काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा चाडपर्व लक्षित ‘यो दसैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजनाअन्तर्गतको बम्पर ‘लक्की ड्र’ कार्यक्रम सार्वजनिक भएको छ ।
प्रतिकूल परिस्थितिका कारण डिजिटल प्रविधिको माध्यमबाट फेसबुक लाइवमार्फत गत शुक्रबार पुस १० गते बम्पर ‘लक्की ड्र’ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
देशैभरबाट १ हजार ३ सयभन्दा बढी सहभागीमध्ये भाग्यशाली ३४ जना ग्राहकलाई बम्पर उपहारअन्तर्गतको विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको छ ।
३४ जना भाग्यशाली ग्राहकमध्ये काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगन्जबाट ६ जना विजेता छानिएको थियो ।
भाग्यशाली ग्राहकहरूमध्ये एलजी ३१० लिको डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एलजी ८ केजी फ्रन्ट लोड वासिङ्ग मेसिन ६ जनाले, सोनी ५५’ इन्टरनेट टिभी ६ जनाले, सामसङ नोट ट्वान्टी ७ जनाले र सामसङ ट्यावलेट ९ जनाले जितेका छन् ।
कार्यक्रमलाई फेसबुक लाइभमार्फत विशेष सम्बोधन गर्दैै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कायर्यकारी अधिकृत(सीईओ) राजनबाबु श्रेष्ठले ग्राहकहरूको अपार माया अनि उत्साहजनक सहभागिताले योजना सफल भएको बताए ।
विजेता ग्राहकहरूलाई बधाई एवं सबै सहभागीहरूलाई विशेष धन्यवाद दिँदै नेपालको बाटोघाटो अनि माटो सुहाउँदो टाटा गाडीले व्यापार, व्यवसाय बिस्तारमा सबै नेपालीका लागि महत्वपूर्ण भूमिका खेल्न सकोस् भनेर कामना गरे ।
देशभरि नै बृहत् शाखा सञ्जाल भएको टाटा मोटर्सले सर्भिसमा दिँदै आएको गुणस्तरीय सेवा, सुविधालाई अझै उत्कृष्ट एवं विस्तारित गर्दै लैजाने जानकारी गराउँदै कम्पनीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनाहरूलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरे ।