काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले नेपालका लागि बीएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ताका रूपमा गाडी बिक्रीवितरण सुरु गरेको छ ।
सोमबार भर्चुअल एक कार्यक्रम आयोजना गर्दै काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमसहित बीएमडब्ल्यू ब्राण्डको आधिकारिक बिक्री सुरु गरेको हो ।
जर्मन ब्राण्ड बीएमडब्लूलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यू एसिया र बीएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।
बीएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रियस्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूति प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो टिम तपाईंहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिबद्ध छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ।
नेपालमा बीएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्ल्यू ग्रुप एसियाका प्रबन्धनिर्देशक क्रिस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यबाट बीएमडब्ल्यू उत्साहित भएको छ ।
नेपाली बजार बीएमडब्ल्यूका लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम अहिलेको कोभिड संक्रमणसम्बन्धी सबै स्वास्थ्य प्रोटोकलहरु कायम गरी ग्राहकहरुको स्वास्थ्य एवं सुरक्षालाई उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।