नेपाल उद्योग वाणिज्य महासंघमा तीन कार्यकाल सदस्य भएर काम गरिसकेका अनुभवी उम्मेदवार हुन् शाहिल अग्रवाल । विभिन्न समितिमा बसेर आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गरेका अग्रवाल यस पटक पनि एसोसिएट्तर्फबाट कार्यकारीणी सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् ।
नेपालको पायोनियर व्यावसायिक घराना शंकर ग्रुपको नेतृत्व गरिरहेका अग्रवाल लगानीमैत्री वतावरण बनाउन, व्यवसायीका समस्या समाधान गर्न र अनुकूल नीति बनाउन सरकारसँग पहल तथा लविङ गरिरहने उद्योगीको रुपमा चिनिन्छन् ।
त्यति मात्रै होइन्, अग्रवालले सानादेखि ठूला उद्योगीको समस्यालाई सहजै बुझ्ने र निराकरण गर्नेतर्फ पनि लाग्छन् । किनभने, उनको हरेक प्रकारको व्यवसाय छ ।
उत्पादनमुलक, ट्रेडिङ, बैंक तथा वित्तीय क्षेत्र, उर्जालगायत दर्जर्नौ क्षेत्रमा भएका समस्या अग्रवाल सहजै बुझ्न सक्ने उद्योगी हुन् । ‘आफ्नो संग्लनता सबै क्षेत्रमा भएकाले होला सानादेखि ठूला उद्योगको पीडा सहजै बुझ्न सक्ने क्षमता ममा छ,’ एसोसिएट्तर्फका सदस्यका उम्मेदवार अग्रवालले भने, ‘महासंघमा बसेर काम गरेको मेरो लामो अनुभव छ । त्यो अनुभवलाई त्यही लगाउने र व्यवसायीको हकहीतमा काम गर्ने सोच छ ।’
अर्को कुरा, व्यवसायका लागि भनेर नयाँ नयाँ कानुनहरु बनाइरहेको हुन्छ । ती कानुनहरु कतिको व्यवसायमैत्री छन्, भनेर हेर्ने र व्यवसायीको अहित गर्ने कानुन बन्न लागेमा त्यसलाई सच्याउनेतर्फ मेरो ध्यान केन्द्रित हुन्छ ।
अहिले उद्योगीलाई नाफाखोर भनेर चित्रित गरिन्छ । नाफा कमाउन अपराध होइन् । सरकारले बनाएको नियमभित्र बसेर नाफा कमाउँदा अपराधीको सूचीमा राख्ने जुन अहिलेको प्रथा छ, यसलाई हटाउन र नाफा कमाउनु अपराध होइन भनेर बुझाउन पनि मेरो उम्मेदवारी हो । उद्योगीले नाफा कमायो भने अर्को उद्योग लगाउने हो, नयाँ रोजगारी सिर्जना गर्ने हो, सरकारलाई थप राजस्व तिर्ने हो ।
अहिले पनि उद्योगी र सरकारबीच कही न कही एउटा दूरी कायम छ । सरकार र उद्योगीबीच दूरी हुनु हुँदैन । संगसँगै अघि बढ्नु पर्छ । त्यो वातावरण बनाउन मेरो पहल हुन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा साना व्यवसायीको ठूलो जमात छ । उनीहरुको संरक्षण र प्रवद्र्धन पनि महासंघले नै गर्नुपर्छ । उनीहरुलाई संरक्षण हुने खालको कानुन बनाउनेदेखि उनीहरुको हितमा काम गर्न आफू लाग्ने अग्रवालले बताए ।
व्यवसायमा अव्वल रहेका, एसोसिएट् सदस्यको एजेण्डा राम्ररी बुझेकाले र ठूलादेखि मझौला सबै व्यवसायीको हक लाग्ने उनको भनाइ छ ।
हामी सबैको अनुभवलाई महासंघ र व्यवसायीको हितमा काम गर्न प्रयोग गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो, हामी सबै नै उद्योग व्यवसाय गर्ने वातावरणलाई अझ सहज र सबल बनाउन आफ्नो समय र अनुभव दुवैको योगदान गर्न अगाडि सरेका हौं सदस्यका उम्मेदवार अग्रवालले भने ।
अग्रवाल नेपालको पायोनियर व्यावसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक हुन् । स्टिल, सिमेन्ट, खानी, उर्जा, एफएमसीजी, कृषि, टोबाको, स्प्रिट, अटोमोबाइल्स्, प्लास्टिक, टेक्सटाइल, हस्पिटालिटी, रियलस्टेटलगायत दर्जनभन्दा बढी व्यवसायलाई उनले सफलतापूर्णक अघि बढाएका छन् । महासंघमा एसोसिएट्तर्फबाट यस अघि पनि कार्यसमिति बसेर काम गरिसकेका व्यक्ति हुन् शाहिल । उनीसँग महासंघमा बसेर काम गरेको लामो अनुभव छ ।
अग्रवाल एसाेसिएटतर्फबाट सदस्यका उम्मेदवार हुन् ।