काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले टाटा कम्पनीको व्यापारिक सवारी साधन खरिद गरेर व्यवसाय गर्ने उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सवारी कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।सम्झौताअनुसार साे उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ ।
उद्यमीहरुलाई बैंकले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै बैंकसँग सिप्रदीले दोश्रोे सम्झौता गरेको छ । निजी तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी छ । सम्झौतापछि टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्गमार्फत खरिद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नक लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङ्गका भाइस प्रेसिडेण्ट सौरभ थपलिया, सेल्स प्रमुख सरद न्यौपाने लगायत कर्मचारीहरुको उपस्थिति थियो ।