नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भएअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । यसैगरी आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारले निर्वाचनका लागि तयारी गरिरहेको अवस्थामा महासंघकी अध्यक्ष भवानी राणा भने दुवैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउँदै आएकी छिन् ।
कोभिडबाट व्यावसायिक क्षेत्रमा असर परेको परिस्थितिमा सरकारसँग समन्वय गरेर अघि बढ्न सक्ने व्यक्ति र समूह नै महासंघको नेतृत्वमा आउनुपर्नेमा समेत अध्यक्ष राणाले जोड दिइकी छिन् । यस्तै महासंघ भित्रको राजनीति र गुटलाई अन्त्य गर्ने गरी कम्तीमा पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको आधारमा उम्मेदवारी दिने कुरामा आफूले छलफल अघि बढाएको उनीले बताएकी छिन् । महासंघको महाधिवेशन र चुनावको विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले अध्यक्ष राणासँग गरेको कुराकानी ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रूपमा उत्तराद्र्धमा हुनुहुन्छ । कस्तो रह्यो यहाँको कार्यकाल ?
मेरो कार्यकाल कोभिडले गर्दा केही लम्बिएको छ । मेरो कार्यकालमा थुप्रै नयाँ योजनाहरू नयाँ कार्यक्रमहरू गर्याैं । महासंघलाई राष्ट्रिय तहमा र अन्तर्राष्ट्रिय तहमा बलियो बनाउन कार्यक्रमहरू गर्नका लागि थुप्रै किसिमका क्रियाकलापहरू भएका छन् । देश–विदेशका भ्रमणहरू पनि यो पालि वर्ष मै दुई तीनपटक भएको छ । जस्तै प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग बाहिर गएर हामीले अन्तरक्रिया गर्ने मौका पायौं । भारत, चीन, युरोपमा गएर पनि नेपालमा व्यवसाय गर्नका लागि राम्रो वातावरण छ भनेर जानकारी गराउने मौका पनि पायौं ।
तपाईंले आफ्नो कार्यकालमा आत्मसन्तुष्टि हुने खालको कुनै काम भएको छ ?
मेरो कार्यकालमा जुन निरन्तर हुने कार्यहरू हुन्छन, नीतिगत रूपमा सुझावहरू दिने र व्यवसाय गर्ने वातावरण निर्माण गर्नका लागि पहल गर्ने किसिमको कुरामा अगाडि बढ्यौं । मेरो कार्यकालमा नेपाल प्रादेशिक रूपमा अर्थात संघीयतामा गएकाले हामीले सातवटै प्रदेशका सरकारसँग पनि समन्वय गर्नुपर्छ भनेर प्रदेशको मुख्यमन्त्रीहरूसँग पनि हामीले सम्झौता गर्याैं । उद्योग वाणिज्य महासंघको पनि सातवटै प्रदेशमा शाखा कार्यालय पनि खोल्यौं । महासंघको प्रदेश शाखामार्फत त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउनका लागि विभिन्न निकायहरूसँग समन्वय गर्ने कामहरू पनि अघि बढायौं ।
महासंघले गर्नैपर्ने तर समय अनुकूल नमिलेर गर्न नसकिएका कामहरू केही बाँकी छन् ?
उद्योग वाणिज्य महासंघमा नेतृत्व लिएपछि कुनै पनि काम सिद्धिदैन । निरन्तर अघि बढ्ने कामहरू छन् । व्यावसायिक हक हितका लागि, व्यवसाय गर्ने वातावरण बनाउनका लागि, स्वदेशी लगानीलाई कसरी विस्तार गर्ने, वैदेशिक लगानी कसरी भित्र्याउने भन्ने कुरा निरन्तर रूपमा हुने काम हो । अबको नेतृत्वले पनि त्यो गर्नुहुन्छ । सरकारबाट लगानी सम्मेलनको पनि आयोजना भएको थियो जहाँ महासंघ पनि आबद्ध भएको थियो ।
सरकारको यस्ता थुप्रै किसिमका कार्यक्रमहरू विभिन्न मन्त्रालयहरूसँग जस्तै उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालयसँग मिलेर सामाजिक सुरक्षाका कुराहरू यसैपटक अघि बढ्यो र नयाँ ढंगले सरकारले गरेको कार्यहरूमा महासंघले पनि हातेमालो गरेर अघि बढ्यो । सँगसँगै थुप्रै नीतिहरू जुन परिमार्जन गर्नुपर्ने थियो लगानीको वातावरण बनाउनका लागि त्यो कुरामा पनि हामीले सरकारलाई थुप्रै सुझावहरू दियौं ।
अहिले अन्तिममा आउँदा कोभिडले गर्दा विश्वलाई नै सिथिल पारेको र नेपाल सानो अर्थतन्त्र भएकाले हामीमा थुप्रै चुनौतीहरू पनि छन् ।
बजेट ल्याउँदा हामीले सुझावहरू पनि दियौं । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने कुराहरू भएको छ । तर, यो पनि अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अब आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले पनि महासंघमा हुन्छु र सहयोग गर्छु ।
बजेट ल्याउँदा हामीले सुझावहरू पनि दियौं । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने कुराहरू भएको छ । तर, यो पनि अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अब आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले पनि महासंघमा हुन्छु र सहयोग गर्छु ।
कोभिडको कारणले विश्वभरको अर्थतन्त्रमा असर परेको छ । अब अर्थतन्त्रको पुनरउत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कुराहरू के–के देख्नुभएको छ ?
निजी क्षेत्रले गर्नुपर्ने कुराहरूमा केभिड सुरु हुने बित्तिकै सरकारसँग सहकार्य गरेर हामीले काम अघि बढाएका थियौं र यस्तो बेलामा आपूर्ति सहज गर्नका लागि जिल्ला–जिल्लाका उद्योग वाणिज्य संघहरूलाई क्रियाशील बनाएर उपभोक्तालाई आपूर्ति सहज होस भनेर खाद्यान्नका कुरा, अति आवश्यक वस्तुका कुरा र त्यसमा अति अप्ठेरो अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको र आफ्नो उद्योगहरूलाई निरन्तरता दिन नाफाभन्दा पनि उद्योगधन्दा बन्द नहोस् । त्यहाँ रोजजारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रित छ । त्यसकारण त्यसका लागि निजी क्षेत्र मात्र होइन सरकारले पनि सहयोग गर्नुपर्छ ।
यसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सकिँदैन ?
अल्पकालका लागि हामीले मौद्रिक नीतिमार्फत गयौं, त्यसले मात्रै पुग्दैन । किनभने अहिले पनि कोभिडको असर निरन्तर भइरहेको छ । अहिले बन्द खुलेको छ तर पनि जति सहज रूपमा उद्योगहरू चल्नुपर्ने हो नचलेको अवस्था छ । यस्तो अवस्थामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ र लगानी विस्तार गर्नुपर्छ । ठूलो–ठूलो आयोजनाहरू जुन जलविद्युत क्षेत्रको कुरा अघि बढेको छ, राष्ट्रिय स्तरका ठूला आयोजनाहरू छन् त्यसलाई छिट्टै सिध्याउने हिसाबमा सरकार पनि जानुपर्ने हुन्छ ।
अहिले बजारमा पुँजीको कमी छ त्यसले गर्दा सरकारबाट गर्नुपर्ने खर्चलाई पनि समयमा गर्न सक्यो भने बजारमा पुँजीको अभाव हुँदैन । सबैभन्दा ठूलो समस्या भनेको उधारो नै उठिरहेको छैन । त्यसले गर्दा उद्योग व्यवसायलाई एकदमै अप्ठेरो परेको अवस्था छ । सरकारले मौद्रिक नीतिमार्फत गर्नुपर्ने पुनर्कर्जाका कुराहरूमा साना तथा मझौला व्यवसायलाई राम्रो नीति लिएर आएको छ । तर, कार्यान्वयन पक्षमा कताकता अझ पनि राम्रोसँग हुन नसकेको अवस्था छ ।
अहिले गभर्नरले ल्याउनुभएको सहुलियतका कुराहरूलाई हामीले स्वागत पनि गरेका छौं । त्यसलाई अझ दीर्घकालीन योजना बनाउनुपर्ने समय आएको छ । सरकारले बाहिरबाट लगानी भित्र्याउनुपर्ने कुराहरू, पुँजी पनि भित्र्याउनुपर्याे । त्यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ र निजी क्षेत्रले गर्नुपर्ने सहयोग त सरकारलाई गरिनै रहेको छ ।
उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनाव नभई वरिष्ठ उपाध्यक्षको चुनाव हुन्छ । यो चुनावलाई कसरी हेरिरहनु भएको छ ?
