काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले स्मार्ट ग्रीडलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
विद्युत् ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत आपूर्ति सहितको आधुनिक सेवाका लागि नेपाल विद्युत प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणा अघि बढाएको हो ।
एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले हाल काठमाडौंको रत्नपार्क तथा महाराजगंज विद्युत वितरण केन्द्रमार्फत विद्युत उपभोक्ताहरुलाई ‘एनइए डिजिटल क्याम्पेन’अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तिब्रता दिइरहेको छ ।
स्मार्ट मिटर जडान कार्यलाई देशभरका वितरण केन्द्र तथा ग्राहकसम्म पु¥याइने लक्ष्य रहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आज आयोजित वेविनार कार्यक्रममा बोल्दै शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए ।
प्राधिकरणले पहिलो चरणमा एकलाख घरायसी ग्राहकलाइ स्मार्ट मिटर दिने जनाएको छ ।
डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो । प्राधिकरणकै मास्टर प्लान अनुसार हाम्रा सवै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधि मैत्री (डिजिटलाइज्ड एनइए) बनाउनका लागि काम गरिरहेको शाक्यले बताए ।
एसियाली विकास बैक (एडिवी) नेपाल कन्ट्रि मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युतको क्षेत्रलमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको बताए
एडिवीका दक्षिण एसिया विभाग हेर्ने मुख्य उर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त उर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत क्षेत्रले धेरै महत्वपूर्ण चुनौतिहरूको सामना गरिरहेको बताए ।
हाल विश्वमा विद्युतको ल्याण्डस्केप नै परिवर्तन भइरहेकाले विद्युत वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, प्रविधिको उच्चतम प्रयोग, नियामक निकाय लाईसमेत सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत वितरणमा सहजता, सुविधा तथा सुुरक्षा पनि हुन्छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुपहाल काठमाण्डौ उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युतको तार भूमिगतको काम भइरहैको जानकारी दिए ।
रत्नपार्क र महाराजगंज बितरण केन्द्रहरु अन्तर्गत रहेका ग्राहकहरुको सर्भे कार्य संम्पन्न गरी मिटर जडान कार्य समेत शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान समेत भैसकेको सिलवालले जानकारी दिए ।
एडिवीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाण्डौ उपत्यकाका करिव ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ ।