कोरोना भाइरस महामारीले कर्पोरेट रणनीति, उद्योग व्यवधान वा उत्तराधिकार योजनाको गहन बहसलाई अवरुद्ध गरेको छैन । लगानीकर्ताहरूका लागि आगामी १२ महिनाले अझ बढी पैसा कमाउने राम्रो अवसर सिर्जना गर्नेछ भन्ने धेरैको अनुमान छ ।
तर, हाम्रा लेखकहरूलाई यस्ता मुद्दाहरूमा विचार गर्न र सही तरिकाले फैसला दिन ठीक नलाग्न सक्छ । किनभने हामीमध्ये धेरैले २०२० मा कोभिड–१९ महामारी सबैभन्दा ठूलो मुद्दा बन्छ भनेर भविष्यवाणी गरेका थिएनौं । निश्चय पनि २०२१ मा केही मुद्दाहरूका बारेमा हामीले आशा गर्न सक्छौं र एसियामा पुनर्निर्माणको काम कमसेकम आगामी डिसेम्बरसम्म विस्तृत रूपमा कभर गर्न सकिन्छ ।
के एन्ट ग्रुपको आईपीओ हुनेछ ?
२०२१ मा चिनियाँ अधिकारीहरूले नोभेम्बरमा अन्तिम मिनेटमा बिर्को नै बन्द गरेपछि ज्याक माको एन्ट ग्रुपले आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्तावलाई पुनर्जीवित गर्ने सम्भावना एकदम न्यून छ ।
संघाई र हङकङमा ३९.६ अर्ब डलरको आईपीओ गर्ने लक्ष्य राखी रहेको अलिबाबा समूहको होल्डिङ वा अफसुटलाई नियामकहरूले आफ्नो उच्च मार्जिन, बिमा र सम्पत्ति व्यवस्थापन कार्यबाट पछि हट्न भनिएको छ । उनीहरू एन्टको पुँजी पर्याप्तता र नियामक अनुपालन सुनिश्चित गर्न एक छुट्टै होल्डिङ कम्पनी स्थापना गर्न र पूर्ण इजाजत प्राप्त वित्तीय संस्था बन्न चाहन्छन् ।
एन्ट ग्रुपले नियामकीय समीक्षाका लागि अनुपालन गरेर बुझाउनका लागि योजनाहरू बनाउनु पर्नेछ । बैंकरहरू र लगानीकर्ताहरूका अनुसार आईपीओ २०२२ सम्म धकेलिन सक्छ । एन्टले आफ्नाबारे बताउन नचाहे पनि आवेदन प्रक्रिया पुनः सुचारु गर्न फेरि चिनियाँ नियामकको अनुमोदन चाहिनेछ र नियामकले अनुमति दिन्छ निश्चितता भने छैन ।
ज्याकमाले नियामकहरूको आलोचना गर्दै चीनको वित्तीय प्रणालीलाई ‘पनसप’सँग तुलना गरेका कारण विश्वको सबैभन्दा ठूलो आईपीओ सार्वजनिक गर्ने अवसर गुमाएको धेरैको बुझाइ छ ।
त्यसपछि भने ज्याकमाले यससम्बन्धी केही बोलेका छैनन् । तर, चीनको वित्तीय नियामक वातावरणमा भएको परिवर्तन र बेइजिडको इन्टरनेट दिग्गजहरूको शक्तिमाथि लडाइँ राख्ने दृढ संकल्पले आउँदो वर्षमा एन्ट ग्रुपको आईपीओ आउने सम्भावना छैन । विश्लेषकहरूले एन्टको ३२० अर्ब डलरको आईपीओको मूल्य घटाएर २०० अर्ब डलरभन्दा तल झर्ने सम्भावना छ ।
– नारायणन सोमसुन्दरम, हङकङ
कार कति स्मार्ट हुनेछन् ?
