अब नेपालीहरुले पनि अनलाइनबाटै आफूलाई सुहाउने जोडी खोज्न र रोज्न सक्ने भएका छन् ।
हापफुल टेक्नोलोजीले युवाहरुले जीवन साथी खोज्ने एप ‘पञ्चेबाजा’ संचालनमा ल्याएको हो । चाहेअनुसारको जीवन साथी खोज्नका लागि यो ‘एप’ ले पूर्णरुपमा सहयोग गर्नेे कम्पनीको भनाइ छ ।
कम्पनीका प्रमुख सन्दीप पौड्याले आईओएस र एन्ड्रोइड भर्सनमा उपलब्ध रहेको यो ‘एप’ गुगल प्ले र एप स्टोरमा गएर डाउनलोड गर्न सकिने बताए ।
उनका अनुसार १८ वर्षभन्दा कम उमेरकाले प्रयोग गर्न नसक्ने गरी विकास गरिएको सो ‘एप’ विवाहका लागि जोडी खोजिरहेका व्यक्तिहरुले आफ्नो र आफूले खोजी गरेको जोडीका बारेमा माग गरिएका सूचनाहरुसहित अकाउन्ट खोली यसमा जोडिन सक्छन् ।
पन्चैबाजा नेपाल र विदेशमा बस्ने नेपालीहरुको एउटा डेटिङ एप हो ।
छिमेकि मुलुक भारतमा यस्ता प्रकारका एप धेरै छन् । भारतमा सबैभन्दा बढी लोकप्रिय साधिडटकम नामक कम्पनी छ ।
प्रयोगकर्ताहरुले उपलब्ध गराएको विवरणको आधारमा एपले कस्तो खालको जोडी चाहिएको हो त्यसअनुसारको अप्सनका आधारमा सुझाव दिन्छ ।
एप प्रयोगकर्ताहरुले उपलब्ध गराएको विवरणको आधारमा मिल्दो जोडीका लागि रेटिङ समेत प्रदान गर्नेछ । जसमा जोडी खोज्नेहरुले आफूले खोजेको उपयुक्त जोडीको र्याङको आधारमा कुराकानी अगाडि बढाउन सक्नेछन् ।
लभ र एरेन्ज म्यारिजकोबीचमा सन्तुलन कायम गर्ने गरी यो एपमा त्यस्ता फिचरहरु समावेश गरिएको सञ्चालकहरुकमो भनाइ छ । पञ्चेबाजा एप ३ महिनापछि वेभ भर्सनमा पनि संचालनमा ल्याउने कम्पनीको तयारी छ ।
यस एपमा प्रयोगकर्ताको गोपनियतालाइ समेत ध्यानमा राखिएको निमार्ता कम्पनीको भनाइ छ । यस्तो एपको माध्यमबाट आफूसँग म्याच भएको जोडीसँग च्याट गर्नसक्ने म्यासेज पठाउन सक्ने सुविधा रहेको उपलब्ध छ ।
तर, अहिले फोटो सेयर गर्ने सुविधा भने भने छैन । यो एप स्टोरमा उपलब्ध भएको एक महिनाको अवधिमा नै १५ सयभन्दा बढी डाउनलोड भएको कम्पनीको दाबी छ ।