काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक कारणले छोटा समयमलाई विद्युत् काटिँदा त्यसलाई लोडसेडिङ भएको भन्ने अर्थमा नबुझन् आग्रह गरेका छन् ।
ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन पुगेको बताए ।
उनले उनले अनावश्यक रुपमा विजुली काट्ने काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पत्रकार सम्मेलनमा बताए ।
राष्ट्रिय प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ भन्न नहुने उनको तर्क थियो ।
‘केही दिन यता विभिन्न सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै जनमानसमा मानसिक त्रास उत्पन्न भएको छ,’ पत्रकार सम्मेलनमा शाक्यले भने, ‘तपाईँहरुबाट व्यक्त भैरहेको चिन्ता र चासोप्रति हाम्रो ध्यानाकृष्ट भएको छ । पुस १३ र १४ को सन्र्दभलाई लिएर सामाजिक सञ्जाल र सञ्चारममाध्ययमले पनि निकै चासो व्यक्त गर्नुभयो । व्यवस्थापन नयाँ भएकाले पनि सञ्चारमाध्ययम र जनमानसमा मानसिक त्रास उत्पन्न भएको हुनसक्छ । म त्यसलाई सकारात्मक रुपमा लिन्छु र सबैलाई आश्वस्त पार्दै भन्न चाहन्छु । हामी उच्च सतर्कताका साथ प्राविधिक समस्या हलका लागि तयारी अवस्थामा छौँ । लोडसेडिङको कुनै सम्भावना छैन ।’
समय समयमा आइपर्ने त्यस्ता समस्या समाधान गर्न प्राधिकरणले वितरण प्रणालीको सुदृढीकरण, मर्मत सम्भार र प्रसारण लाइन निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न तर्फ जोड दिएको उनले बताए ।
उर्जा सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताP .
केही दिनदेखि अनियमित रुपमा विभिन्न ठाउँमा बिजुली जाँदा प्राधिकरणको व्यापक आलोचना भइरहेको छ । प्राधिकरणले लोडसेडिङ तालिका नै सार्वजनिक गर्यो भन्ने खालका समाचार सञ्चार माध्यमबाट आएपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर आधिकारीक धारणा सार्वजनिक गरेको हो ।