान्नुपर्ने स्थिति छैन् ।