जबसम्म कारहरू छन् । स्वतः ड्राइभिङ वाहनहरू कहिले आंशिक सपना, कहिले अंश विज्ञानजस्तो काल्पनिक भएको छ, तर युग भने हातमा नै देखिन्छ ।
सन् २०२१ मा कार निर्माताहरूले अझ उन्नत स्वशासित ड्राइभिङ कार्यहरू गर्ने कार प्रचलनमा ल्याउने छन् । खासगरी गुगल र बैडुजस्ता कम्पनीहरूले ड्राइभर रहित ‘रोबोट्याक्सिस’लाई नयाँ मोडलहरूसहित धेरै ठूलो परिमाणमा परीक्षणको सुरुवात गर्नेछ ।
स्वशासित ड्राइभिङ टेक्नोलोजीको व्यवसायीकरणमा जापान अग्रणी छ । होन्डा मोटरले मार्चसम्ममा विश्वको पहिलो ‘लेभल थ्री’ कार सुरु गर्ने तयारी गरेको छ । गाडीलाई भीडभाड र राजमार्गहरूमा स्वशासित रूपमा चलाउनेछ ।
चीनमा बैडु, पोनी वाई, वेराइड, अटोएक्स र दिदी चुक्सिंग आदिले रोबोट्याक्सी सेवाहरू पहिले नै सार्वजनिक गरेका छन् । यद्यपि गाडीमा सुरक्षा ड्राइभर भने रहनेछन् अर्थात ड्राइभर अझै पनि आवश्यक छ । बेइजिङले डिसेम्बरमा खुला सडकमा पूर्ण स्वायत्त कारहरूको परीक्षणका लागि बैडुलाई पहिलो अनुमति दिएपछि सुरक्षा कम्पनीको चालकलाई अन्य कम्पनीहरूको पाइलट योजनाबाट हटाउन सकिन्छ ।
अमेरिकामा सबभन्दा उन्नत स्वशासित ड्राइभिङ टेक्नोलोजी छ, त्यसमा पनि केही पुनर्संरचना हुनेछ । जुन २०१८ मा एरिजोनामा एउटा घातक दुर्घटनापछि राइड हेलिङ विशाल उबर टेक्नोलोजीले आफ्नो स्वशासित वाहनको एकाइ फेरि बेच्ने अघि सारेको छ ।
–निक्की सुन, हङकङ, र एरी सुगिउरा, टोकियो
के एसियाका चुनौती खेपिरहेका एयरलाइन्स फस्टाउलान ?
कोरोना भाइरस महामारीका कारण अभूतपूर्व संकटमा परेको हवाई क्षेत्रले २०२१ एयरलाइन्सको सम्भावनालाई द्रुत बनाएको छ । तर, केही दुस्साहस वाहकहरूले प्रतिद्वन्द्विता सिर्जना गर्ने र त्यसबाट फाइदा उठाउने प्रयास पनि गर्नेछन् ।
चिनियाँ सम्पत्ति टाइकुनद्वारा स्थापित हङकङ स्टार्टअप ग्रेटर बे एयरलाइन्सले जुलाईमा एयर अपरेटरको प्रमाणपत्रका लागि आवेदन गरिएको थियो । उसले पहिलो विमानका लागि एकैपटक कर्मचारी भर्ती गर्न खोजी गरिरहेको छ । यही बेला ठूलो उपस्थिति रहेको क्याथे प्रशान्त एयरवेजले भने करिब एक चौथाइ कर्मचारी हिस्सा काटिरहेको छ ।
अस्ट्रेलियामा टर्बोप्रप्सको सानो फ्लीटको अपरेटर, क्षेत्रीय एक्सप्रेस बोइङ ७३७ एसको विस्तारमा मार्चमा सिड्नी मेलबोर्न मार्ग सुरु गर्न कान्टास एयरवेज, भर्जिन अष्ट्रेलिया र जेस्टार एयरवेजलाई चुनौती दिन खोजेको छ । यद्यपि तिनीहरूको विस्तारको मार्ग अनिश्चितताले भरिएको छ ।
केही वर्तमान स्थानीय झण्डा वाहकका साथै ठूलो बजेट क्यारियरहरू नोक्सानीमा जान सक्छन्, तर तिनीहरू प्रत्येक बजारको प्रमुख शक्ति रहन्छन् । अझै पनि, प्रतिद्वन्द्वीहरूले आफ्नो इतिहासको सबैभन्दा ठूलो आर्थिक विपत्तिसँग सामना गर्ने र विश्वमा विस्तारै कोरोना भाइरस महामारीले थप चुनौती दिँदा आफ्नो छाप छोड्न पर्याप्त समय नपाउने स्थिति छ ।
–एरी सुगिउरा, टोकियो
के हुवावे २०२१ मा सर्भाइभ हुन सक्ला ?
