काठमाडौं । देशको पूर्वाधार निर्माणमा अग्रणी तथा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शर्मा एण्ड कम्पनी प्रालि ५५ औं वर्षमा प्रवेश गरेको छ ।
विक्रम संवत २०२२ सालमा स्थापना भएको शर्माले मुलककै अग्रणी निर्माण कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
अध्यक्ष राधाकृष्ण शर्माबाट सञ्चालन हुदै आएको कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न गरी हस्तान्तरण गर्ने भित्र परिचित छ ।
कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले महत्वपूर्ण निर्माण आयोजनाहरु आफुहरुले समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको बताए । विकासको प्रचुर सम्भावना बोकेको हाम्रो जस्तो देशमा समयमै निर्माण कार्य सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणका कार्यलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माको भनाई छ ।
कम्पनीको मातहत हाल ५०९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्क, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, मेलम्ची खानेपानी आयोजनको १५० मिटर पाइप बिच्छयाउने काम, सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका महत्वपूर्ण परियोजना निर्माण गरिसकेको छ ।
कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरी सामाजिक कार्य पनि गरिरहेको छ । स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको आयोजित रक्तदान कार्यक्रममा करीब १२५ जनाले रक्तदान गरेका थिए । ७५ जना अशक्त तथा असाहयहरुलाई खाद्यन्न वितरण गरिएको कम्पनीले जनाएको छ ।