उद्योग/व्यापारको क्षेत्रमा मेरो ४५ वर्षको यात्रा रह्यो । हाल पनि सक्रिय रुपमा कार्यरत छु । निजी क्षेत्र एक्लै वा राज्य मिलेर चलाएका कतिपय आर्थिक गतिविधि नै होलान वा सहकारीको सहभागिता पनि अर्थतन्त्रलाई सक्रिय बनाउनमै मेरो जीवन बित्यो ।
निजी क्षेत्रको भूमिका जहिले पनि अर्थतन्त्रको फ्रन्टलाइनमा हुन्छ । यसका छाता संस्थाहरूले निर्णयक भूमिका निभाउनुपर्छ । निजी क्षेत्रका नेताहरूले निजी क्षेत्रको नयाँ पिँढीलाई उत्प्रेरणा गर्ने खालको लिडरसीप देखाउन सक्नुपर्छ ।
नकारात्मक मानसिकताविरुद्ध स्पष्ट आवाज उठाउनुपर्छ । यसर्थ निजी क्षेत्रका संस्थाहरू तथा यसको नेतृत्व गर्ने मान्छेहरूले विभिन्न निकायमा आफ्नो एजेन्डालाई प्रस्तुत गर्न सक्नुपर्छ ।
जब म २०५० सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएँ । म महासंघ प्रवेश गरेको २०४६ सालमा हो । जुनबेला देशमा ठूलो परिवर्तन भएको थियो । २०४६ सालको आन्दोलनपश्चात् कृष्णप्रसाद भट्टराईको नेतृत्वमा एकातर्फ देशमा नयाँ सविधान लेख्ने प्रक्रिया सुरु भएको थियो भने अर्कोतर्फ भारततिरको गतिरोध अन्त्य भएर नयाँ प्रकारको परिस्थिति बनेको थियो ।
त्यही बेला मैले निजी क्षेत्रको आवाजलाई कसरी ल्याउने भन्नेमा धेरै गृहकार्य गरेँ । त्यो बेलाका प्रथामिकतालाई कसरी अघि ल्याउने ? निजी क्षेत्रको संघर्षका सुरुआत कहाँबाट गर्ने ?
त्यो बेला अधिकांश उद्योगहरू आफ्नो कुरा राख्न डराउने र लजाउने गर्थे । हाम्रा समस्याहरू राख्यौं भने भोलिका दिनमा झन अप्ठयारो हुने हो कि भनेर कोही नबोल्ने प्रचलन थियो । त्यही लुकेको आवाजलाई बाहिर ल्याउन सेजनले निकै ठूलो भूमिका निर्वाह गरेको छ । कुनै समय अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको १२ प्रतिशत योगदान थियो । अहिले ५ प्रतिशतमा खुम्चिनु परेको छ । यस्तो अवस्था कसरी आयो ? किन आयो ? उत्पादनमूलक उद्योगहरू किन बढ्न सकेका छैनन् ?
त्यो बेला भरखरै मात्रै खुला बजार अर्थतन्त्रमा देश प्रवेश गरेको थियो । त्यही बेला मैले महासंघको छाताभित्र अर्थको अर्थ भन्ने टेलिभिजन सो चलाउने प्रयास गरेका थियाैं । त्यसपछि निजी क्षेत्रको आवाज पस्किन सबैजना तयार भए ।
त्यो बेला अधिकांश उद्योगहरू आफ्नो कुरा राख्न डराउने र लजाउने गर्थे । हाम्रा समस्याहरू राख्यौं भने भोलिका दिनमा झन अप्ठयारो हुने हो कि भनेर कोही नबोल्ने प्रचलन थियो । त्यही लुकेको आवाजलाई बाहिर ल्याउन सेजनले निकै ठूलो भूमिका निर्वाह गरेको छ ।
कुनै समय अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको १२ प्रतिशत योगदान थियो । अहिले ५ प्रतिशतमा खुम्चिनु परेको छ । यस्तो अवस्था कसरी आयो ? किन आयो ? उत्पादनमूलक उद्योगहरू किन बढ्न सकेका छैनन् ?
