काठमाडौं । नेपालमा कोरोना भाइरस फैलिनुअघि होटल तथा रेष्टुराँहरूका टेबल खाना–खाजाका ‘मेन्यु’ले सजिएका हुन्थे । वेटर हातहातमा खानाको मेन्यु बोकर गेष्टको सामुन्ने उभिरहन्थे थरीथरीका परिकार र मूल्य सूचीले भरिएका त्यस्ता मेन्युुले नै सबैभन्दा पहिला ग्राहकको ध्यान खिचेको हुन्थ्यो । सोधपुछ गरेर खाना अर्डर गर्नुभन्दा मेन्युका मध्यमबाट आपूmलाई मन परेको परिकार अर्डर गर्न सहज नै हुने कारण पनि ग्राहकको रोजाइ यसतर्फ नै छ ।
तर, पछिल्लो समय खासगरी कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनपछि होटल तथा रेष्टुराँ नयाँ व्यवस्थापनसहित ‘कम–व्याक’ भएका छन् । कोरोनाका कारण ६ महिनाभन्दा बढी समय बन्द भएर पुनः सञ्चालनमा आएपछि डिजिटल सेवामा प्रेरित भएका हुन् ।
डिजिटलसँगै कोरोना भाइरस संक्रमणबाट जोगिन होटल तथा रेष्टुराँहरूले फरक तरिका र व्यवस्थापनलाई पनि अंगालेका छन् । योसँगै होटल तथा रेष्टुराँले कारोना भाइरस जोखिमलाई ध्यानमा राख्दै क्यासलेस र पेपरलेस सेवामा अगाडि बढेका हुन् ।
अहिले होटल/रेष्टुराँमा खाना तथा खाजाको पेपर मेन्यु देख्दिैनन् । ग्राहकले क्युआर कोर्डमार्फत नै परिकारहरू हेर्न र अर्डर गर्न सक्ने भएका छन् । ग्राहकले अब मेन्यु छोडेर क्युआरकोर्ड स्क्यान गरेर खाना मगाउनु पर्ने हुन्छ । होटलको टेबलहरूमा क्युआर कोर्ड बोर्ड राखेका छन् । क्युआर कोर्ड बोर्ड मात्रै होइन केही रेष्टुराँले डिजिटल टेबलबाटै सबै परिकार अर्डर गर्न मिल्ने प्रविधि ल्याइसकेका छन् ।
होटल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले कागज तथा लेमिनेसन भएका मेन्यु कोरोना संक्रमण सन्त्रासको कारण हटाउँदै त्यसको विकल्पमा क्युआर कोर्ड प्रविधिनै उपयुक्त रहेकाले सबै होटल तथा रेष्टुराँले यस्तो प्रविधि अपनाउन लागेको बताउँछन् ।
‘ठूला होटलहरूमा सुरुवाती दिनदेखि नै क्यासलेस र मेन्युलाई प्रविधिमैत्री बनाएर अगाडि बढे पनि साना खालका होटल तथा रेष्टुराँहरू पनि कोरोना भाइरसका कारण प्रेरित भइरहेको छन्,’ शाक्यले भने ।
उनका अनुसार डिजिटल प्रविधिमा सेवा दिन नसक्ने त्यस्ता होटल रेष्टुराँले ग्लासको मुनि ग्राहकले देख्ने तबरबाट पनि मेन्यु राख्ने गरेका छन् । महामारीका कारण घाटामा गइरहेका होटल रेष्टुराँ व्यवसायीहरूले पनि विस्तारै नयाँ प्रविधिलाई अपनाउँदै लैजाने शाक्यको भनाइ छ ।
पछिल्लो समय नयाँ आएका रेष्टुराँहरूले रोवर्ट राखेर पनि सेवा दिँदै आएका छन् । नौलो केकेएफसीलगायतले रोवोर्टलाई वेटरको रूपमा परिचालनसमेत गरिरहेका छन् ।
त्यसैगरी एटीएम कार्ड स्वाइप, क्युआर कोडको प्रयोगमार्फत साना तथा ठूला होटल ÷रेष्टुराँहरूमा भुक्तानीको नयाँ ट्रेन चल्दै आएको छ । ग्राहकहरू पनि रेष्टुराँमा खानका लागि क्यास नभई डिजिटल भुक्तानीतर्फ नै आकर्षित छन् । अझ भन्ने हो भने डिजिटल वालेटबाट पनि सीमित होटल तथा रेष्टुराँमा भुक्तानी गर्ने सकिने व्यवस्था हुँदै आएको छ ।
अर्कोतर्फ ई–कमर्स कम्पनीले मोबाइल एपमार्फत घर घरमै विभिन्न रेष्टुराँका परिकारको स्वाद पस्किँदै आएका छन् । अहिले खाना डेलिभरि गर्ने कम्पनी फुडमान्डु, डल्ले, पठाओलगायतले खाना तथा खाजा घर–घरमै पु¥याउने सेवा उपलब्ध गराइरहेका छन् ।
नौलो रेष्टुराँका सञ्चालक विनय राउतले विदेश जस्तै नेपालमा पनि होटल तथा रेष्टुराँमा नयाँ–नयाँ प्रविधिलाई भित्र्याउँदै अगाडि बढ्नुपर्ने बताए । ‘नेपालमा अहिले केही बाहेक पुरानै शैलीमा व्यवसाय सञ्चालन भइरहेको छ,’ राउतले भने, ‘टेक्नोलोजीलाई पच्छाउँदै अपनाउन नसकेको खण्डमा सबै क्षेत्र पछि पर्छन् ।’