काठमाडौं । नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त बैठक बिहीबार बसेको छ । पहिलो दिन दुवै देशका सहसचिवस्तरीय बैठकमा नेपाल र भारतबीच ऊर्जा खरिद विक्रि, निर्यात, उच्च क्षमताका प्रसारण लाइन, इनर्जी बैंकिङ लगायतका एक दर्जन एजेन्डामाथि छलफल भएको छ ।
बैठकमा नेपालले बढी हुने बिजुली निर्यातका लागि छिट्टै कानुनी बाटो खुल्ला गर्न भारतसँग प्रस्ताव समेत गरेको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार, ‘धेरै एजेन्डामा भारतीय पक्षले सकारात्मक रहेको छ ।
यसवर्ष बढी हुने बिजुली बर्षायामअघि नै भारतीय बजारमा पुर्याउनका लागि कानुनी निकास दिन नेपाली पक्षले प्रस्ताव गरेको छ ।
भारतको ‘इनर्जी एक्सचेन्ज बजार’मा नेपाल विद्युत प्राधिकरणलाई प्रवेश दिन आग्रह गरेको छ । भारतले नेपाललाई एक्सचेन्ज मार्केटमा प्रवेश दिन ‘कन्डक्ट अफ बिजनेस रुल्स(कार्यविधि) जारी गर्नुपर्छ । छिटो ‘कन्डक्ट अफ बिजनेस रुल्स’ बनाउन भारतलाई नेपाल पक्षले आग्रह गरेको छ ।
वर्षतको समयमा बढी हुने बिजुली भारत पठाउने र हिउँदमा ल्याउन नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’ प्रणालीको कार्यान्वयनमा पनि नेपाल पक्षले जोड दिन आग्रह गरेको छ ।
बैठकमा भारत नेपाल—भारत–बंगलादेश ग्रिड कनेक्टीभिटीबारे पनि छलफल भएको ऊर्जा मन्त्रालयल स्रोतले जनाएको छ । त्यस्तै, भारतसँग न्यू बुटवल–गोरखखुर ४ सय केभी प्रसारणलाइन निर्माणका लागि भारत र नेपालको संयुक्त (जेभी) कम्पनी स्थापना गर्नेबारे पनि छलफल भएको छ ।
भारतसँग यसअघि नै यो प्रसारणलाइन नेपाल र भारतको ५०÷५० प्रतिशत लगानी रहने गरी निर्माण गर्ने सहमति भइसकेको छ । त्यसका लागि जेभी कम्पनी स्थापना गर्ने भनिएपनि अझै बनेको छैन ।
बैठकमा न्यू नौतन्वा–मैनया १३२ केभी नयाँ प्रसारणलाइन अघि बढाउने बारे पनि छलफल भएको छ । प्रस्तावित इनरुवा(न्यू पुणिर्या र न्यू लम्की(बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको अध्ययन प्रतिवेदनमाथि पनि बैठकमा छलफल भएको छ ।
दुई देशले टनकपुरबाट नेपालले एक वर्षमा निःशुल्क पाउने ७ करोड युनिट बिजुलीबाहेक अन्य बिजुली आयात भए कति शुल्क लगाउने भन्नेबारे पनि छलफल गरेका छन् ।
कैटाया कुसाहा र रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई डबल सर्किटमा विस्तारको एजेन्डाले पनि बैठक प्रवेश पाएको छ ।
शुक्रबार ऊर्जा सचिव दिनेश घिमिरे र भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइका बीच दुई देशीय संयुक्त बेठक हुने छ । सहसचिव स्तरीय बैठकमा उठेका एजेन्डाभित्र नै रहेर छलफल हुने जनाइएको छ ।