काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्न १५ करोड ६० लाख डलर अर्थात करिa १८ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ ।
बिजुलीको पहुँच विस्तार गर्न र ग्रीड आपूर्ति नभएका क्षेत्रमा विश्वसनीय र भरपर्दो बनाउन एडीबीले सो ऋण स्वीकृत गरेको हो ।
उक्त ऋण सहयोगबाट देशभरि ग्रिड सवस्टेसनहरूको स्वचालन, विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गर्ने, काठमाडौं उपत्यकामा स्मार्ट मिटरको जडान पूरा गर्ने, क्षेत्र सुधार र नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणलाई आर्थिक सहयोग पुर्याउनेछ।
बिजुली ग्रिड आधुनिकीकरण परियोजनाले वितरण तथा प्रसारण प्रणालीलाई भरपर्दो बनाउनका लागि सहयोग गर्नेछ । एडीबीले ऊर्जा क्षेत्रको प्रमुख नीति र संस्थागत सुधारमा सक्रियताका साथ संलग्न दातृ निकाय हो ।
‘यो परियोजनाले देशमा भरपर्दो र दक्ष बिजुली आपूर्ति गर्न हाम्रो सहयोगलाई निरन्तरता दिएको छ,’ एडीबीका प्रमुख उर्जा विशेषज्ञ जीवन आचार्यले भने । ‘यसबाहेक, यो परियोजनाले नेपाललाई यसको महामारीको आर्थिक पुनर्निर्माणमा अझ राम्रो बनाउन तयार पार्नेछ।’
यस परियोजनाले अन्यमध्ये ३४/३४ वटा विद्यमान ग्रिड सबस्टेसनहरू स्वचालित बनाउनेछ । २२० केभी र १३२ केभी स्वचालित ग्रिड सबस्टेशनहरू स्थापना हुनेछ । कुल ११३ किलोमिटर नयाँ प्रसारण लाइनहरू निर्माण गर्नेछ । विद्यमान प्रसारण लाइनहरूको १४४ किलोमिटर अपग्रेड गर्नेछ ।
काठमाडौं उपत्यकामा ३ लाख ५० हजार बिजुली उपभोक्ताहरूको लागि स्मार्ट मिटरको जोडिनेछ । काठमाडौंमा विद्युत् वितरण प्रणाली कमाण्ड र नियन्त्रण केन्द्र पनि निर्माण गरिनेछ ।