म सबैभन्दा पहिला आफूले देखेका ‘पोजेटिभ ट्रेन्डबाट’ सुरुआत गर्न चाहन्छु । पोजेटिभ पक्ष के हो भने अहिलेको युवाहरू अध्ययनशील छन् । सिर्जनशील छन् । स्रोतबाट भरिपूर्ण छन् । आर्थिक गतिविधिलाई अघि बढाउनका लागि गरिएका परिवर्तनहरूलाई अहिलेका युवाहरूले साथ दिएका छन् ।
सरकारसँग निजी क्षेत्र नबोल्ने जुन प्रकारको वातावरण थियो, त्यो अन्त्य भएको छ । २०४२/४३ सालमा नीतिगत सुधारको थालनी भयो । २०४६ पछि बनेको नेपाली कांग्रेसको सरकारले तीब्र गतिमा अघि बढाएका नीतिहरुले कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा ७ वटा नयाँ पिल्लर तोड्ने काम गर्यो । जहाँ ती ७ वटाको अहिले कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा ३५ प्रतिशत अंश छ । त्यो बेलाको संरकारले नीतिगत सुधार गरेकाले काम गर्ने वातावरण बन्यो ।
कृषि क्षेत्रले जीडीपीमा दिएको योगदानको अंश क्रमशः घट्दै गयो । यो नियमित प्रक्रिया हो । बैंक तथा वित्तीय क्षेत्र, रियलस्टेट क्षेत्र, टुरिजम एभिएसनदेखि लिएर टेलिकमसम्म फस्टाएका छन् । त्यति मात्रै होइन्, देशभित्र नवप्रवद्र्धकहरू पनि जन्मिए । यो कुराहरूलाई सकारात्मक तरिकाबाट हेर्नुपर्छ । सम्पूर्ण अर्थतन्त्रको संरचना नै परिवर्तन भयो ।
रोजगारी सिर्जना गर्ने एउटा मात्रै क्षेत्र हो– उत्पादनमूलक उद्योग । निर्यात गर्न पनि उत्पादनमूलक उद्योग नै चाहियो । तर, देशभित्र उत्पादनमूलक उद्योग खुम्चिँदै जानु एकदमै दुर्भाग्यपूर्ण हो । त्यसबाहेक अन्य क्षेत्रहरू व्यापक रुपमा खुल्ने वातावरण बन्यो, त्यसका पछि नीतिगत सुधार नै हो । यसमा निजी क्षेत्रको भूमिका एकदमै गहन रह्यो ।
त्यही कारणले हो, अहिले निजी क्षेत्रको आकार धेरै ठूलो भएको छ । कुनै बेला नेपालका उद्योगी व्यवसायीलाई औंलामा गन्न सकिने अवस्था थियो । अहिले हरेक क्षेत्रमा भएको उपस्थिति अर्को सकारात्मक पक्ष हो । पहिले वीरगन्ज, विराटनगर भैरहवालगायतका केही क्षेत्रमा मात्रै उद्योगी÷व्यवसायी थिए भने अहिले ५० जिल्लामा उद्योगीरव्यवसायीहरू छन् ।
शिक्षा क्षेत्र, ऊर्जा, मेडिकललागयत विभिन्न क्षेत्रमा अहिले निजी क्षेत्रले नेतृत्व गरिरहेका छन् । यदि मुलुक चलिरहेको छ भने, त्यो बेलामा गरिएका परिवर्तनहरू र फराकिलो भएको अर्थतन्त्रको दायरा नै हो । अर्थतन्त्रमा समावेश भएका विभिन्न नयाँ–नयाँ आयामका कारणले अर्थतन्त्र चलायमान छ ।
अहिले निजी क्षेत्रको आकार धेरै ठूलो भएको छ । कुनै बेला नेपालका उद्योगी व्यवसायीलाई औंलामा गन्न सकिने अवस्था थियो । अहिले हरेक क्षेत्रमा भएको उपस्थिति अर्को सकारात्मक पक्ष हो । पहिले वीरगन्ज, विराटनगर भैरहवालगायतका केही क्षेत्रमा मात्रै उद्योगी÷व्यवसायी थिए भने अहिले ५० जिल्लामा उद्योगीरव्यवसायीहरू छन् ।
हामीले रोजगारी सिर्जना गर्न सकेनौं । जुन स्केलमा नयाँ–नयाँ रोजगारी सिर्जना गर्नुपर्ने थियो, त्यो सकिएन । अहिले पनि ३० देखि ४० युवा जनशक्ति खाडीसहित मलेसियामा कार्यरत छ । त्यति नै हाराहारीमा भारतमा छन् । यो देशका लागि दुःखको कुरा हो । उनीहरूले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलिरहेको छ ।
बाहिरको रेमिट्यान्सबाट आप्रवाह हुने आयातबाट कन्जम्सन बढ्ने, त्यो कन्जम्सनबाट नयाँ प्रकारको व्यापारलाई प्रश्रय दिने, त्यसबाट राजस्व सिर्जना हुने र त्यहाँबाट राज्यको साधारण खर्चको प्रक्रिया चल्ने । यो श्रृङ्खलताले एकातर्फ मुलुकलाई धानिरहेको छ, व्यापारलाई प्रश्रय गरिरहेको छ भने अर्कोतर्फ दीर्घकालीन दिगो लगानीलाई विस्तापित गरेको स्थिति छ । रोजगारी सिर्जना गर्न अवरोध पुर्याइरहेको स्थिति छ ।
राज्यले इजी मनी पाउने भएकाले रोजगारी सिर्जना गर्नुपर्ने बाध्यताबाट राज्य मुक्त भएको छ । यो खुसीको कुरा होइन् । हामी युवा उद्यमीसँग कुरा गर्छौं । उनीहरू खुसी छन् । सन्तुष्टि छन् । नयाँ जेनेरेसनका युवाले नयाँ–नयाँ प्रविधिको माध्यमबाट विश्वको टप ¥याङ्किङ बिजनेसम्यानको पङ्क्तिमा उक्लिन खोज्छ, उसको मनमा पनि कहीँ न कहीँ चसक्क पस्छ ।
आज विश्वभर जुन प्रकारका अनुसन्धान भइरहेका छन् । नयाँ–नयाँ कम्पनीहरू बनिरहेका छन् । नयाँ क्रियाकलापहरू अघि बढिरहेका छन् । अहिले जति क्रियाकलापहरू हामी देखिरहेका छौं । व्यावसायिक पृष्ठभूमि नभएका, पुँजी पनि नभएका र विश्वप्रख्यात स्कुलमा समेत नपढेका व्यक्तिहरू आर्थिक हिसावले विश्वलाई लिड गरिरहेका छन् । त्यो अवसर नेपालीलाई पनि छ ।
(नेपाल आर्थिक पत्रकार समाजले गरेको अन्तरक्रियामा सांसदसमेत रहेका चौधरीले राखेका विचार )