पछिल्लो समय होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा क्युआर कोडमार्फत भुक्तानी प्रचलन बढिरहेको छ । भुक्तानी मात्रै होइन सूचनासमेत क्यूआर कोडमार्फत नै पाउन सकिने भएको छ ।
नेपालमा मात्रै होइन विश्वव्यापी रुपममै क्युआरकोड प्रविधिको ट्रेन चलेको छ । तर, क्यूआर कोड प्रविधि के हो र कसरी काम गर्छ भन्ने विषय अन्योलता कायम नै रहेको पाइन्छ । खासगरी क्यूआर कोड भनेको क्विक रेस्पोन्स कोडको रुपमा लिन सकिन्छ ।
जसमा, सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्छ ।
दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।
पछिल्लो समय त झन स्मार्टफोनमै क्युआर कोड स्क्यानर सुविधा सहितका फिचर आउन थालेको छ । त्यसकारण क्यूआरकोड प्रविधि अझ विस्तार हुँदै गएको छ । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।
कतिपय पछिल्लो पटक भित्रिएका मोबाइलहरुमा क्यूआर स्क्यानर एप स्वत आए पनि नभएका मोबाइलमा पनि थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सकिन्छ । त्यसैगरी वाईफाई पासवर्ड, होटलका मेन्यू, कम्पनीहरुको सूचना तथा भुक्तानीको लागीपनि पछिल्लो समय क्युआर कोड प्रविधि प्रभावकारी हुँदै गएको छ ।