काठमाडौं । कोरोना भाइरसपछि सम्पूर्ण क्रियाकलाप अनलाइनबाटै हुन थालेपछि नेपालमा इन्टरनेट व्यान्डविथ खपत ३० प्रतिशतले बढेको छ ।
खासगरी कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि ग्राहक भिडियो कन्टेन्टमै बढी केन्द्रित भएपछि ब्यान्डविथ खपत ह्वातै बढेको हो ।
इन्टरनेट सेवाप्रदायक संघका अनुसार कोभिडपछि नेपालमा एक ग्राहकले लिने औसत इन्टरनेट स्पिड ४० एमबीपीएस पुगेको छ । यस्तो स्पिड दूई बर्ष अगाडिसम्म २० एमबपीएस थियो ।
संघका अध्यक्ष सुधीर पराजुलीले अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया तीनवटा सेवाका लागि प्रयोग भइरहेको बताएका छन् ।
जसमा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये २४ प्रतिशत गुगलतर्फ नै छन् भने १४ प्रतिशत फेसबुकका र टिकटकका लागि २१ प्रतिशत खपत भइरहेको छ । पछिल्लो समय सेवाप्रदायक कम्पनीहरूको अनुसार भिडियो सेयरिङ एप टिकटकले सर्वाधिक ब्यान्डविथ खपत गराइरहेको छ ।
पराजुलीका अनुसार लकडाउनपछि पहिलेकाे तुलनामा कम्तीमा ३० प्रतिशतले इन्टरनेट ब्यान्डविथ खपत बढिरहेको छ । अहिले नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ ।
अन्तर्राष्ट्रियसँगै आन्तरिक ब्यान्डविथको खपत लकडाउनपछि १५ सय जीबीपीएसभन्दा बढी पुगेको आइस्पानले जनाएको छ । नेपालमा सबैभन्दा बढी आन्तरिक ब्यान्डविथतर्फ फेसबुक र गुगल अगाडि छ ।
पछिल्लो समय फेसबुकले पनि भिडियो कन्टेन्टलाई नै प्राथमिकतामा राखेको छ । गुणस्तरीय भिडियो कन्टेन्टमै ग्राहक झुमिइरहेको बताउँदै सेवा प्रदायकहरू नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।
अझ कोरोना भाइरस संक्रमण फौलिएपछि सम्पूर्ण प्रक्रिया अनलाइनतर्फ नै मोडिएको कारण पनि ब्याडविथ खपत बढ्दै गएको छ ।
खासगरी कोभिड पनि अनलाइन क्लास, भर्चुअल मिटिङ तथा सभा सम्मेलनलगायत सम्पूर्ण कारोबारसमेत अनलाइनतर्फ नै केन्द्रित भइरहेको छ ।