काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै बन्द भएको माउण्टेन फ्लाईट शनिबारबाट पुनः सुचारु भएको छ ।
झण्डै दश महिनापछि यती एयरलाईन्सद्धारा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पहिलो पर्वतीय उडान (माउण्टेन फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको हो।
यतीले शनिबार दुईवटा वायुयान मार्फत यो पर्वतीय उडान शुरु गरेको हो । प्रत्येक शनिबार एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भएपनी यात्रुहरूको उत्साह र माग बमोजिम २ वटा उडान गरेको एयरलाईन्सले जनाएको छ ।
यति एयरलाईन्सले संक्रमण जोखिमको समयमापनि उच्च सतर्कताका साथ उडान सम्पन्न गरेको जनाएको छ ।
यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख समेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुहरुको माग बढेकोले अब प्रत्येक शनिबार एटीआर ७२ जहाज मार्फत २ वटा पर्वतीय उडान हुने जानकारी दिए ।
हाम्रो सगरमाथा कै उचाई बराबरको आकर्षक भाडादरमा २ वटा टिकट पाइने आकर्षक प्याकेज, यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी गरेको यात्रुसेवा, संक्रमण रहित उडानका लागि हामिले अपनाएका विधि र प्रक्रियाहरुप्रती यात्रुहरूको विश्वास आदि जस्ता कारणले यात्रुहरूले हामिप्रती अझ बढी विश्वास गर्नुभएको छ, यसलाई कायम राख्न हामिलाई अझ उत्साहित बनाएको छ, प्रवक्ता बर्तौलाले भने ।
बिहान ७ बजेर २० मा पहिलो उडान भरेको यतिले ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको जनाएको छ । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिक र भारतीयहरुकालागी छुट्टाछुट्टै प्यागेजल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ८ हजार ८ सय ४८ र १३ हजार २ सय ७५ रुपैयाँ भाडादर तोकेको छ ।
यतीको मोबाइल एप्स, अनलाइन मार्फत खरिद गर्दा अझ आकर्षक छुट पाईने समेत जानकारी दिएको छ । साथै पर्वतीय उडान यात्रुहरु मध्यबाट लक्कि ड्र मार्फत छानिएको एक जनाकालागि प्रत्येक हप्ता जुनसुकै गन्तव्यको एउटा निशुल्क हवाई टिकट उपलब्ध गराउने एअरलाइन्स कार्यक्रम ल्याएको छ ।