काठमाडौं । अमेरिकी क्रुजर मोटरसाइकल कम्पनी हार्ले डेभिडसनले भारतमा आफ्नो उत्पादन र बिक्री गरेसँगै नेपालबाट बाहिरिएको छ ।
कम्पनीले गत सेप्टेम्बरमा भारतमा आफ्नो एम्सेम्बल प्लान्ट बन्द गर्दै तत्काललाई बिक्री बन्द पनि गरेको जानकारी गराएको थियो ।
नेपालमा आइएमई गु्रपअन्तर्गतको आइएमई अटोमोटिभ्सले नेपालमा हार्ले डेभिडसन भित्राएको थियो । २०७४ माघदेखि नेपालका लागि आधिकारिक बिक्रेता रहेको आईएमई अटोमोटिभ्सले भारतमा उत्पादन र बिक्री बन्द हुनेभएपछि नेपालबाट पनि हार्ले बाहिरिएको जनाएको छ ।
आइएमई अटोभोटिभ्सले मोटरसाइकलसँगै सोरुममा रहेका अन्य सोभिनियरहरूमा स्टक क्लिरेन्स स्किममा बिक्री गर्दै आइरहेको छ ।
११७ वर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनीको ३ मोडल नेपाल भित्राएको थियो । आइएमईले हार्ले डेभिडसन इण्डियासँग सम्झौता गरेर मोटरसाइकल नेपालमा भित्राएको थियो ।
भारतमै बिक्री र उत्पादन बन्द भएपछि नेपालमा पनि नआउने भएकाले नेपालमा पनि बिक्री बन्द भएको गु्रपले जनाएको छ ।
भारतमा अब भविष्यमा बिक्री हुने मोटरसाइकल थाइल्याण्डबाट आयात गरेर बिक्री हुन्छ । यसले भारतमै ५० हजारदेखि १ लाखसम्म महँगो पर्न सक्छ ।
नेपालमा पनि अब कसैले आधिकारिक बिक्रेता लिएर बिक्री गर्नुपरेमा थाइल्याण्डबाट नै आयाता गर्नुपर्ने बाध्यता रहन्छ ।
हार्लेले भारतमा आफ्नो कम्पनी विस्तार हुने ठूलो आशा राखेको थियो । तर, आशा गरेजस्तो व्यापार नभएपछि उसले बन्द गर्ने निर्णय गरेको हो ।
तर, अमेरिकी आइकनले बजारमा सीमित इनरोडहरू मात्र बनायो जसले कम लागतको सवारी साधनहरू हिरोजस्ता स्थानीय सवारी साधनहरूको साथसाथै होन्डा मोटर र सुजुकी मोटरजस्ता जापानी निर्माताहरूसँग प्रतिस्पर्धा गर्न सकेन ।
कम्पनीले भारतजस्तो देशको विशाल जनसंख्याबाट प्राप्त गर्न सक्ने सम्भावनाको बाबजुद पनि भारतीय बजारलाई छोड्दै स्वदेशी जनरल मोटर्ससँग हात मिलायो ।
हार्लेको प्रस्थान पनि प्रमुख विश्वकै उत्पादनलाई आकर्षित गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा आघातको रूपमा आएको व्याख्या गरिएको छ ।
गत फेब्रुअरीमा उसले भारतमा १० वर्षको अन्तरालमा मात्र २५ हजार मोटरसाइकल बेच्न सफल भएको जानकारी दिएको थियो । यो अमेरिकामा २०१९ को पहिलो तीन महिनाको संख्याभन्दा पनि कम हो ।
गत आर्थिक वर्षमा भारतमा २५ सय वटा मोटरसाइकल बिक्री भएको तथ्याँक कम्पनीले सार्वजनिक गरेको थियो ।
सोसाइटी अफ इण्डियन अटोमोबाइल मैन्युफैक्चरर्सका अनुसार मार्च ३१ को अन्त्यको अवधिमा भारतमा सबै गरेर लगभग २१ करोड मोटरसाइकल र स्कुटरहरू बिक्री गरिएको थियो ।
कम्पनीले दुई वर्षअघि एसियाका उदीयमान देशहरूका लागि अझ बढी सुलभ र साना किसिमका मोटरसाइकल बनाउने लक्ष्य लिएको थियो ।
हार्ले डेभिडसनको ग्राहक पहुँच र विस्तारका लागि विश्वको सबभन्दा ठूलो, सबभन्दा द्रुत वृद्धि हुने बजारका रूपमा भारत र अन्य एसियन बजारलाई लिएको थियो ।
अगस्टको सुरुमा बजारबाट बाहिर निस्कने निर्णयलाई अन्तिम रूप दिनुभन्दा पहिले हालै भारतमा सबभन्दा राम्रो बिक्री भएको इन्ट्रिलेभल मोडेल स्ट्रिट ७५० का लागि ठूलो मूल्य कटौती गर्ने घोषणा गर्यो, जुन भारु ५,३४,००० देखि ४,६९,००० सम्मको थियो ।
२००९ मा वासिंगटन र नयाँ दिल्लीबीचको सम्झौताअनुसार अमेरिकी मोटरसाइकल भारतीय बजारमा भित्रिने र भारतीय आँप अमेरिकन बजारमा निर्यात गर्ने गरी हार्ले भारत प्रवेश गरेको थियो ।
यस्तो छ हार्ले–डेभिडसनको इतिहास
हार्ले–डेभिडसन जसलाई सङ्क्षिप्तमा प्रायः एचडी अथवा हार्ले भनिन्छ । यो अमेरिकी मोटरसाइकल निर्माता कम्पनी बीसौं शताब्दीको पहिलो दशकका बेला मिलवोकी, विस्कोन्सिनमा स्थापना भएको हो ।
यो ती दुई ठूला अमेरिकी मोटरसाइकल निर्मातामध्ये एक हो जुन भयानक मन्दी र जापानी निर्माताहरूसँगको प्रतिस्पर्धामा पनि अस्तित्वमा रह्यो ।
कम्पनीले ७५० सीसीभन्दा माथिका मोटरसाइकल बनाएर बेच्छ । आधुनिक भीआरएससी मोडल बाहेक अहिलेको हार्ले–डेभिडसन मोटरसाइकलहरूले हार्ले डिजाइनको आदर्श शैलीलाई प्रतिबिम्बित गर्छन् ।