काठमाडौं । पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज बनाउँदै आएको छ ।
तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए। खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ ।
यसको प्रयोग गरेर मोबाइलबाटै मोबाइल रिचार्ज गर्न, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटल रुम बुकिङ गर्न, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्न, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याक पनि पाउन सकिन्छ । खल्तीले वार्षिकोत्सवका अवसरमा प्रवर्धनात्मक योजना सुरू गरेको छ । यस योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्ये कुनै एकको भुक्तानी गरी सहभागी भएर उपहार जित्न सक्नेछन्।
हरेक हप्ता डिटिएचको शुल्क भुक्तानी गर्नेलाई एउटा टिभी, मोबाइल रिचार्ज गर्ने लाई एउटा स्मार्टफोन, इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई एक बर्षे इन्टरनेट सव्सक्रिप्सन सुविधा उपलब्ध छ ।
खल्ती बैंक डायरेक्टअन्तर्गत बैंक लिंक गर्दा एक स्मार्ट वाच पाइन्छ । यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुनेछ ।