काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ ।
समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम बाेर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा (बिनोद) र्याडिशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकुर छन् ।
समितिका सल्लाहकारहरुमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन् ।
त्यसैगरी समितिमा आमन्त्रित सदस्यहरुमा म्यरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशिय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेल, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रालिका प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ छन् ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यदि हामीसंग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सक्यौ भने हामीले निकै धेरै लाभ उठाउन सक्छौं । हामीले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्र्याउने भन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक ल्याउन ध्यान दिंदा यसबाट लाभ उठाउन नसकेको यथार्थता राख्दै उनले अवको ध्यान सशक्त बजारीकरणकासाथ गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ हुनुपर्ने र यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।