हुवावे टेक्नोलोजीहरूमा वासिङ्गटनको क्रकडाउनले चिनियाँ प्राविधिक कम्पनीलाई ठूलो चोट पु¥याएको छ । तर, बिगार्न भने सकेको छैन ।
२०२० मा अमेरिकी व्यापार प्रतिबन्धहरूको प्रतिरोध गर्न निर्माण गरिएको चिप्स र अन्य सामग्रीहरूको भण्डार यथावत् छ । क्वालकाम र सोनीलगायत प्रमुख आपूर्तिकर्ताहरूले २०२१ को लागि केही राहत दिने वचन दिएर हुवावेसँग केही व्यवसाय पुनः सुरु गर्ने अनुमति लिएका छन् । तर, स्मार्टफोन र टेलिकम उपकरण निर्मातामा अझै ठूलो खाडल छ र त्यसको आपूर्ति चीनले गरिरहेको छ ।
चिनियाँ सरकार पूर्ण विकसित घरेलु टेक उद्योगलाई प्रोत्साहित गर्न प्रतिबद्ध छ र हुवावे त्यो सपनाका लागि महत्वपूर्ण छ । यो चीनको सबैभन्दा ठूलो टेक कम्पनी मात्र होइन महत्वपूर्ण सेवा प्रदायक जी टेलिकम बेस स्टेसनहरू, चीनको अर्को पुस्ताको वायरलेस टेक्नोलोजीको प्रयोगका लागि आधार पनि हो ।
वासिङ्गटनले आफ्नो च्याम्पियनलाई कुचल्ने प्रयास गर्दा बेइजिङ अझ कडा रूपमा प्रस्तुत हुनेछ र आफ्नो अस्तित्वलाई राष्ट्रिय महत्वको विषय बनाएको छ ।
–चेलन टिङ फेङ्ग, ताइपेई
के सुन वा बिटक्वाइन राम्रो बाजीका प्रमाण हुन सक्छन् ?
२०२० को महामारीले सिर्जित अनिश्चितताको बीचमा सुन र बिटक्वाइन दुवैको मूल्यले रेकर्ड कायम गरेको छ । विश्वमा व्यापक रूपमा भ्याक्सिन रोलआउटका कारण २०२१ मा राम्रोसँग कायम गर्नेछ ?
