काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा सिटीको ५ औं जेनेरेसनलाई नेपाली बजारमा भित्राएको छ ।
धोबीघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा भिएक्स सीभीटी र जेटएक्स सीभीटी लन्च गरिएको छ । नेपाली बजारमा होण्डा सिटी भिएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ र होण्डा सिटी जेटएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैया तोकिएको छ ।
होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाइ अघिल्लो जेनरेशन भन्दा बढी रहेको छ ।
होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड् ,एलइडी , डिआरएल, एल आकार एलइडी टर्न इन्डिकेटर,जेट आकार थ्रिडी ¥याप एराउण्ड यूनिफर्म एलइडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।
यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किमिप्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा तपाईंले १७.८ किमि प्रति लिटरको माइलेज प्राप्त गर्न सक्ने छन् ।
यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा तपाईंले सहज पार्किङ्ग गर्न सक्नेछ । आइएसआर युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो ।