काठमाडौं । कोरोना कहरका कारण यस वर्ष निर्माण सामग्रीमध्ये प्रमुख वस्तुका रुपमा प्रयोग गरिने इँट्टा उत्पादन गर्ने उद्योगहरु नचल्ने भएका छन् । इँट्टा उद्योग नचल्ने भएपछि इँट्टाको भाउसमेत निरन्तर उचालिँदै गएको छ ।
खासगरी, कोरोना कहरले मजदुर र कोइला व्यवस्थापनमा समस्या भएपछि इँट्टा उद्योगहरुले यस वर्ष उत्पादन बन्द गर्ने निर्णय गरेका हुन् । यस वर्ष इँट्टा उद्योग नचल्ने भएपछि पुरानो इँट्टा सीमित रहेका र सो इँट्टा आगामी एक वर्षसम्म पु¥याउनुपर्ने भन्दै व्यापारीहरुले मूल्य बढाएर बिक्री गरिरहेका छन् ।
अहिले नै पनि ‘सिजन’को भन्दा धेरै माथि नै मूल्य पुगिसकेको छ । अझै मुल्य बढ्ने इट्टा व्यवसायीहरुले बताएका छन् । सिजन(पुसदेखि जेठसम्म) मा औसतमा प्रतिगोटा १० देखि १३ रुपैयाँ पर्ने इँट्टाको मूल्य अहिले १३ देखि १६ रुपैयाँसम्म पु¥याइसकेका छन् ।
अहिले इँट्टाको मूल्य १५ प्रतिशतले बढिसकेको नेपाल इँट्टा उद्योग व्यवसायी महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए । उनले अझै ५–१० प्रतिशतसम्म बढ्ने बताए ।
इँट्टा उद्योगको काम सामान्यतया सिजनमा मात्र हुन्छ । माटोको काम भएकाले वर्षा लागेपछि इँट्टा उत्पादनको काम हुँदैन । गत वर्ष चैतदेखि नै कोरोना कहरले मुलुक बन्दाबन्दी(लकडाउन)मा परेपछि इँट्टा उद्योग बन्द भएका थिए ।
त्यतिबेला नै इँट्टा उत्पादन नै कम भएको थियो । खासगरी, २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण पुनःनिर्माणको काम तीव्र गतिमा भएको थियो । तर, बढ्दो कोभिड-१९ संक्रमणसँगै निर्माणको कामसमेत ओझेलमा पर्दै आएको छ ।
व्यक्तिगत मात्र होइन्, संस्थागत कामहरु पनि अघि बढ्न सकेको छैन । यस्तो बेला निर्माणको प्रमुख साधन मानिने इँट्टा उत्पादन नहुँदा आगामी दिनमा निर्माण प्रभावित हुने निश्चित छ ।
इँट्टा उद्योग नचल्दा निर्माणको सामग्री मात्र अपर्याप्त हुने होइन्, त्यसले मजदूरहरुको रोजीरोटी पनि खोसेको छ । एउटा इँट्टा उद्योगमा कम्तीमा ४०० जना मजदुरले ६ देखि ८ महिना काम गर्दथे । र, उनीहरुले त्यही आम्दानीबाट वर्षभरिको खर्च चलाउँथे ।
नेपालभर करिव १२०० इँट्टा उद्योग छन् । यसआधारमा हेर्दा, करिब ५ लाख मजदुरहरुको यस वर्ष काम खोसएको छ । उनीहरुले एक सिजनमा कम्तीमा ३ लाख देखि ७ लाखसम्म आम्दानी गर्थे । काम नहुँदा उनीहरु के गरेर बस्ने भन्ने समस्यासमेत सिर्जना भएको छ ।
इँट्टा उद्योगमा काम गर्ने मजदुरमध्ये ७० प्रतिशत भारतीय र ३० प्रतिशत स्वदेशी छन् । भारतीय मजदुर सीमा बन्दका कारण आउन नपाउँदा इट्टा उद्योग खुल्ने सम्भावना हराएको हो । अर्कोतिर, इँट्टा उद्योगहरुले इँट्टा पोल्न कोइलाको प्रयोग गर्ने गर्छन् ।
त्यो कोइलासमेत भारतबाट नै आयात गर्नुपर्छ । कोरोना कहरका कारण कोइला आयातमा समेत समस्या भएकाले इँट्टा भट्टा नचालउने निर्णय भएको चित्रकारले बताए ।
उद्योग सञ्चालनमा ल्याउने बित्तिकै कच्चा सामग्री खरिद, मजदुरलाई पारिश्रमिक, भाडा, बिजुली तथा पानीमा समेत खर्च गर्नुपर्छ । लामो समयसम्म कोरोना महामारीका कारण इट्टा भट्टाको कारोबार ठप्प हुँदा सो खर्चबापतको लगानी व्यवसायीसँग छैन ।
‘अहिले हाम्रो समस्या भारतीय मजदुर सहज रुपमा ल्याउन सहयोग गर्नुपर्यो । स्वदेशी मजदुरलाई ल्याउन पनि सकेका छैनौं ।’ उनले भने, ‘पहिले जुन धितो राखिएको थियो, त्यसअनुसार नै कर्जा वा लोनको व्यवस्था गरिदिनुपर्यो ।’ बन्द उद्योग चलाउन सस्तो ब्याजदरमा ऋण दिन व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
उनका अनुसार, ८० प्रतिशत इँट्टा उद्योग घाटामा छ । ‘अहिले सतप्रतिशत इँट्टा भट्टा उद्योग बन्द भइसकेँ । ५० प्रतिशत उद्योग पुँजीका कारण पलायन भइसके’ उनले भने ।
इँट्टा उद्योग नचल्दा सतहमा मजदुरलाई मात्र समस्या परेको जस्तो देखिए पनि यसले सम्पूर्ण निर्माण क्षेत्रलाई प्रभावित बनाउने भएको छ । इँट्टा अभाव हुँदा इँट्टा प्रयोग गरेर गरिने अधिकांश निर्माणका काम रोकिनेछन् ।
व्यक्तिगत तथा संस्थागत भवन, सडक पर्खालको काम, ढल निर्माणको काम, जलविद्युत् आयोजना निर्माण लगायतको काम प्रत्यक्ष प्रभावित देखिन्छ ।
‘