काठमाडौं । नेपाल र बंगलादेश सरकार-सरकारबीच(जीटुजी) मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र(एमओयू) गर्न नेपाली टोली बंगलादेश जाने भएको छ ।
बंगलादेशबाट ५० हजार मेट्रिक टन मल खरिद गर्नका लागि प्रक्रिया अघि बढाउन र समझदारीपत्रमा हस्ताक्षर गर्न कृषि टोली बंगलादेश जान लागेको हो । टोली मंगलबार बंगलादेश जाँदैछ ।
कृषि सामग्री कम्पनीका तर्फबाट प्रवन्धक निर्देशक नेत्र भण्डारी, मन्त्रालयका सहसचिव कान्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवन्धक विष्णुप्रसाद पोखरेल, कृषि प्रसार अधिकृत अरुण जीसी लगायतको टोली बंगलादेश जानेछ ।
यसअघि एमओयूको ड्राफ्ट आदानप्रदान र हस्ताक्षर हुनेछ । मल खरिद सरकारी मुल्य दरमा खरिद गर्ने गरी एमओयू हुनेछ ।
मल खरिद सरकारी मूल्यअनुसार नै हुने र अन्य थप लाग्ने लेबी र कर लगायतका खर्च घटाएर सम्झौता कृषि सामग्री कम्पनीका प्रवन्ध निर्देशक भण्डारीले बताए ।
अहिले कम्पनीले ग्लोबल टेन्डर गरेर ल्याउने अन्तराष्ट्रिय मूल्यभन्दा सस्तोमा बंगलादेशबाट मल खरिदका लागि पहल हुने भण्डारीले बताए ।
‘ग्लोबल टेन्डरेको नजिकको मूल्यभन्दा कति घटीमा बार्गेनिङ गरेर मल ल्याउन सक्छौं, त्यही गर्ने हो । यसमा बिचौलिया पस्ने कुरा भएन् । सरकारले सरकारबीच सहमतिमै मल खरिद गर्न लागिएको हो,’ उनले भने ।
ग्लोबल टेन्डर गरेर ल्याउने अन्र्तराष्ट्रिय मुल्यभन्दा करिव ५ डलर कममै मल खरिद हुने उनले बताए ।