काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकल नेपालका लागि एकमात्र आधिकारिक वितरक योम माई मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ ।
कम्पनीले अंंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेका लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको ब्याट्रिप्याक छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एक पटक फुलचार्ज गर्न ५ घन्टा लाग्छ ।
यसका अलावा यो स्कुटरमा कि–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेसलगायतका महत्वपूर्ण फिचरहरु समावेश छ ।
कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बराबरको छुट प्रदान गर्नेसमेत जनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एसोसरिज निःशुल्क पाउने छन् ।
एसोसरिजमा ५ हजार बराबरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन् । यो स्कुटरमा उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ । नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन कलरमा उपलब्ध छन् । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।