२०२० मा सुन २३ प्रतिशतले वृद्धि भयो । यद्यपि यस वर्ष यस्तो उत्कृष्ट प्रदर्शनलाई दोहोर्याउन असम्भव छ, धातु सुरक्षित स्वामित्व सम्पत्तिको रूपमा हराउन गाह्रो देखिन्छ । भ्याक्सिनहरूले महामारीसँग सम्बन्धी अनिश्चितताहरूलाई कम गर्न सक्छ, यद्यपि अमेरिकाको बजेट घाटा कम गर्न उनीहरूले थोरै गर्न सक्छन्, जुन सरकारले कोरोना भाइरस काउन्टरमा पैसा खसालेको थियो । धेरै विश्लेषकहरू भन्छन्, यसको मतलब डलर कमजोर रहनेछ, जसले सुनको मूल्यलाई समर्थन गर्छ ।
२०२० मा माग घटेपछि एसियाली उपभोक्ताहरू पनि सुन बजारमा फिर्ता जाने आशा राखेका छन् । जबकि सुनको पक्षमा स्थिरता र तरलता छ, बिटक्वाइन एक दशकभन्दा अलि बढी पुरानो, यसको पक्षमा वृद्धि क्षमता छ । २०२० मा क्रिप्टोकरन्सी मूल्यमा त्रसित भयो र मूल्यको भण्डारको रूपमा यसको उपयुक्ततामाथि सुस्त प्रश्नहरूको बाबजुद पनि बढ्न सक्छ ।
डिजिटल सम्पत्तिका लागि एक जितमा, पेपलले यसको तरलता बढाउन मद्दत गर्न अक्टुबरमा बिटक्वाइन ट्रेडिङ सेवाहरू प्रदान गर्न सुरु गर्यो ।
“सुन एक सुरक्षित आश्रय सम्पत्तिको रूपमा अधिक स्थिर भए पनि बिटक्वाइनले लामो बजारमा आफ्नो बजार विस्तार गर्ने सम्भावना छ, “मिजो सिक्युरिटीजका रणनीतिकार मिओको नाकासिमाले भने ।
–रुरिका इमाहासी, टोकियो
के टोकियो ओलम्पिक अगाडि बढ्नेछ ?
टोकियो स्काइट्री टावर महामारीको कारण २०२० मा स्थगित भएपछि ओलम्पिक टर्च रिले सुरु नभएसम्म १०० दिनका लागि डिसेम्बर १५ मा चेरिब्लासम गुलाबी र सुनमा प्रज्वलित गरिएको थियो ।
स्काइट्रीको मालिक टोबु रेलवे मूल रूपमा ओलम्पिक प्रायोजक थिएन । तर, खेल पूरा वर्ष स्थगित हुनाले टोकियो २०२० को आयोजक समिति र यसको प्रमुख साझेदार विज्ञापन एजेन्सी डेन्ट्सुले बजेटको कमीलाई पूरा गर्न प्रायोजकहरूमा हस्ताक्षर गराएको थियो ।
स्थगित लागत बढ्न थाल्नु अघि पनि जापानी कम्पनीहरूले ओलम्पिक मार्केटिङ अधिकारका लागि ३ अर्ब डलरभन्दा बढी खर्चेको थियो । यो विगतको तुलनामा तीन गुणा बढी हो । आयोजकहरूलाई आफूप्रति उत्तरदायी बनाइ राख्न आगामी ८ महिनामा प्रायोजकहरूले थप १९ करोड २० लाख डलर दिने वचन दिएका छन् ।
जापानी सरकारले पूर्वाधार निर्माणका लागि करिब १२ अर्ब डलर र स्थगित टोकियो ओलम्पिकको स्थगित थप लागत र कोभिड–१९ को पूर्व सावधानी अपनाउन २.८ अर्ब डलर छुट्याएको छ ।
अहिलेको प्रश्न ओलम्पिक खेल महँगो भयो होइन कि ओलम्पिक खेलहरू अगाडि बढ्छन् कि बढ्दैनन् भन्ने कुरा महत्वपूर्ण हो । यसम्बन्धी निर्णय गर्ने अधिकार भने जापानी सरकार र आईओसीलाई छ । तर, उनीहरूले कुन रूपमा खेलहरू अघि बढाउँछन् ? आयोजकहरूले कसरी एथलीटहरू, दर्शकहरू र बढ्दो शंकालु जापानी जनतालाई संक्रमणबाट सुरक्षित राख्न सक्छन् ? यदि विदेशी उपस्थिति निराश भयो भने जापानको पर्यटन उद्योगले २०२० को घाटालाई कसरी परिपूर्ति गर्छन् ।
जापानको व्यवसाय र राजनीतिक सम्भ्रान्तहरूले आगामी दिनलाई उत्तम दिनका रूपमा लिँदै आशावादी भएर कोभिड–१९ संक्रमणको विशाल लहर नआइकन सद्भावना उत्पन्न गर्छ भन्ने विश्वास गर्छन् ।
–फ्रान्सेस्का रेगालाडो, टोकियो, क्यापिटल बिजनेश म्यागजिनबाट ।