म महासंघमा भएको झन्डै १५ वर्ष भइसक्यो । पहिले–पहिले अध्यक्षकै निर्वाचन हुन्थ्यो । म पनि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएर नै अध्यक्षमा पुगे । पछिल्लो समयमा महासंघमा धेरै राजनीति भयो त्यसकारण अध्यक्षभन्दा पनि वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भइसकेपछि अलिकति राजनीति कम हुन्छ र काम गर्न सकिन्छ भन्ने हो । किनभने उद्योग वाणिज्य महासंघ भनेको सरकार पछिको ठूलो सञ्जाल भएको संस्था हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि छ ।
वरिष्ठ भएर आइसकेपछि उसले भोलि अध्यक्ष बन्छु भनेर महासंघको संस्थागत रूपमा गर्नुपर्ने कामदेखि लिएर सरकारसँग गर्नुपर्ने कामहरूका कुराहरूलाई सहज ढंगबाट गरोस् । वरिष्ठ उपाध्यक्ष राजनीतिमा नमिसियोस र भोलि आउने दिनमा फेरि निर्वाचन हुँदा राजनीतिको कारण वरिष्ठ भइसकेको व्यक्ति निर्वाचित नहुन सक्छ अर्को नयाँ मान्छे आउन सक्छ त्यसकारणले वरिष्ठ भएकोलाई अध्यक्ष बनेर काम गर्ने प्रक्रिया सुरु गरेका थियौं ।
यो सुरु गर्दा कति राम्रा पक्षहरू पनि छन् कति ठाउँमा निर्वाचन अध्यक्षकै हुनुपर्छ अझ राजनीति भयो भन्ने कुराहरू पनि आइरहेको छ । त्यसले गर्दा मलाई लाग्छ यो साधारणसभाले वा जिल्ला, वस्तुगत, र एसोसिएट्सका सदस्यहरूले जे चाहनुहुन्छ त्यही हुन्छ । विधान भन्ने कुरा त समयअनुसार र सदस्यहरूको सुझावअनुसार परिवर्तन भइराख्ने कुरा हो ।
अहिले एक अर्कालाई निर्वाचन गरेर हिँड्नुभन्दा पनि मेलमिलाप गरेर अघि बढ्यो भने ठीक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरू छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँ पनि महासंघलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने राम्रो हुन्छ ।उहाँहरूका लागि पनि र महासंघका लागि पनि एक जनालाई गुमाउनु भनेको पनि महासंघले एउटा असल उद्यमी जसले उद्योग व्यवसायका लागि लडन सक्छ, उद्योग व्यवसायलाई अझ अघि बढाउन सक्छ ।
संस्थाको अभिभावकीय भूमिकामा हुनुहुन्छ । निर्वाचन आफैंमा पनि प्रजातन्त्रिक प्रक्रिया हो । चुनावको समय छ । दुवै उम्मेदवार आशीर्वाद लिन आउनुभएको होला । के आशीर्वाद दिनुभएको छ ?
निर्वाचन आफैंमा प्रजातन्त्रिक प्रक्रिया हो र हुनु पनि पर्छ । किनभने प्रतिस्पर्धामा गएर अघि बढ्यो भने राम्रो पनि हुन्छ । कतिपय समयमा मेलमिलाप गरेर पनि अघि बढ्नुपर्छ । जस्तै उद्योग वाणिज्य महासंघको इतिहासमा पनि थुप्रै अध्यक्षहरू हुनुहुन्छ जसलाई एकपछि अर्को गरेर मिलाएर लगेका छौं ।
उद्योग वाणिज्य महासंघमा पुग्दा हामी पनि आफ्नो समयलाई योगदान गरेर, आफ्नो हरेक आर्थिक गतिविधि र सामाजिक काम छाडेर उद्योग वाणिज्य महासंघलाई सतप्रतिशत समय दिएको हुन्छौं । त्यही भनेर नै त्यहाँ नेतृत्वहरू आएका हुन्छन् । अहिले पनि निर्वाचन प्रजातान्त्रिक ढंगबाट हुनुपर्छ भन्दाभन्दै पनि मिल्ने पक्षमा जानुपर्छ भन्ने कुरामा म पनि व्यक्तिगत रूपमा सोच्छु । किनभने अहिले कोभिडको बेला पनि छ ।
अहिले एक अर्कालाई निर्वाचन गरेर हिँड्नुभन्दा पनि मेलमिलाप गरेर अघि बढ्यो भने ठीक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरू छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँ पनि महासंघलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने राम्रो हुन्छ ।
उहाँहरूका लागि पनि र महासंघका लागि पनि एक जनालाई गुमाउनु भनेको पनि महासंघले एउटा असल उद्यमी जसले उद्योग व्यवसायका लागि लडन सक्छ, उद्योग व्यवसायलाई अझ अघि बढाउन सक्छ । सरकारसँग समन्वय गरेर काम गर्न सक्छ । होइन भने महासंघलाई अघि बढाउने शक्ति गुमाउँछ । त्यसले गर्दा दुवै जनालाई मिलाएर सहमतिको वातावरण बनाएर अघि बढ्न सक्यो भने राम्रो हुन्छ ।
तपाई अध्यक्षको रूपमा के कस्तो पहल गर्नुहुन्छ ?
अध्यक्षको रूपमा मैले दुवै जनालाई एउटा सशक्त उम्मेदवारको रूपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अघि बढ्नुपर्छ र उहाँहरूसँग सहमतिका लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सिद्धिएको अवस्था छ । छठपछि एकचोटी दुई जनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।
अहिले एक अर्कालाई निर्वाचन गरेर हिँड्नुभन्दा पनि मेलमिलाप गरेर अघि बढ्यो भने ठीक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरू छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँ पनि महासंघलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने राम्रो हुन्छ ।
दुवै उम्मेदवारको सवल पक्षहरू के–के देख्नुभएको छ ?
