काठमाडौं । हामीले आफ्नो मोबाइलमा वा सिममा आफन्त साथीभाइको मोबाइल नम्बर सेभ गरेका हुन्छौं । तर, मोबाइल हराउँदा, नयाँ मोबाइल खरिद गर्दा ती नम्बरहरू कसरी सुरक्षित गर्ने भन्ने विषयमा प्रायः सबै जना अन्योलमै हुन्छौं ।
जसका कारण पुनः नम्बर सेभ गर्न र खोज्न वर्षाै लाग्छ । सजिलो तरिका नजान्दा धेरै समस्याहरू भोगिरहेका हुन्छौं । प्रायः कन्ट्याक नम्बर डिलिट हुने, नयाँ मोबाइल किन्दा पुरानो मोबाइलबाट कन्ट्याक नम्बर कसरी फिर्ता ल्याउने भन्ने समस्या अथवा खुल्दुली सबैमा हुन्छ । आफ्नो मोबाइलमा सेभ गरिएको सयौं सम्पर्क नम्बरहरू डिलिट हुनुभन्दा खराब समय अरू कुनै हुन सक्दैन ।
नयाँ मोबाइल खरिद गर्दा पुरानो मोबाइलबाट नम्बर सार्न पनि तनावकै विषय हुन्छ । तर, तरिका जानेको खण्डमा सेभ गरिएका मोबाइल नम्बर दुई सेकेन्डमै आफ्नो मोबाइलमा ल्याउन सकिन्छ । आफ्नो मोबाइलमा कसरी आवश्यक नम्बर सेभ गर्ने वा फिर्ता गर्ने भन्ने विषयमा यहाँ चर्चा गरेका छौं ।
यस्तो छ तरिका
सबैभन्दा पहिले यदि फोनबाट आवश्यक नम्बर हराइएको÷डिलिट भएको छ भने गुगलको सहायता लिन जरुरी छ । यदि तपाईंले गुगल ड्राइभमा सम्पर्कहरू ब्याकअप लिनुभएको छैन भने तपाईंले तुरुन्त ब्याकअप लिनुपर्ने हुन्छ ।
सबैभन्दा पहिले तपाईंले आफ्नो मोबाइलमा आफ्नो इमेल अकाउन्ट खोल्नुपर्ने हुन्छ । यदि खोल्नुभएको छ भने आईडी र पासवर्ड हाल्न सक्नुहुन्छ ।
त्यसपछि मोबाइलमा सिम कार्ड सम्पर्क नम्बरहरू सेभ गर्ने अप्सनमा जानुपर्ने हुन्छ । अप्सनमा गएपछि सिमकार्ड अथवा इमेलमा सेभ गर्ने भन्ने अप्सन आउँछ ।
उक्त दुईवटा अप्सनमध्ये इमेल छनोट गरेर कन्र्फम गर्नुपर्ने हुन्छ । त्यसपछि फोन हराएमा वा नयाँ फोन लिए पनि सजिलै कन्ट्याक नम्बर रि–स्टोर गर्न सकिन्छ । इमेलमार्फत पुरानो सम्पर्क नम्बरहरू पनि एक एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुनस्र्थापना गर्न सकिन्छ ।
तपाईंको गुगलमा जिमेल आईडीमार्फत कन्ट्याक नम्बरहरू यसरी एक्सपोर्ट गर्न सकिन्छ । सुरुमा तपाईंको मोबाइल सेटिङमा गएर कन्ट्याक्टस (सम्पर्क) सेटिङमा जानुहोस् । त्यहाँ एसपोर्टको विकल्प देख्न सकिन्छ । कुन खाताबाट सम्पर्कहरू ब्याकअप गर्ने छनोट गर्न सक्नुहुनेछ । त्यसपछि फाइलमा एक्सपोर्ट गर्नुहोस् र सम्पर्कहरू ब्याकअप बन्नेछ ।
जब तपाईं नयाँ स्मार्टफोनमा गुगल खाता सेटअप गर्दै हुनुहुन्छ । त्यसबेला गुगलले तपाईंलाई सोध्नेछ कि तपाईं फोनको डाटा गुगल ड्राइभमा ब्याकअप गर्न चाहनुहुन्छ भनेर ? यहाँ तपाईंले ट्यागल गर्नुपर्नेछ ।
त्यसपछि सेटिङमा गएर व्याकअप टाइप गरी अटो ब्याकअप अप्सन क्लिक गर्नुपर्छ । त्यसपछि तपाईंले सेभ गर्नुभएको सबै नम्बरहरू गुगल ड्रइभमा गएर बस्ने छन् ।