काठमाडौं । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले २ नयाँ मोडेल सार्वजनिक गरेको छ । पछिल्लो समय सो व्याण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको हो ।
नेपालका लागि कुलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेसनल प्रालिले गत शुक्रबार कुल दुई मोडेलका स्मार्टफोन सार्वजनिक गरेको हो । सो फोन युवा ग्राहकहरुमा लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका जनरल म्यानेजर कर्पोरेट हेड उपेन्द्र शाहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोन नेपालमा बजारीकरण गर्न सफल भएको बताए ।
कुलप्याड नयाँ र आकर्षक डिजाइनमा उपलब्ध भएकाले युवा पुस्ताको रुचिमा पर्न सफल भएको हो ।
कुल १० स्मार्टफोन
कुलप्याडको कुल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन छ । यस्तै, फोटोग्राफीका लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।
फोनमा ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ । कूल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन उपलब्ध छ । सो फोन १६ हजार ५ सय ९५ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
कुल एस स्मार्टफोन
कुल एस स्मार्टफोनमा ६ दशमलव ५२ इन्चको कर्नर पन्चहोलका साथै फूलएचडी प्लस डिस्प्ले छ । यस्तै, फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप छ ।
फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा छ ।
फोनमा ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ । यस्तै, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु छन् ।
कुल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२ हजार ५ सय ९५ रुपैयाँ छ ।