दुवै जनाको पक्ष हेर्दा दुवैको आ–आफ्नो किसिमको सक्षमता छ । एकजना लामो समयसम्म उद्योग वाणिज्य महासंघमा बस्नुभएको र जिल्ला नगरमा दुईपटक उपाध्यक्षको पदमा कार्य गरिसक्नुभएको छ । उहाँको अनुभव र मेरो कार्यकालमा पनि दुईपटक उपाध्यक्ष भएर कार्य पनि गर्नुभयो । चन्द्रप्रसाद ढकालमा पनि आफ्नै किसिमको महत्व छ । उहाँले पनि मेरो कार्यकालमा उपाध्यक्षको रूपमा एसोसिएट तर्फबाट रोजगारदाता परिषद्को सभापति भएर काम गर्नुभएको छ ।
त्यसकारण उहाँहरूको आफ्नै किसिमको क्षमता, आफ्नै किसिमको योग्यता र आफ्नै किसिमको इमान्दारिता छ र दुवै जनाले महासंघको नेतृत्वमा पुगेर म गर्छु भनेर आ–आफ्नो धारणाहरू लेखिसक्नु भएको छ । नेतृत्वमा पुगेपछि गर्ने भनेको महासंघको हकहितका लागि हो, व्यवसायीहरूको हक हितका लागि हो र सरकारसँग सहकार्य गरेर देश विकासका लागि र आर्थिक विकासका लागि काम गर्ने हो । दुवै जनालाई सहमति गरेर अगाडि बढ्नका लागि मेरो प्रयास रहनेछ ।
सामाजिक सञ्जाल र मिडियामा पनि तपाईंमाथि केही प्रश्नहरू उठाइएका छन् । उम्मेदवारी घोषणा गर्दा तपाईं एक उम्मेदवारको कार्यक्रममा गइदिनुभयो । नगइदिएको भए अझै राम्रो हुनथ्यो कि ?
दुवै जनाको घोषणासभामा म गएको छैन । उहाँहरूलाई मिलाउने प्रयासमा म अहिले पनि लागिरहेको छु । मेरो काम गर्दाको अनुभव किशोर प्रधानजीसँग र चन्द्र ढकालजीसँग पनि कुरा गरेँ र ढकालजी पनि महासंघमा चाहिने व्यक्ति हो । त्यसले गर्दा नेतृत्वको रूपमा मिलाउनका लागि मैले सहमतिको प्रयास गरिरहेकै छु ।
एकातर्फ कोभिडले देशको आर्थिक क्षेत्रमा क्षति पुर्याएको अवस्था छ भने अर्कोतर्फ महासंघमा राजनीति हुँदा काम गर्न झनै गाह्रो भएको होला । के भन्नुहुन्छ ?
कुनै पनि संघ–संस्थामा राजनीति त हुन्छ नै । अब उद्योग वाणिज्य महासंघ भनेको एउटा इतिहास बोकेको संघ हो । महासंघमा जिल्ला नगरका, वस्तुगतका र एसोसिएटका सदस्यहरू हुनुहुन्छ । त्यसैले त्यहाँभित्र केही न केही राजनीति हुन्छ तर, पनि निर्वाचन पश्चात यो गुटबन्दी बन्द गर्नुपर्छ र म महासंघमा हुँदादेखि नै एउटा नेतृत्वका रूपमा, उपाध्यक्षका रूपमा अघि बढेदेखि नै मिलाएर लैजानुपर्छ भन्ने मेरो प्रयास सधैं भइरहेको छ । त्यसकारणले अब आउने नेतृत्वहरूले पनि यसलाई अघि बढाउनुहुन्छ भन्नेमा विश्वास राख्छु । अवश्य नै कोभिडले गर्दा आउने दिनहरू चुनौतीपूर्ण नै छ । त्यसकारणले सबैलाई मिलाएर सबैलाई साथ लिएर नै अघि बढ्नुपर्छ ।
किनभने म नेतृत्वमा बस्दा मैले गर्दा मात्रै कार्यहरू सफल भएको भन्दिन् । मेरो टिमले गर्दा भएको हो । मेरो वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, मेरा केन्द्रीय साथीहरूले आ–आफ्नो क्षेत्रमा सभापति भएर काम गर्नुभयो, उपाध्यक्षहरूले आ–आफ्नो भूमिका निभाउनुभयो त्यसले गर्दा यो कार्यकाललाई सफल बनाउनका लागि उहाँहरूले जुन किसिमको सहयोग गर्नुभएको छ । त्यसकारण टिमवर्कमा नै म विश्वास गर्छु । अब आउने नेतृत्वले पनि टिमलाई नै सँगै लिएर अघि बढ्नुहुन्छ होला ।